काठमाडौं । केपी ओली शक्तिशाली पार्ट अध्यक्ष, प्रधानमन्त्री हुँदै राजनीतिक संकटको डिलमा छन् । कुनैबेला एमाले नेताहरुको चरम पेलानमा परेका ओलीले पार्टी अध्यक्ष हुँदे राष्ट्रवादी नेताको छविदेखि दानविकरणको चरम सीमाको अनुभव गरिरहेका छन् । यस्तोमा ओलीले के गर्लान? के ओलीको राजनीतिक मनोदशा ठिक चलिरहेको छ? तमाम प्रश्नकाबीच एमालेले निर्णय लिने बेला आएको देखिन्छ ।
नेकपा एमालेले ईतिहासमै ठूलो हार व्यहोर्न पुग्यो । अहिलेको निर्वाचनमा एमालेले मात्रै यस्तो हार व्यहोरेको भने होइन् तर, एमालेमा भने चरम घेराबन्दीमा परेका छन्, एमाले अध्यक्ष केपी ओली ।
आफू सरकार प्रमुख हुँदा ओलीले सत्तामात्रै गुमाएनन्, उनी हिरासत सम्म पुग्ने स्थिति बन्यो । हठी स्वभावका ओली एमाले नेतृत्वमा पुग्न समेत साना कष्ट भेन व्यहोरेका छैनन् । तत्कालीन समयमा माधव नेपाल र झलनाथ खनालको चेपुवामा परेका ओलीले अध्यक्षमा माधव नेपाललाई पराजित गरेपछि नै उनी सर्वशक्तिमान बन्न पुगे ।
पहिलो संविधानसभाको निर्वाचनमा माधव नेपालले काठमाडौं र रौतहटबाट निर्वाचनमा हार व्यहोर्न पुगे । माधवले हारेपछि नैतिकताका आधारमा भन्दै पार्टीबाट राजीनामा दिए । त्यसपछि अध्यक्ष बन्ने मौका पाएपनि ओलीले पनि चुनाव हारेकाले यसको लाभ झलनाथ खनाललाई पुग्यो । झलनाथले बुटवलमा भएको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । त्यसअघि एमालेले अध्यक्ष नभनि महासचिव भन्ने गथ्र्यो ।
यसरी ओली एमालेको नेतृत्व गर्ने स्थानसम्म पुगेर पनि चुक्दै आए। यसरी चलिरहेको नेतृत्वको जुहारीमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई समसदीय दलको नेतामा पराजित गर्दै ओलीले नेतृ्त्वको दाउपेचमा नयाँ शुरुवात गर्न पुगे ।
ओलीले २०७० मा झलनाथ खनाललाई संदसदीय दलको नेतामा पराजित गरेपछि उनको सत्ताको नयाँ यात्रा शुरुवात भएको देखिन्छ ।
ओलीको राजनीतिक जीवनको पछिल्लो घटनाक्रम
– २०७१ साउनमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई अध्यक्षमा ५३ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित
– २०७२ असोज २४ गते पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित
भारतले लगाएको ७ महिना लामो अघोषित नाकाबन्दीको चर्को विरोध गर्दै राष्ट्रवादी नेताको छवि निर्माण
– तत्कालीन माओवादी केन्द्रसंगको सहमति पालना नगरेपछि अविश्वासको प्रस्ताव राखेपछि साउ ८, २०७३ मा प्रधानमन्त्रीबाट राजीनामा ।
– २०७४ को चुनावमा तत्कालीन माओवादी र एमाले िलेर गएको चुनावबाट २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ।
– प्रधानमन्त्री बनेसंगै २०७५ जेठ ३ गते पार्टी एकीकरणको घोषणा
–सत्ता सहकार्यमा विवादपछि पहिलो पटक २०७७ पुस ५ र दोश्रो पटक २०७८ जेठ ८ गते संसद विघटन
– नेकपाको प्रधानमन्त्रीको हैसियतमै ओलीको नेतृत्वमा २०७७ जेठ ३१ गते नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र समेट्दै नयाँ नक्सा जारी ।
– संसद विघटनमा तत्कालीन राष्ट्रपतिले दिएको साथमा अन्ततः सर्वोच्च अदालतको परमादेशका कारण २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त ।
– सत्ताबाट हटेपछि भएको एमालेको दशौं महाधिवेशनबाट ओली फेरि दोश्रो पटक अध्यक्षमा निर्वाचित
– तत्कालीन माओवादीसंगको सत्ता सहकार्य तोड्दै कांग्रेसको समर्थनमा ओली फेरि २०८१ असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त ।
– ओली प्रधानमन्त्री भएकै बेला २०८१ भदौ २३ र २४ गते जेनजी आन्दोलन
– जेनजी आन्दोलनकै कारण ओलीद्वारा प्रधानमन्त्रीबाट भदौ २४ गते राजीनामा
– जेनजी आन्दोलनपछि ओलीविरुद्धको चरम घेराबन्दीकाबीच सम्पन्न भएको ११ औं महाधिवेशनबाट ओली २०८२ पुस ३ गते ईश्वर पोखरेललाई हराउदै तेश्रो कार्यकालका लागि निर्वाचित
– जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी अभियोगमा ओली आफ्नै निवासबाट चैत १४ गते पक्राउ
– सर्वोच्चको निर्देशनात्मक आदेशपछि हाजिरी जमानीमा चैत २६ गते ओली रिहा ।
– थुनामै रहेको बेला पित्तथैलीमा भएको पत्थरीको सफल अपरेशनपश्वात ओली वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज
ओलीले भोगेका यस्ता राजनीतिक उतारचढावमा उनको बाल्यकाल, कम्यनिस्ट पार्टीको सदस्य, मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी जसत विषय पनि छन् । यद्यपी ओलीले यस्ता राजनीतिक आरोह–अवरोह व्यहोर्दै आएका छन्। विभिन्न चुनौती पार गरेका ओली फेरि राजनीतिक जीवनको उत्तराद्र्धमा नेतृत्वबाट हट्नुपर्ने दबाब झेलिरहेका छन्। तर, ओलीले के गर्लान भन्ने चासो देखिन्छ ।
चरम संकटदेखि चरम सत्ता बहुमतमा बसेका ओलीले अबको राजनीति र एमालेको मनोदशालाई कसरी अघि लैजान्छन् भन्ने विषय मुख्य चासोमा देखिन्छ ।
