काठमाडौं । सत्ता र शक्तिको निकट मानिने व्यापारी दीपक भट्ट र सुलभ अग्रवालका लागि संकटका दिनहरू थपिएका छन् । पछिल्लो समय उनीहरूमाथि बैंकिङ कसूर र कर्जा दुरुपयोगको अभियोगमा समेत अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्बद्ध निकायहरूले उनीहरूको वित्तीय कारोबारको ट्रेल पछ्याइरहेका छन् ।
अनुसन्धान अधिकारीका अनुसार भट्ट र अग्रवालले विभिन्न वाणिज्य बैंकहरूबाट व्यावसायिक प्रयोजनका लागि भन्दै ठुलो मात्रामा ऋण निकालेका थिए । तर, सो रकम सम्बन्धित उद्योग वा परियोजनामा खर्च गर्नुको साटो घरजग्गा कारोबार र व्यक्तिगत लाभका लागि अन्य क्षेत्रमा डाइभर्ट गरिएको भेटिएको छ ।
व्यापारिक घरानाको आवरण, तर धन्दा भने बैंकको पैसामाथि रजाइँ।सत्ता र शक्तिको निकट मानिने व्यापारी दीपक भट्ट र सुलभ अग्रवालका लागि संकटका दिन सुरु भएका छन्।
पछिल्लो समय उनीहरूमाथि बैंकिङ कसूर,कर्जा दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोगमा गम्भीर अनुसन्धान सुरु भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले भट्ट र अग्रवालको वित्तीय कारोबारको ट्रेल पछ्याइरहेका छन्।अनुसन्धानका क्रममा भेटिएको उनीहरुका बिभिन्न तथ्यहरुलाई केलाईरहेको छ ।
अनुसन्धानका क्रममा भेटिएका तथ्य के के हुन् ?
जगदम्बा स्टीलको नाममा लिएको ऋणमध्ये १५ करोड रुपैयाँ भट्टलाई प्रयोजनबिनै भुक्तानी गरिएको भेटिएको छ।त्यो पैसा भट्टले बिभिन्न बैकहरुमा लगेर हिमालयन रि इन्स्योरेन्सको सेयर किन्न प्रयोग गरेको भेटिएको हो ।
सम्पती शुद्धिकरण अनुसन्धान बिभागले दिपक र सुलभलाई दुई सातादेखि हिरासतमा राखेर अनुसन्धान गरिहेको छ । उनीहरुले बिभिन्न पाँच पब्लिक लिमिटेड कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ निकालेर आफनो नाममा सेयर किनेको बिषयमा अनुसन्धान चलिरहेको छ ।
बिभागको पत्रका आधारमा सिआईबीले हिमालय रि इन्स्योरेन्सको सेयर लगानीका बारेका अनुसन्धान सुरु गरेको थियो । त्यही क्रममा सीआइबीले नेपाल राष्ट बैंकका सहयोग लिएको छ ।
जगदम्बा स्टीलले क्रण लिएको पैसामध्ये १५ करोड रुपैयाँ सिद्धार्थ बैंकमा भट्टको खाता पठाईएको छ । त्यो पैसा भट्टले अरु बैंकहरुमा पठाएका छन ।जगदम्बा स्टील साहिलको नाममा छ ।
ऋण लिएको समयमा हिमालय रि इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र दिपक वंशल संन्चालक थिए । जगदम्बा स्टीलको नाममा लिएको क्रण भट्टको खातामा गएको बिषयमा सीआइबीले राष्ट बैंकलाई यो क्रण दुरुपयोग हो कि होईन,भनेर सोधेको थियो ।
झण्डै एक महिना अगाडि सोधिएको प्रश्नमा राष्ट बैकले त्यस बारेमा अनुसन्धान गर्न सुपरिवेक्षण टोली नै खटाएको थियो । बिना प्रयोजन क्रण लिएको पैसा तेसा्रे पक्षलाई भुक्तानी गर्न मिल्दैन।बिगतमा पनि यसरी दुरुपयोग भएको बिषयमा बैंकिङ कसूर ऐन अनुसार कारबाही गरिएको उदाहरण रहेका छन ।
बैंकिङ कसूर ऐन अनुसार मुद्दा लैजाने तयारी
सीआईबीका अनुसार राष्ट बैंकको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरेर बैंकिङ कसूर ऐन अनुसार मुद्धा लैजाने तयारी छ । १५ करोड बाहेक अन्य क्रणका बारेमा पनि अनुसन्धान भइरहेको छ ।हिमालय रि इन्स्योरेन्सको सेयर किन्नका लागि अरु क्रण पनि दुरुपयोग भएको छ।
त्यसको अनुसन्धान प्रतिवेदन तयार भइसकेको छ । भट्ट ,सुलभ ,साहिल सहितका ब्यवसायीयहरुले सम्पती शुद्धिकरणका साथै बैकिङ कसूर, धितोपत्र कसूर ,बिमा कसूर र ठगी माथि अनुसन्धान भइरहेको छ । सम्बन्धित कसुरमाथि अनुसन्धान गर्ने निकायहरुले सम्पती शुद्धिकरण बिभाग साथै सीआइबीमा आफनो अनुसन्धान प्रतिवेदन बुझाइसकेका छन ।नेपाल धितोपत्र बोर्ड ,बिमा प्राधिकरण, नेपाल राष्ट बैंक, नेपाल स्टक एक्सचेन्ज लगायतले प्रतिबेदन बुझाईसकेका छन।
यसलाई समेत आधार आधार मानेर सीआइबीले र बिभागले उनीहरुमाथि मुद्धा दायर गर्ने तयारी गरिरहेका छन । दीपक ,सुलभ संलग्न भएको जुन फाईल खुल्यो, ती समस्या देखिएको सिआईबीले बताएको छ। यसपटक उनीहरूको नेटवर्कले वित्तीय प्रणालीमै जोखिम निम्त्याएको सरकारी पक्षको ठहर छ।अहिले अनुसन्धान टोलीले उनीहरूका विभिन्न खाताहरूको अडिट गरिरहेको छ।
बैंकका कर्मचारीहरूसँगको मिलोमतोको पाटोलाई पनि उत्तिकै सुक्ष्म रूपमा हेरिएको छ।यदि बैंकिङ कसूर पुष्टि भएमा उनीहरूले बिगो बमोजिमको जरिवाना र जेल सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ।ठुला व्यवसायीहरूले बैंकको निक्षेप दुरुपयोग गर्दा समग्र अर्थतन्त्र नै धराशयी हुने खतरा रहन्छ। दीपक भट्ट र सुलभअग्रवालमाथिको यो अनुसन्धानले वित्तीय अनुशासन कायम गर्न कस्तो मोड लिन्छ, त्यो भने हेर्न बाँकी नै छ।
