काठमाडौं । कांग्रेस सभापति गगन थापाले बुधवार जनकपुरबाट सार्वजनिक गरिएको चुनावी प्रतिज्ञापत्रमाथि पत्रकार र नागरिकका कडा प्रश्नको सामना गरेका छन् । विहिबार राष्ट्रिय सभागृहमा आयोजित प्रश्नोत्तर कार्यक्रम निकै रोचक बनेको थियो ।
बुधबार नेपाली कांग्रेसले जनकपुरसभामार्फत् भिजन–१० नामक प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो । जहाँ समुन्नत नेपालीदेखि सम्मानपुर्वक बाच्न पाउँने विषय प्रधान बनाइएको छ ।
विहिबार त्यही प्रतिज्ञापत्रको व्रिफिङका लागि संघीय राजधानी काठमाडौँको राष्ट्रिय सभागृहमा सभापति गगन थापाले प्रश्नोत्तर कार्यक्रमका आयोजना गरे । दिउसो २ बजे सुरु भएको कार्यक्रमको पहिलो चरणमा सभापति गगनले फागुन २१ को चुनावी प्रतिज्ञा पत्र बारे औपचारिक धारणा राखे । त्यसपछि सुरु भयो प्रश्नोत्तर । सुरुमा गगनले गरेका बाचा बारे संक्षिप्त चर्चा ।
–दुईपटक प्रधानमन्त्री र मुख्यमन्त्री, संघमा १६ र प्रदेशमा ६ मन्त्रालय
–प्रतिब्यक्ती आय २५ सय डलर पु¥याउने
–१० लाखको आम्दानी गर्नेलाई कर नलाग्ने
–५ बर्षमा १५ लाख रोजगारी
–३ महिना देखि ६ महिना भित्र कानुन बदल्ने
–विना धितो ऋण दिने
–बिदेशबाट फर्किएकालाई बिना धितो ५ लाख ऋण
–नेपाली डायस्फोरा–एकपटकको नेपाली सधैको नेपाली
–वीमा कार्ड राख्ने बित्तिकै निशूल्क उपचार
–स्वास्थ्यतर्फ १० प्रतिशत बजेट र घरमै स्वास्थ सेवा
–शिक्षालाई राजनीतिबाट मुक्त गर्ने
–कृषि बिमा र उत्पादनको १५ दिन भित्र भुक्तानी
२ सय पृष्ठको प्रतिज्ञापत्र सार्वजनिक समेत गरिएको कार्यक्रममा सभापति थापाले अहिलेको समयमा मुख्य समस्या गरिबी निवारण रहेको विश्लेषण गरे । उनले गरिबीको अन्त्य गर्न बहुआयामिक गरिबी मापन गर्ने र त्यसपछि गरिबी अन्त्य हुने दाबी पनि गरेका छन् ।
दुई घण्टा हाराहारी प्रतिज्ञापत्रको बारेमा बर्णन गरेका गगनले त्यसपछि हलमा सहभागि सुभेक्षुक तथा पत्रकारका प्रश्नको सामना गरेका थिए । प्रश्नकर्ताले मुलुकको वर्तमान समस्या गरिबी, बेरोजगारी, स्वास्थ्य र शिक्षाका समस्या प्रधान बनाएका थिए ।
कांग्रेस सभापति थापाले यी सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकार आवश्यक रहेको औँल्याउँदै उपाय सहितको जवाफ फर्काएका हुन् ।
सभापति थापाले भदौँ २३ र २४ को जेनजी आन्दोलन संस्थागत गर्नुपर्ने र त्यसको भागिदार कांग्रेस हुनुपर्ने र कमी–कमजोरी सुधार्न तयार रहेको आशय व्यक्त पनि गरे ।
रास्वपा सभापति रवि लामिछाने माथिको सहकारी घोटाला प्रकरणको प्रमाण खै भन्ने प्र्रश्नमा थापाले रोचक ढंगले जवाफ फर्काएका थिए ।
राष्ट्रिय सभागृहको हलमा युवा र शुभेच्छुकको बाक्लो सहभागिता रहेपनि कांग्रेसका निवर्तमान संस्थापन पक्ष र शेखर कोइराला समुहका नेताहरु सहभागि भएको देखिएन ।
यसैबीच नेकपा एमालेका नेता तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धरलाई थापाले पार्टीमा स्वागत गरेका छन् । चुनावको मुखमा एमालेको राजनीतिमा जमेका मानन्धरको कांग्रेस प्रवेशलाई रोचक ढंगले लिन सकिन्छ ।
कार्यक्रममा गगन–विश्व पक्षका नेता तथा कार्यकताको भने बाक्लो उपस्थिति देखिन्थ्यो । उनीहरुले गगनको खुलेरै प्रशंशा गरे ।
पछिल्लो समय बदलिएको कांग्रेस र परिवर्तन सहितको एकजुट कांग्रेस भनेर भाषण गर्ने थापाको विशेष कार्यक्रमा शेरबहादुर देउवा पक्षको सहभागिता नदेखिनुले कांग्रेस भित्रको असन्तुष्टिको बाछिटा अझैँ ज्यँका त्युँ रहेको देखिएको छ ।
यस्तो अवस्थामा आसन्न फागुन २१ को चुनावमा कांग्रेस भित्रको अन्तरसंघर्षले कस्तो परिणाम आउँछ त्यो भने रोचक देखिएको छ ।
