News 24 Television
मिथिला परिक्रममा हजारौँ सहभागि, साधुसन्त र गृहस्थको लावालस्कर

महोत्तरी । धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीक मिथिला माध्यमिकी परिक्रमा यस वर्ष पनि श्रद्धा र उत्साहका साथ सुरु भएको छ । साधुसन्त, स्थानीय र श्रद्धालुको सहभागिताले परिक्रमा मार्गभर भक्तिमय वातावरण देखिएको छ ।

प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन हुने १५ दिवसीय धार्मिक यात्रा हजारौँ श्रद्धालुहरूको सहभागितासहित विभिन्न धार्मिक स्थलहरू परिक्रमा गर्दै अगाडि बढिरहेको छ । सोही क्रममा विहिवार १५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानीमा आईपुगेको छ । साँधु सन्त तथा गृहस्थको धार्मिक आस्थाको प्रख्यात यात्राको रुपमा रहेको माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा बुधवार विश्राम गरि विहिवार बिहानै मटिहानी आईपुगेको हो । 

रामसिताले मिथिलामा भ्रमण गरेका देवस्थलहरु, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सिताको फुलवारी जहा राम र सिताको पहिलो भेट भया, मसिताले नित्य होली खेल्ने स्थल कंचनवन, उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानी लगायतका मिथिलाधाम भित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरुको परिक्रमा गर्न साधु र गृहस्थ सहितको टोली धनुषाको हनुमानगढीमा भेला हँुदै अर्को दिन कल्याणेश्वरमा संकल्प गरि भारतकै गिरिजा स्थान हुदै विहीबार मटिहानी पुगेको हो । 

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको मिथिला परिक्रमममा सहभागीहरु नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर अर्थात नेपालमा १० तथा  भारतमा पाँच गरी १५ ठाउँमा रात्री बास गरेर बिहानै यात्रा प्रारम्भ गर्ने चलन छ । 

१५ दिने माध्यमिक परिक्रमाको ५ दिन महोत्तरीको विभिन्न विश्राम स्थलमा पुग्नेछ । मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डलले माध्यमिकी परिक्रमा मिथिला सभ्यता र सामाजिक एकताको जीवन्त प्रतीक भएको उल्लेख गर्दै परिक्रमावासीको सहजताका लागि सबै आवश्यक व्यवस्था मिलाइएको बताए । 

झाँकी, भजन–कीर्तन र बाजागाजासहित एकैसाथ लामो लस्करका रूपमा अघि बढ्ने माध्यमिकी परिक्रमा करिब १५० देखि १७० वर्ष पुरानो इतिहास बोकेको विश्वकै लामो पदमार्गीय धार्मिक यात्रामध्ये एक मानिन्छ । परिक्रमा यात्री विहीबार मटिहानीमा विश्राम गरी शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ जलभित्र विराजमान महाज्योतिरलिङ्ग जलेश्वरनाथ महादेवको दर्शन गÞरी राति विश्राम गर्नेछन् । 

त्यसपछि महोत्तरी गाउँपालिकाको मडईका लागि प्रस्थान गर्नेछन् । १५ दिने मध्यमिकी परिक्रमाको महोत्तरीको पाँच विश्राम स्थलमध्ये तेस्रो पड़ाव मड़ईपछि परिक्रमा यात्रुहरु ध्रुवकुण्ड पुग्ने छन । त्यसपछि कंचनवनमा होली उत्सव गÞरी  धनुषाको पर्बता, धनुषाधाम, सतोषर, औरहीमा राति बिश्राम गरि पुनः भारतको बिशौल, करुणा हुदैँ पूणिमाको अघिल्लो रात जनकपुर फर्कने कार्यक्रम रहेको छ ।

मिथिला महात्म्य अनुसार अठारौँ शताब्दिदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाईदैँ आएको यस धर्मयात्राका सहयात्रीले रात्री भजनकिर्तन गरी १५ दिन बिताउने र  पूणिमाका दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिबसीय यात्रा समपन्न गर्ने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update