काठमाडौं । फागुन २१ को निर्वाचनमा नेकपा एमालेका पदाधिकारी तहकै नेताहरुलाई निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न चुनौति बढेको छ । चुनवाी प्रचारप्रसारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत छन् ।
दाङबाट चुनाव लडेका एमाले महासचिव शंखर पोखरेल पनि आफ्नो जित निकाल्न निर्वाचन क्षेत्रमा नै केन्द्रीत छन् । निर्वाचनमा उठेका अरु पदाधिकारीहरु पनि आफ्नै निर्वाचन क्षेत्रमा नै सिमित देखिएका छन् । यसले एमालेका पदाधिकारी तहका नेताहरुलाई समेत फागुन २१ को निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन निकै कठिन हुन सक्ने देखिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ मै केन्द्रीत छन् । रास्वपा बरिष्ठ नेता बालेन शाह र ओलीको चर्काे प्रतिस्पर्धा हुने भएपछि ओलीले निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन झापा ५ मै केन्द्रीत हुनु परेको छ । झापामा ओली र बालेन दुवैको सम्भावना बराबर रहेको विश्लेषण राजनीतिक वृतमा भै रहेको छ ।
यस भन्दा अगाडीका निर्वाचनमा मनोनयन गरेर विजय उत्सव मनाउन पुग्ने गरेका ओलीलाई अहिले मतदाताको घर घरमा मत माग्दै हिड्नु पर्ने बाध्यता आइलागेको छ । एमाले उपाध्यक्ष गोकर्ण बिष्ट गुल्मी २ बाट उम्मेदवार छन् । यस भन्दा अगाडीका निर्वाचनमा गुल्मी २ बाटै सहजै जित निकाल्दै आएका बिष्टलाई यो निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन थप मेहन गर्नु पर्ने बिश्लेषण भै रहेको छ ।
एमाले पदाधिकारीमा रहेका र प्रतिनिधिसभामा उम्मेदवार रहेका मध्ये बिष्टले अरु उम्मेदवार भन्दा बढी निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन सहज हुने विश्लेषण हुने गरेको छ । एमाले सरकारमा हुदाँ पटक पटक अर्थमन्त्री बनेका बिष्णु पौडेल रुपन्देही २ बाट उठेका छन् ।
अर्थमन्त्री हुदाँ रुपन्देहीको बिकाश निर्माणलाई प्राथमिकता राखेर बजेट छुट्याउने गरेका पौडेललाई पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न कडा मेहन गर्नु पर्ने अवस्था रहेको एमाले भित्रै चर्चा छ । अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ लम्मजुङबाट उम्मेदवार छन् ।
गण्डकी प्रदेशको मुख्य मन्त्री भएपछि गुरुङले जिल्लामा बिकास बजेटको बाढी नै लगेका थिए । त्यहि नै कारण २०७९ को निर्वाचनमा गठबन्धन हुदाँ पनि गुरुङले जित निकालेका थिए । तर अहिले भने परिस्थिती फेरीएको र गुरुङलाई पनि सहजै नतिजा आफ्नो पक्षमा पार्न गाह्रो हुने विश्लेषण छ । यहि कारण गुरुङ अहिले लम्मजुङमा नै केन्द्रीत भई रहेका छन् ।
अर्का उपाध्यक्ष रामबहादुर थापा बादल चितवनबाट निर्वाचन लड्ने गर्थे तर यसपटक उनी प्रत्यक्ष तर्फ नभै समानुपातिकबाट सांसद बन्ने लाइनमा छन् । एमाले महासचिव शंखर पोखरेल दाङ दुईबाट उम्मेदवार छन् ।
आफु मुख्यमन्त्री हुदाँ बुटवलबाट प्रदेशको राजधानी दाङ पु¥याएका कारण उनले २०७९ को निर्वाचनमा सहजै जित निकाल्न सक्ने भनिएको थियो । तर नतिजा आउँदा तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार रहेकी रेखा शर्माको पक्षमा निर्वाचनको नतिजा आयो ।
यसपटक रेखा शर्मा उम्मेदवार छैनन् उनको ठाउँमा नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य उम्मेदवार छन् । दाङ २ मा कांग्रेसको पनि राम्रो संगठन छ । रास्वपाको लहरले पनि त्यहाँ पुराना ठुला दलको मत काट्ने देखिन्छ ।
यस्तो हुदाँ दाङ २ मा पोखरेल, कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन कुमार आचार्य बीच चर्काे प्रतिस्पर्धा हुने र निर्वाचनको नतिजा कसको पक्षमा आउँछ भन्न सक्ने स्थिती नरहेको बताइन्छ । ताप्लेजुङबाट निर्वाचन लड्दै आएका योगेश भट्टराई यो पटक उम्मेदवार छैनन् ।
उनको स्थानमा राष्ट्रिय यूवा संघका निर्वतमान् अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य क्षीतिज थेबे उम्मेदवार बनेका छन् । अर्का उपमहासचिव रघुविर महासेठ धनुषा ४ बाट उम्मेदवार छन् । यसभन्दा अगाडीको निर्वाचनमा जित निकालेपछि भौतिक पूर्वाधार विकाश मन्त्री बनेकाबेला उनले आफ्नो निर्वाचन क्षेत्रमा बजेटको बाढी नै खन्याएका थिए ।
त्यहिकारण उनलाई धनुषामा निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन धेरै सहज हुने बताइन्छ । अर्का उपमहासचिव लेखराज भट्ट कैलाली ४ बाट उम्मेदवार बनेका छन् । उनलाई पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न निकै नै मेहनत गर्नु पर्ने बताइन्छ ।
गत निर्वाचनमा कांग्रेसका विरबहादुर बलायर संग ३ हजार ६ सय १२ मतले पराजित भएका भट्ट यसपटक कांग्रेसका गोरखबहादुर बिष्ट, नेकपाका हरिराम चौधरी र रास्वपाका खेमराज कोइरालासंग बिच चर्काे प्रतिस्पर्धा गर्दै छन् ।
९ सचिव मध्ये ४ सचिवहरु निर्वाचनको मैदानमा छन् । भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार छन् भने शेरधन राई भोजपुरबाट उम्मेदवार बनेका छन् । त्यसैगरी डाक्टर राजन भट्टराई काठमाडौं ४ बाट उम्मेदवार बन्दा महेश बस्नेत भक्तपुर २ बाट उम्मेदवार बनेका छन् ।
उम्मेदवार बनेका यी ४ सचिवलाई पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न निकै मिहनेत गर्नु पर्ने आवस्था छ । यसरी एमालेका १९ पदाधिकारी मध्ये ११ जना प्रत्यक्ष तर्फबाटै चुनावी मैदानमा छन् । मैदानमा रहेका यी उम्मेदवारहरुलार्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
