काठमाडौं । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ सम्पन्न भएको छ । विहिबार एक औपचारिक कार्यक्तमका विच १४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न भएको हो ।
विद्यार्थीका प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्याउने मुख्य उद्देश्य रहेको नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ मा देशभरका २ सय ७० विद्यालयका विद्यार्थी सहभागि भएका थिए । विभिन्न पाँच विधामा भएको प्रतिष्पर्धामा विजेता हुनेले लाखौँ पुरस्कार पाएका छन् । प्रतियोगितामा देशभरका ४५ जिल्लाका २ सय ७० विधालयका ७ सय ६५ विधार्थी सहभागि भएको आयोजकले जानकारी दिएको छ ।
-1772169597.jpg)
आयोजकका अनुसार फाइनल राउन्डमा ३० जिल्लाका २७ विधालय र ४१ प्रतिष्पर्धी पुगेका थिए । स्पीच, सिंगिङ, डान्सिङ, हेण्डराइटिङ र ड्रइङ गरी पाँच विधामा विधार्थी विच प्रतिष्पर्धा भएको थियो । पाँच वटै विधामा प्रथम, द्वित्तिय र तृतीय हुने विधार्थीलाई क्रमश, २ लाख, १ लाख र ५० हजार नगद सहित कप, मेडल र प्रमाणत्र प्रदान गरिएको छ ।
संघर्ष जनआवाज मिडिया प्रा.लीको आयोजनमा भएको प्रतियोगिताको डान्सिङ विधामा रुपन्देहीको एभरेस्ट बोडिङ सेकेन्डरी स्कुलका विधार्थी युवानी भट्टराई प्रथम हुँदा स्याङ्जा अर्जुनचौपारी चिल्डे«न एकेडेमीका युनिस गुरुङ दोस्रो भए । जुम्ला ड्रिम माउन्टेन स्कुलकी जेनीसा बुढा तेस्रो भइन् । गायनतर्फ दार्चलाको श्री कृष्ण सेकेन्डरी स्कुलका योगेश विपक प्रथम भए ।
-1772169618.jpg)
मोरङ एभेरेष्ट बोडिङ सेकेन्डरी स्कुलका पसिन सेन्चुरी दोस्रो हुँदा भक्तपुर ग्लोवल पाथका दिव्य कुमारी सिटौला तेस्रो भए । ड्रइङ विधामा रुपन्देहीको दिप बोर्डिङ स्कुलबाट सहभागि प्रिस्टी पुन प्रथम हुँदा एभरेस्ट बोडिङ स्कुल मोरङका स्नेहा वेनम दोस्रो तथा दिप बोडिङ स्कुलका सोमिन पिया तेस्रो भएका छन् ।
साथै, स्पीच विधामा तुल्सी मेहर मेमोरियल इंङलिस बोर्डिङका स्कुल धनकुटाका डिना घिमिरे प्रथम हुँदा लालीगँरास इंङलिस सेकेन्डरी स्कुलका ओखलढुंगाका करिना कटवाल दोस्रो तथा गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल दाङका आयुष देवकोटा तेस्रो बन्न सफल भएका छन् ।
-1772169635.jpg)
यस्तै, हेण्डराइटिङ विधानमा शिक्षा अधिकारी, जेनिसा केसी र शितल श्रेष्ठले क्रमश पहिलो, दोस्रो र तेस्रो बने । प्रतियोगितामा सहभागि भएका र जित निकाले विद्यार्थीहरुले खुसी साटेका छन् । उनीहरुले आफ्ना प्रतिभा प्रस्फुटन गर्ने राम्रो प्लेटफर्म पाएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे ।
प्रतिष्पर्धाको निर्णायक मण्डलमा स्पीचमा डकेन्द्र कुमार राई, सिङगिङमा मेहेन चाम्लिङ राई, डान्सिङमा विशाल कैनी, हेण्डराइटिङमा लक्ष्मी गुरुङ रहेका थिए । नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ बारे बताउँदै संघर्ष जनआवाज मिडिया प्रा.लीका संचालक अमित बर्मा शाक्यले दर्जनौँ चुनौतीको सामना गर्नुपरेको उल्लेख गरे । उनले देशभरका विधार्थीका अतिरिक्त प्रतिधा देखाउने राष्ट्रिय मञ्च खडा गर्नुनै सफलता रहेको बताए ।
-1772169652.jpg)
ग्राण्ड फाइनलमा सहभागि भएका पेड्सनका अध्यक्ष जेस पौडेलले प्रतियोगिताको प्रशंशा गरे । साथै प्याप्सनका उपमहासचिव भुवनलाल श्रेष्ठले विधार्थीका लागि अतिरिक्त विधा निकै उत्कृष्ट रहेको बताउँदै सरकारले पनि ध्यान दिनुपर्ने बताए ।
रोचक कुरा छ भने नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ को ग्राण्ड फिनाले बाहेक सबै प्रतिष्पर्धा ट्यालेन्ट स्टार नामक अनलाइनका माध्यमबाटै भएका हुन् । नेपालमै पहिलो पटक भएको नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ अर्काे सिजन पनि आउने आयोजक टोलीले जानकारी दिएको छ । दोस्रो सिजनमा देशभरका सातै प्रदेशमा पुगेर प्रतिधा खोजी गर्ने लक्ष्य राखिएको छ ।
