काठमाडौं । चुनावमा बदर मतको संख्या घटाउन मतदाता शिक्षाको ठुलो भुमिका हुन्छ । निर्वाचन आयोगले फागुन २१ मा हुने चुनावमा बदर मत घटाउन कुनै कसुर बाकी नराखेको दाबी गरेको छ । अघिल्लो निर्वाचनमा कुल खसेको मत प्रतिशतको ५ प्रतिशत मत बदर भएको थियो । यसपटक बदर मतको आँकडा घट्ला त ?
गएको फागुन ४ देखि १७ गतेसम्म निर्वाचन आयोगले मतदाता शिक्षा अभियान नै सञ्चालन गरेको थियो । आयोगले मतदान विज्ञको टोलीलाई जनताको घरघरमा पठाउनेदेखि निर्वाचनमा सहभागि हुने कर्मचारीलाई प्रशिक्षणका साथ अनलाइन मार्फत् पनि मतदाता शिक्षा दिएको हो । मुख्यगरी मतदातालाई मतदानमा आर्कषित गर्न र मत बदर नहोस् भनेर मतदाता शिक्षा दिने गरेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे बताउँछन् ।
०७९ को प्रतिनिधिसभामा बदर मत खंख्या कति ?
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा कुल एक करोड १० लाख हाराहारी मतदाता मतदानमा सहभागि भएको तथ्यांकले देखाउछ । जस मध्य प्रत्यक्ष र समानुपातिक दुवैमा करिब ५ प्रतिशत मत बदर भएको तथ्याङ्क छ ।
त्यो भनेको संख्यामा प्रत्यक्षतर्फ ५ लाख ६९ हजार र समानुपातिकमा ५ लाख ६६ हजार मत बदर भएको थियो । यसपाली बदर मत संख्या घट्ने आयोगको विश्वास छ ।
मतदाता, सुरक्षाकर्मी, मतदान केन्द्र कति छन् ?
फागुन २१ अर्थात् विहिबारबाट सुरु हुने प्रतिनिधिसभा चुनावमा एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
यसपाली नयाँ १० लाख मतदाता थपिएका छन् भने विषम् परिस्थितिका कारण मतदान गर्नेको संख्या बढेको पनि निर्वाचन आयोगको आकंलन छ । सरकारले सुरक्षाका निम्ति सुरकारले
–नेपाली सेना ७९ हजार ७ सय २७
–नेपाल प्रहरी ७६ हजार ७ सय ९७
–सशस्त्र प्रहरी ३४ हजार ५ सय ६७
–राष्ट्रिय अनुसन्धान ७९ हजार ७ सय २७
–निर्वाचन प्रहरी १ लाख ४९ हजार ९०
तथा २ लाख १५ हजार सरकारी कर्मचारी खटाएको छ ।
उम्मेदवार, कति छन् ?
निर्वाचन आयोगले सार्वजनिक गरेको डाटा अनुसार कुल प्रत्यक्ष तर्फ ३ हजार ४ सय ६ उम्मेदवार चुनावी मैदानमा हुँदा समानुपातिकमा ३ हजार २ सय १३ उम्मेदवार रहका छन् । प्रत्यक्षमा १ सय ६५ र समानुपातिकमा १ सय १० गरी २ सय ७५ सिटमा प्रतिनिधिसभा सदस्य चयन हुनेछन् ।
