News 24 Television
कार्की आयोगसँग ओली भयभित ! पार्टीको हारको अपजसले थिचिए

काठमाडौं । चुनावमा शर्मनाक पराजय व्यहोरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला पार्टीभित्रै घेराबन्दीमा छन् । उनलाई नेत्तृत्व छोड्न चौतर्फि दबाब छ । जेनजी आन्दोलनपछिको जाँचबुझ आयोगको प्रतिवेदनका कारण पनि ओली भयभित छन् । 

नेत्तृत्व छाड्न पार्र्टीभित्रैबाट आएको दबाबभन्दा उनलाई अहिले कार्की आयोगको प्रतिवेदनले के गर्छ भन्ने चिन्ताले सताएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले लज्जास्पद पराजय व्यहोरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली सार्वजनिक रुपमा देखा परेका छैनन् । 

सम्भवत उनी एमालेले किन यसरी लज्जास्पद हार व्यहो¥यो भन्दै चिन्तनमनन गर्दै होलान् । झापा ५ मा बालेनले फराकिलो अन्तरले पराजित गरेपछि जितको शुभकामना दिएका ओलीले बिहिवार फेसबुकबाटै हार स्वीकार गर्दै स्टाटस लेखेका छन् ।

उनले चुनावमा अपेक्षा गरेजस्तो परिणाम नआएको स्वीकारेका छन् । एमाले र आफुलाई मतदान गरेकाहरुलाई धन्यवाद दिदै उनले लोकतन्त्र अन्तिम फैसला जनताकै हुने भएकाले यसलाई आफु र आफ्नो पार्टीले शिरोधार्य गर्ने बताएका छन् । 

चुनाव अघिको दम्भ !

ओली नेपाली राजनीतिमा एकदमै दम्भ देखाउने नेता हुन् । उनी विपक्षी दलका नेता र आफ्ना विरोधीहरुलाई देखि सहदैनन् । चुनाव अघिमात्रै पनि बोलेका कुराहरु र उनले देखाएको घमण्डको आगोले ओली र एमालेलाई नै खरानी बनायो भन्दा फरक पर्दैन । जेनजी आन्दोलनपछि ओलीको छबी पुरै नकरात्मक थियो । तर यो कुरालाई न त ओलीले बुझे, न त जनमत ओली विरुद्ध छ भनेर एमालेभित्रै उनलाई विश्राम गराउन कसैले हिम्मत नै गर्न सके । 

केही छिटपुट उठेका आवाजहरुलाई ओलीले यसरी दबाएकी तिनले चुनावमा टिकट समेत पाएनन् । पार्टीभित्रै यसरी तानाशाही प्रवृत्ति देखाउने ओलीले निर्वाचन आफ्नो पार्टीले बहुमत ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले धुलो चटाउने दाबी गर्दै विभिन्न अन्तर्वार्ता तथा भाषणमा तीव्र कटाक्ष गरिरहे । 

तर नतिजाले उल्टो देखायो । एमाले देशभरि प्रत्यक्षमा ९ सिटमा सीमित रह्यो । जबकि रास्वपाले १२५ सिट जित्दै सुनामी नै ल्यायो । 

ओली स्वयम् झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भारी मतान्तरले पराजित भए । यो उनको राजनीतिक करियरको दोस्रो संसदीय हार हो । 

नेत्तृत्व छाड्न दबाब !

यसैबीच एमालेभित्र ओलीविरोधी गतिविधि तीव्र बन्दै गएको छ । एमालेले २०४८ यताकै शर्मनाक हार व्यहोरेपछि ओली निकटकै नेताहरुले उनले पद छोड्नु पर्ने दबाब दिन थालेका छन् ।

रुपन्देही २ बाट पराजित बनेका विष्णु पौडेलले पार्टी र नेत्तृत्व पुनःसंरचना गरेर जानु पर्ने बताएका छन् । ओलीको विरोध गरेका कारण सक्षम मानिएका सुरेन्द्र पाण्डेले यो निर्वाचनमा टिकट समेत पाएनन् । पूर्वउपाध्यक्ष समेत गरेको पाण्डेले एमालेलाई जोगाउन ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर पुर्नगठनको बाटो नरोज्ने हो भने सर्वनाशको बाटोमा जाने चेतावनी दिएका छन् । 

त्यसैगरी पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले नेत्तृत्वको जिम्मेवारीको पनि समीक्षा सहित आवश्यक देखिए विकल्पमा समेत जानु पर्ने सुझाव दिएका छन् । 

अर्का पूर्वकेन्द्रीय सदस्य गोकुल बास्कोटाले पनि समयमै सुधारिएन भने डाइनोसर बन्ने संकेत गर्दै रि–भिजन, रि–थिंक, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्ने बताएका छन् । 

ओलीलाई नेत्तृत्व छाड्न दबाब दिनेहरुमा विशेषगरी उनले दबाएका र पेलेका नेताहरु छन् जो जोडदाररुपमा उनलाई नेत्तृत्व छाड्न भनिरहेका छन् । 

अध्यक्ष नछोड्ने मुड !

ओली अहिले निर्वाचनको हारले भन्दा पनि कार्की जाँचबुझ आयोगको विषयले बढि भयभित छन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा आफुमा कारबाही होला भन्ने चिन्ता ओलीले लिने गरेको बताइन्छ । 

त्यसैले पनि ओली अहिले जति दबाब वा अपमान सहेरै भएपनि पार्टी नेत्तृत्व छोड्न चाँहदैनन् । नेत्तृत्व छोड्दा कमजोर हुने र प्रतिवेदनले कारबाही सिफारिस गरे आफ्नो पक्षमा बोल्ने कोही नहुने त्रास ओलीमा छ । 

त्यसैले निर्वाचनको परिणामले पार्टी सानो बनेपछि आफु अध्यक्ष रहँदा प्रतिरोधमा पार्टीपंक्तिलाई सडकमा ल्याउन सकिने भएकाले पनि नेत्तृत्व नछोड्ने तयारी गरेको बुझ्न सकिन्छ । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update