काठमाडौं । समानुपातिकतर्फका सांसदको नाम चयन गरेर दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकतर्फको थ्रेस होल्ड कटाएका दलहरुले निर्वाचन आयोगमा नाम बुझाएपनि केहि दलले नाम सार्वजनिक गरेका छैनन् । यस्तोमा कुन दलले नाय आयोगमा पठाए त ? निर्वाचनमा प्राप्त मत परिणामअनुसार दलहरुले समानुपातिकतर्फको सिट प्राप्त गरेका छन् । जसअनुसार दलले निर्वाचन आयोगले गएको बिहीबार गरेको अनुरोधअनुसार आइतबार नाम आयोगमा पठाएका हुन् ।
यसमा एमालेले शनिवार नै अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालयको बैठकले समानुपातिकमा चयन हुने सांसदको नाम पठाएको थियो । जसमा एमालेले उपाध्यक्ष रामबहादुर थापा ’बालद’को नेतृत्वमा नाम सिफारिस गरेको थियो ।
अन्य दल कसले पठाए नाम ?
नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ। जसमा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले अन्तिम टुंगो लगाएर सांसदहरुको नाम निर्वाचन आयोगमा पठाएको जनाएको छ ।
कांग्रेसले क–कसको नाम आयोगमा पठायो भन्ने विषयमा भने खुलाएको छैन् । कांग्रेसले आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरेको जनाएको छ। कांग्रेसले पठाएका नाम निर्वाचन आयोगले रुजु गरेपछि मात्रै सार्वजनिक गर्ने भनेको छ ।
नेकपाले पनि पठायो नाम
नेपाली कम्युनिस्ट पार्टीले पनि समानुपातिकतर्फ ९ जनाको नाम पठाएको छ । देवेन्द्र पौडेल पत्नी बलावती शर्मा, प्रमेश हमालसहितका नेताहरु समेटेर नेकपाले समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा पठाएको छ।
नेकपाले प्रत्यक्षमा ८ सिट जितेको छ । यसमा पनि धनुषाबाट निर्वाचित मातृकाप्रसाद यादवको जितमा सर्वोच्चमा मुद्दा चलिरहेको छ ।
श्रम संस्कृतिले पनि पठायो नाम
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गर्दै निर्वाचन आयोगमा पठाएको छ । हर्कले समानुपातिकतर्फ विवाद झिक्ने एकजना नेताको नाम कटाएर अन्य चार जनाको नाम सिफासिर गरेको छ । हर्कले संसदमा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने दाबी गर्दै आएका छन् ।
राप्रपाले पनि पठायो नाम
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकतर्फ ४ जनाको नाम पठाएको छ । राप्रपाले चार जनाको नाम निर्वाचन आयोगमा पठाउदा खुस्बु ओली समेत परेकी छन् । रास्वपाले जुम्लाबाट प्रत्यक्षमा एक सिट मात्रै जितेको छ ।
रास्वपाले पनि पठायो नाम
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फ ५७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । रास्वपाले आयोगले नाम रुजु गरेपछिमात्रै नाम सार्वजनिक गर्ने भन्दै नाम गोप्य राखेको छ ।
पारदर्शीताको सवाल उठाउदै उदाएको रास्वपाले नै समानुपातिकतर्फको नाम लुकाएर राखेपछि केहिले संसय व्यक्त गरिरहेका छन् । तर, रास्वपाले भने नाम सार्वजनिक नगरेको विषयमा आफ्नैखाले प्रष्टीकरण दिएको छ ।
रास्वपाले समानपातिकतर्फको नाम सार्वजनिक गरेन भने सचिवालय बैठकमा सभापति रवि लामिछाने भर्चुअल उपस्थित बनेका थिए । सरकार निर्माणदेखि अन्य विषयमा पनि लाग्नुपर्ने बेला रास्वपा सभापति नै विरामी परेपछि नेताहरुबीचको सम्बाद कसरी अघि बढ्ला भन्ने चासो समेत देखिन्छ ।
