News 24 Television
प्रधानमन्त्रीको लाइनमा रहेका गगन सभापतिबाटै राजीनामा दिन कसरी बाध्य भए ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को चुनावी हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मा समक्ष थापाले राजीनामा बुझाएपछि यतिबेला कांग्रेस बृतमा तरंग पैदा भएको छ । यद्यपी सभापति थापाको राजीनामा स्वीकृत हुन बाँकी नै छ । संम्भवत शुक्रबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा बारे निर्णय गर्नेछ । केन्द्रीय कार्यसमितिले उनले राजीनामा अस्वीकृत अवस्थाका बीच गगन र कांग्रेसको भविष्य कस्तो होला ? 

कांग्रेस सभापति बनेको ६३ औँ दिन अर्थात् बुधबार गगन थापाले राजीनामाको बाटो रोजेका छन् । कारण हो, फागुन २१ को प्रतिनिधिसभा चुनावमा कांग्रेसको लज्जास्पद् हार । प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सहित ३८ सिटमा कांग्रेस खुम्चिदा गगनले नैतिकता देखाएका हुन् । 

हुन् पनि उनले विशेष महाधिवेसनबाट विद्रोह गर्दै तत्कालिन सभापति शेरबहादुर देउवालाई पाखा मात्रै लगाएका थिएनन् टिकट वितरणमा समेत आफैले हस्ताक्षर गरेका थिए । चुनावमा आफैै पराजित हुनु उनका लागि अर्काे दुर्भात्यकोे विषय बन्यो । 

पार्टी भित्र विद्रोहको औचित्य पुष्टि गर्ने बेलामा निर्वाच्नको हारले गगनमाथि देउवा पक्षका नेताहरु खनिए भने चौतफी घेरबन्दीमा परेका गगनले राजीनामा नै उत्तम विकल्प ठान्दै राजीनामा दिएका हुन् । उसो त उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष थमाएको राजीनामा पत्र बारे कांग्रेस शुक्रबार बस्ने केन्द्रीय समितिले निर्णय गर्न भने बाँकी नै छ । देउवा पक्षले  भने विशेष महाधिवेसनको औचित्य सकिएभन्दै नियमिति महाधिवेशनको माग गरेको छ । 

गगनले राजीनामा दिनुका पाँच कारणहरु 

१. विद्रोहको औचित्य पुष्टि गर्न नसक्नु

गगन थापाले पुष ३० को मध्यरातमा सम्बोधन गर्दा कांग्रेस दास र लास हरुको पार्टी होइन भनेका थिए । त्यतिबेला उनको अभिव्यक्तिीले ठुलै चर्चा पायो । त्यसपछि उनलाई लागेको थियो नेतृत्व परिवर्तन भयो भने मत पनि परिवर्तन हुन्छ । तर त्यसो हुन सकेन् चुनावमा लज्जास्पद हार ब्यर्होनु प¥यो । चुनावी हारले विद्रोहको आचित्य पुष्टि हुन नसकेको उनलाई लागेको छ ।
 
२. आफै चुनाव हार्नु 

बदल्यौँ कांग्रेस, बदल्छौँ देश भन्ने नारा सहित चुनावी मैदानमा होमिएमा सभापति गगन काठमाडौँ ४ छाडेर सर्लाहाी ४ मा होमिए । जहाँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदेवार अमरेस कुमार सिंह ंग स्तब्ध हुनु प¥यो । 

कांग्रेस पहिलो पार्टी बन्ने र आफु प्रधानमन्त्री बन्ने भनेका गगन आफै बढारिनुले नैतिक रुपमा कमजोर मात्रै बनेनन्, अन्ततः राजिनामा दिन योग्य ठाने । 

३. नैतिकताको थिति बसाल्नु

गगन नेतृत्वको कांग्रेसको चुनावी हारलाई विर्सिने हो भने उनले पार्टी पुस्तान्तरणमा देखाएको साहसलाई भने धेरैले मन पराएका छन् । अझ उनले पार्टीको हारको मुख्य कारण आफैलाई मानेर नैतिक जिम्मेवारीका साथ राजीनामा दिनु पनि राम्रो पक्ष हो । गगनको यो कदमलाई नैतिकताको थितिका रुपमा समेत लिन सकिन्छ । 

४. आलोचना सहन नसक्नु

पार्टी विद्रोहको आचित्य पुष्टि गर्न नसक्दा गगन माथि विशेषगरी तत्कालिन सभापति शेरबहादुर देउवा पक्ष नेताहरुले जोडदार रुपमा आलोचना गर्न थालेका थिए । नैतिक दबाबमा परेका गगन राजीनामा दिएर मार्गप्रशस्त गर्ने र प्रश्नबाट भाग्न सहज बाटो रोजेका देखिन्छ ।
 
५. महाधिवेसनको तयारी 

विशेष महाधिवेसनबाट नेतृत्वमा रहेका केन्दी्रय समितिले ६ महिना भित्र पार्टीको १५ औँ महाधिवेसन गर्नुपर्ने चुनौती छ । बैशाख अन्तिमसम्म महाधिवेसन गर्नुपर्ने चुनौती हुँदा सभापतिको रुपमा गगनलाई पुनः पार्टी जिम्मेवारीमा फर्किन ठुलै मेहनत गर्नुपर्ने देखिन्थ्यो । 

महाधिवेसन गर्न नसके अझ बढि नैतिक प्रश्न उठ्ने देखेका उनले राजीनामाको बाटो रोजेर पुनः पार्टी सभापतिको तयारीमा जुट्ने जुक्ति निकालेको बुझ्न सकिन्छ । 

गगनको राजीनामा पक्ष र विपक्षमा बहस 

सभापति गगनको राजीनामा बारे यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । पक्ष र विपक्षमा बहस गर्माएका छन् । उनको पक्षमा हुनेहरुले असल राजनीतिक चरित्र देखाएको भन्दै प्रशंशा गर्दा विपक्षी खेमाले उनी आफ्नै नियतीको शिकार बनेको प्रतिक्रिया दिइरहेका छन् । 
राजनीतिक विश्लेषक तथा पूर्व प्रशासक भिम उपाध्यायले गगनबारे सदासयता राख्दै प्रशंशा गरेका छन् । उता, कांग्रेस भित्रको राजनीतिबारे जानकार विश्लेषक डा. सुुरेश आचार्य भने कांग्रेसमा गगनको विकल्प नरहेको दाबी गर्छन् । 

कांग्रेस भित्रको समस्या समाधान कसरी हुन्छ ? 

सभापति गगनको राजीनामाले अब कांगे्रस कसरी अगाडी बढ्छ भन्ने प्रश्न उठेका छन् । विशेष महाधिवेसन पक्षका पदाधिकारीहरु थापाको राजीनामालाई अस्वीकृत गर्ने तयारीमा जुटको बताइन्छ । 

यो पक्षका नेताहरु बोल्न नचाहेपनि गगनलाई व्याक गराउने पक्षमा रहेको बुझ्न सकिन्छ भने देउवा पक्ष पार्टीको आन्तरिक समस्या समाधानका लागि महाधिवेसन नै विकल्प हुने बताइरहेको छ । 

यस्तो अवस्थामा कांग्रेसले आन्तरिक विवाद समाधान गर्दै समयमै महाधिवेसन गर्नु नै बुद्धिमानी हुने राजनीतिका जानकारहरुको बुझाइ रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update