काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नागरिक सरकारको नेतृत्वपछि बिदा हुने दिन नजिकिदैछ । निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित प्रधानमन्त्री बनेकी सुशीला कार्कीले गम्भीर जिम्मेवारी निर्वाह सहजै गरेपनि कार्यकालको अन्तिममा विवादमा फसिन् । उत्तिकै रुपमा उनको देश दौडाह पनि रोचक देखिन्छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सत्ताको बागडोर सम्हाल्दा देश भयावह अवस्थामा थियो । निर्वाचन गराउने जिम्मेवारीसहित आएकी कार्कीले राजनीतिक अवरोध चिर्दै चुनाव सम्पन्न गराइन् ।
असामान्य जिम्मेवारी सामान्य ढंगले निर्वाह गरेकी कार्कीले कार्यकालको अन्तिममा भने विवादास्पद काम गरेर अपजसको भारी पनि बोकिन् । यो हो, आफ्ना स्वकिय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने काम र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने काम ।
आदर्श आफ्नी पत्नीलाई प्रधानमन्त्रीको सचिवालयमा जागिर दिलाउने विवादास्पद पात्र हुन् । जसको विरोध चौतर्फी भएपछि पत्नीको नियुक्ति नै खारेज गर्नुपर्ने स्थिति बनेको थियो । तर, अर्को विवाद गृहमन्त्री अर्यालको नियुक्तिबारे देखिन्छ ।
जुन नियुक्ति राष्ट्रपति कार्यालयमा होल्ड गरिएको अवस्थामा छ । अर्याल जटिल परिस्थितिमा सरकारमै रहेर कार्यसम्पादन गरेका क्षमतावान व्यक्ति हुन् । तर, उनको नियुक्ति चुनाव सम्पन्न गराइसकेपछि गर्नुलाई धेरैले आश्चार्यको रुपमा हेरेका छन् । विरोध भइरहेको छ । त, यो कनेक्सन भने पहिलेदेखि नै हेर्दा आदर्शकुमार झैं देखिन्छ ।
जेनजी आन्दोलनको दिन भदौ २३ गते मध्यदिनदेखि संगै रहेका कार्की र अर्याल भोलिपल्ट अर्थात भदौ २४ गतेपनि संगै रहेको खुलिसकेको छ । नेपाली सेनाको हेलिकोप्टर उड्दा नेताहरुलाई बचाएको भन्ने अडियो पनि उनीहरु दुबैजना संगै रहेको तथ्य हो ।
यसरी हर्दा अर्याल राष्ट्रपति कहाँ सल्लाह दिन विज्ञको भूमिकामा रहनेदेखि प्रधानमन्त्रीमा कार्कीको नियुक्तिसम्मका साक्षी बनेकाले पनि उनीहरुको कनेक्सन आदर्शकोभन्दा कम देखिन्न ।
यद्यपी अर्यालको क्षमता भने राष्ट्रियसभाका निम्ति उपर्युक्त हुने धेरैले टिप्पणी गरिरहेका छन् ।
अब भ्रमण र राज्यको खर्च मोह कस्तो ?
प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बनेपछि नेपाली सेनाको हेलिकोप्टरमा विभिन्न शक्ति पीठको दर्शनलाई जोड दिएकी छन् । कार्कीले अधिकांश शक्तिपीठको भ्रमण सक्न थालेको देखिन्छ । कार्यकालको समय सकिनै लाग्दा उनले यो रफ्तारलाई थप बढाएकी छन् ।
जसमा यो उनको मुगुको रारा, जुम्लाको चन्दननाथ र त्यतैबाट जनकपुरधामको यात्रा । अब हेरौं उनी कहिले कहाँ पुगिन् भन्ने तथ्य ।
चैत ६ गते बिहान जुम्लाको चन्दननाथ मन्दिरमा १५ मिनेट पुजाआजा
चैत ५ गते सुर्खेत हुँदै मुगुको रारा ताल भ्रमण अवलोकन
माघ २९ गते सोलुखुम्बुमा भ्रमण अवलोकन
फागुन १ गते नै ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शन तथा पुजाआजा
फागुन ८ गते मुक्तिनाथ मन्दिरमा पुजाआजासहित १०८ धाराको जलसेचन
यी सबै भ्रमण नेपाली सेनाको हेलिकोप्टरबाट सम्पन्न भएका छन् । भने प्रधानमन्त्री कार्की शनिवार नै जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेकी छन् ।
कार्कीले जनकपुर पुगेको बेला महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको समेत निरिक्षण गरेकी हुन् । यसरी शक्तिपीठमा भ्रमण गरिरहेकी कार्कीले पशुपतिनाथ मन्दिरमा समेत चैत ४ गते रुद्राभिषेक पूजा गरिसकेकी छन् ।
निर्वाचन सम्पन्न भएपछि शानति स्थापना भएको भन्दै उनले पुजा गरेकी हुन् । यसरी शक्तिपीठमा पुग्ने रफ्तारलाई आफ्नो छोटो प्रधानमन्त्रित्वकालमा सफल बनेकी कार्कीले मुलुकलाई निर्वाचनमार्फत स्थिरतातर्फ लगेपनि विवादास्पद निर्णयका कारण भने उनी आलोचनाको केन्द्रमा पर्न थालेकी हुन् ।
