News 24 Television
सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता

डोटी । डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहलपहलले भरिएका छन्। अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवतजावतले नयाँ रौनकता थपिएको छ ।

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आयोजनामा गरेको ‘सेती–कर्णाली अन्तराष्ट्रिय महाशिर एंगलिङ प्रतियोगिता’ नाम दिइएको अन्तराष्ट्रिय स्तरको एंगलिङ काटीले माछा समात्ने प्रतियोगिताका कारण नदी क्षेत्रमा विदेशी पर्यटकहरुको चहल पहल वढेको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आयोजनामा गरेको ‘सेती–कर्णाली अन्तराष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ नाम दिइएको अन्तराष्ट्रिय स्तरको एङ्गलिङ (काटीले माछा समात्ने) प्रतियोगिताका कारण नदी क्षेत्रमा विदेशी पर्यटकहरुको चहल पहल वढेको छ ।  

नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपाल सहित बिश्वका बिभिन्न ८ वटा देशका २५ जनाको सहभागीता रहेको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले जल पर्यटन प्रवद्र्धनका लागी बिभिन्न क्रियाकलापहरु गर्दै आएको छ । प्रतियोगिता मार्फत् प्रतिस्पर्धा मात्र नभई यस क्षेत्रको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरिएको         छ ।   

चैत ९ गते देखि सुरु भएको प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य आकर्षण ‘क्याच एन्ड रिलिज’ (माछा समात्ने र छोड्ने) प्रणाली हो । जसमा सहभागीहरूले माछा समातेर पुनः नदीमै छोड्छन् । 

प्रतियोगिताले खेलसँगै वातावरण संरक्षण र जैविक विविधताको संरक्षणको सन्देश पनि प्रवाह गरेको छ । विशेषगरी सेती र कर्णाली नदिमा पाइने महाशिर प्रजातिको माछाको संरक्षणमा प्रतियोगिता मार्फत सकारात्मक सन्देश प्रभाह गर्ने अपेक्षा गरिएको छ । 

प्रतियोगिहरुलाई बिभिन्न चार समुहमा बिभाजन गरेर प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा नेपाल सहित नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड र भारतका प्रतियोगिहरुको सहभागिता रहेको छ । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बिभिन्न स्थानीय तहहरू तथा निजी क्षेत्रको समेत सहकार्य रहेको छ । 

कैलालीको मोहन्याल गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले समेत प्रतियोगिताको सह–आयोजकको भूमिका निर्वाह गरेका छन् । 

सेती–कर्णाली नदीले बोगटान फुड्सिल गाउँपालिकाको करिव ६५ किलोमिटर भु–भागलाई छोएको छ । जल पर्यटनमार्फत पालिकाले नयाँ संदेश दिन खोजेको छ । प्रतियोगिताको कारणले डोटी र आसपासका क्षेत्रलाई अन्तराष्ट्रिय पर्यटन नक्सामा उभ्याउने आधार तयार पारेको छ । प्रतियोगिताले सुदूरपश्चिमलाई जल पर्यटनको प्रमुख गन्तव्य बनाउने दिशातर्फ अगाडि बढिरहेको देखिन्छ ।

यस पटक आयोजना गरिएको प्रतियोगिता सफल भएमा सेती र कर्णाली नदीलाई अन्तरराष्ट्रिय स्तरको एङ्गलिङ प्रतियोगिता नियमित रुपमा आयोजना गर्नका लागी समेत सुचिकृत हुने मार्ग खुलेको बताइएको छ । प्रतियोगिताको समापन सेती कर्णाली जलयात्रा सँगै बर्दिया पुगेर हुनेछ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update