News 24 Television
आफ्नै पार्टीका नेताहरु पनि आक्रामक, प्रतिवेदनप्रति असन्तुष्ट

काठमाडौं । फागुन २१ को चुनावबाट निर्वाचित प्रतितिनिसभा सदस्यहरुले विहीबार पद तथा गोपनपीयताको सपथ लिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई कडा निर्देशन दिएका छन् । 

निर्वाचन परिणामप्रति नै शंका गरेका ओलीले संसदमा डटेर सामना गर्न सुझाएका छन् । साथै उनले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाएका छन् । 
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नव निर्वाचित सांसदहरुलाई सदनमा डटेर सामना गर्न निर्देशन दिएका छन् । विहीबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएर सांसदहरुलाई निर्देशन दिएका हुन् । 

फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम स्वीकार गरेका ओलीले आफ्ना सांसदहरुसँग भने परिणाम स्वभाविक नभएको टिप्पणी गरे । निर्वाचनको परिणाम अस्वभाविक र  अपत्यारिलो भएको टिप्पणी गरे । साथै उनले परिणाम जादुमय भएको ओलीको भनाई छ । यद्यपी परिणाम स्वीकार्नुको विकल्प नभएको रुपमा अथ्र्याउँदै उनले आफ्नो पार्टी आकारमा सानो भएकोमा चिन्ता नगर्न सांसदहरुलाई सुझाए । 

एमाले अध्यक्ष ओलीले पाटी निकै कमजोर भएको समीक्षा पनि गरेका छन् । त्यसैले उनले पार्टी स्थापनाकालदेखि राणाकालको संघर्षलाई स्मरण गरेका छन् । 

उनले मोतीदेविलाई संस्थापक नेता मान्ने नमान्ने विवाददेखि मनमोहन अधिकारीसम्मको राजनीति पनि सांसदहरुलाई सम्झाएका छन् । ओलीले १९ सालको तेस्रो महाधिवेशन र त्यसपछिको छिन्नभिन्न कम्युनिस्ट आन्दोलन हुँदै पुर्नसंठगित भएको भन्दै ५५ वर्षको संघर्षको फेहरिस्त पनि सांसदहरुलाई पढाएका छन् । 

ओली रास्वपाले ल्याएको उभार भन्दा पनि आफ्नै पार्टीका नेताहरुले गरेको आलोचनाप्रति आक्रामक देखिएका छन् । निर्वाचन परिणामपछि ईश्वर पोखरेल पक्षका नेताहरुले नेतृत्वको आलोचना गरिरहेका छन् । पार्टी सच्चिनुपर्छ भनी केही नेताहरुले गरको टिप्पणीको खरो आलोचना गरे । आफूहरु नविग्रेको र वैचारिक हिसाले सहि ठाउँमा नै रहेको ओलीको भनाई छ । 

एमाले अध्यक्ष ओली गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनप्रति पनि असन्तुष्ट देखिएका छन् । आमसञ्चार माध्यामबाट बुधबार बाहिरिएको उक्त प्रतिवदेनको केही देफाहरु प्रति नै इंगित गरेर ओलीले असन्तुष्टी दर्ज गरेका छन् । 

घटनास्थलमा प्रत्यक्ष रुपमा सहभागी नभएको ब्यक्तिलाई जोडेर लापर्बाही भन्ने नहुने ओलीको तर्क छ । आलीले आफ्नो नामहरु उल्लेख गर्नु चरम पूर्वाग्रही भनेका छन् ।   

कार्की आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालिन आइजीपी चन्द्रकुवेर खापुङलाई कारबाहीको सिफारिस गरेको छ । आफूहरुलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण भएको ओलीको भनाई छ । 

नवा निर्वाचित सांसदहरुलाई सपथ लगत्तै दिएको स्कुलिङले ओली सदनबाट पनि आक्रामक ढंगले उपस्थिति गराउने योजनामा रहेको देखिन्छ । 

फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षमा ९ र समानुपातिकतर्फ १६ जना गरि प्रतिनिधिसभामा एमालेको २५ सिट रहेको छ ।  झण्डै २ तिहाइ नजिक रहेको रास्वपाको सरकारलाई एमालेको झिनो सिटले कस्तो प्रभाव पार्छ त्यो भने पर्खिनै पर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update