News 24 Television
ओली, प्रचण्ड देउवा नचाउने दीपक भट्ट, पर्लान् कानूनी फन्दामा ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ । विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको राहदानी रोक्का राख्न अनुरोध गरेको हो । 

राजनीतिक शीर्ष नेताहरूसँगको सेटिङमार्फत् अर्बौंको कारोबार गर्ने भट्टमाथि ठगी, मनी लाउन्ड्रिङ, हातहतियार खरिद घोटाला, पुनर्बीमा क्षेत्रको नीतिगत भ्रष्टाचार र जलविद्युत परियोजनामा बिचौलियाको आरोप उनलाई लाग्दै आएको छ ।

चर्चित बिचौलियाकारुपमा परिचित व्यवसायी तथा बिचौलिया दीपक भट्टको राहदानी रोक्का गरिएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गगरेर उनको राहदानी रोक्का गरेको हो । शंकर ग्रुपबाट भट्टको खातामा ४५ करोडको शंकास्पद ट्रान्सफर पुष्टि भएपछि यो भट्ट कानूनको फन्दामा पर्ने सम्भावना बढेको हो । राजनीतिक शीर्ष नेताहरूसँगको सेटिङमार्फत् अर्बौं लुटेको आरोप बिचौलिया भट्टमाथि लाग्दै आएको छ । 

भट्टका ५ ठूला कर्तुत यस्ता छन् । 

हातहतियार खरिद घोटाला  

नेपाल प्रहरीका लागि इटालियन कम्पनीबाट हतियार खरिदमा भट्ट मुख्य बिचौलिया थिए । ८५ करोडको डिलमा कमिसनको खेल खेलेको आरोप छ । सुरक्षा सामग्री आपूर्तिमा सेटिङ मिलाएर राज्यको पैसा लुटेको ठोस प्रमाण फेला परेको छ ।

पुनर्बीमा क्षेत्रको नीतिगत लुट  

हिमालयन रिइन्स्योरेन्स खोल्दा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको नीति फेरबदलमा भट्टको प्रत्यक्ष भूमिका थियो । पुनर्बीमा नीति आफ्नो पक्षमा पारेर अर्बौंको कारोबार गरेको आरोप छ ।

जलविद्युत परियोजनामा सेटिङः

बुढीगण्डकी जलविद्युतमा चिनियाँ कम्पनी सीजीजीसीको नेपाली एजेन्ट भट्ट नै थिए । इन्फिनिटी होल्डिङ्समार्फत विदेशी कम्पनीको एजेन्ट बनेर करोडौं कमिसन खाएको आरोप भट्टमाथि छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र स्याटेलाइट  

४५ अर्बभन्दा बढिको सेक्युरिटी प्रेस र स्याटेलाइट ठेक्कामा भट्ट मुख्य बिचौलिया थिए । शेरबहादुर देउवा, ओली र प्रचण्डसम्म पुगेर ठेक्का आफ्नो पक्षमा पार्ने सेटिङ गरेको आरोप लागेको छ ।

सम्पत्ति शुद्धीकरण र राजनीतिक सेटिङ  

जगदम्बा स्टिलबाट ४ दिनमा ४५ करोड ट्रान्सफर, सरकार गठन र ढाल्नमा समेत उनको विशेष हात रहने आरोप लाग्दै आएको छ । यसबाहेक उनी सुरक्षा, जलस्रोत, विमान र स्टक एक्सचेञ्ज लाइसेन्ससम्मका काण्डमा मुछिएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update