काठमाडौं । नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहाददुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको रस्साकस्सीकाबीच कांग्रेस जटिल मोडमा देखिन्छ । गतिविधिहरु समानान्तर ढंगले अघि बढिरहेका छन भने कारबाही गर्ने तहसम्मका प्रक्रिया अघि बढ्न सक्ने सम्भावना समेत बढ्न थालेको छ ।
कांग्रेसमा समानान्तर गतिविधि सामान्य देखिन्छन् । पार्टीभित्रका गुट उपगुटको चियापान, गतिविधि, छलफल–अन्तरक्रिया जस्ता विषय सामान्य देखिने गरेपनि पछिल्लो समय भने कांग्रेस विभाजनमा त जाँदैन भन्ने प्रश्नको सामना गर्ने स्थानमा देखिन्छ । यस्तोमा कांग्रेसभित्रको आन्तरिक विवाद कसरी अघि बढ्ला भन्ने चासो उत्तिकै बढेको छ ।
जसमा संस्थापन पक्षले अनुसशान समितिको बैठकबाट पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । पार्टीको लेटरहेडको दुरुपयोग गर्न चेतावनी नै दिएको छ ।
कांग्रेसको अनुशासन समितिले गएको निर्वाचनमा व्यहोरेको हारलाई पनि समीक्षासहित पार्टीको पक्षमा मत नमाग्नेदेखि विपक्षीलाई लाभ पु¥याउनेमाथि समेत स्पष्टीकरण सोध्ने भनेको छ ।
अनुशासन समितिले यसरी चेतावनी दिदै गर्दा कांग्रेस संस्थापन इतर पक्षले भने बैठक जारी राखेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले राखेको बैठकले विशेष महाधिवेशनको नेतृत्वलाई नमान्ने दाबी गरिरहेको छ भने सर्वोच्चमा विचाराधिन मुद्दाको किनारा हुनुपर्नेमा जोड दिएको छ ।
इतरपक्षको बैठकमा कार्यबाहक सभापति दाबी गर्दै आएका पूर्णबहादुर खड्काले अध्यक्षता गरिरहेका छन भने शेखर कोइरालादेखि शशांक कोइराला लगायतका नेताहरु सहभागी भइरहेका छन् ।
कोशी प्रदेशका मन्त्रीहरु समेत बैठकमा सहभागी भएको बताइएको छ। यसरी कांग्रेसको विवाद झांगिदै गर्दा अबको बाटो के हुन्छ ? यो विषयमा समेत चासो बढेको देखिन्छ ।
लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेस आन्तरिक विवादको उत्कर्षमा रहेको बेला विभाजनमा त जाँदैन भन्ने चासो समेत बढेको देखिन्छ । यस्तोमा कांग्रेसको आगामी राजनीतिमा सर्वोच्च अदालतमा रहेको वैधानिकता विवादको निरुपणले समेत धेरै कुरा खुलस्त पार्नेछ ।
