News 24 Television
पहिलो संसद बैठकः प्रचण्ड मौन, बादल, हर्क र ज्ञानेन्द्रको कडा भाषण

काठमाडौं । पार्टी स्थापनाको तीन बर्षमा रास्वपा संसदको पहिलो शक्ति बनेको छ । विहिबारबाट सुरु भएको संसद बैठकमा रास्वपाको बलियो उपस्थिति छ ।

सत्तापक्षको खेमामा रास्वपाका १ सय ८२ जना सांसदको अनुहारमा खुशिको माहोल बनेको थियो भने विपक्षी खेमाले कमजोर भान गरिरहेको थियो । यद्यपी राजनीतिक दलका नेताहरुले भने मिलेर देश निर्माण गर्ने कुरामा जोड दिएका छन् । 

संसदको पहिलो बैठकमा सत्तापक्ष र विपक्ष विच कडा टकराउ हुने धेरैको अनुमान थियो । तर त्यसो हुन सकेन । प्रतिपक्षी बेन्चमा रहेको एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीले पहिलो बैठकमा संयमता नै अपनाएका छन् । बरु बहुमत प्राप्त सरकारलाई सहयोग गर्ने भाव उनीरुको थियो । 

एमसीसी खारेजीको माग 

संसदको पहिलो दिनको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारको सकारात्मक कामको समर्थन गर्ने बताएका छन् । यद्यपी पहिलो दिनको बैठकमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले एमसीसी खारेजको मागलाई जोडदार रुपमा उठाएका छन् ।

देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने उनको तर्क छ । उनले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताए । उनले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए ।  

विहिबार बसेको पहिलो संसदको कार्यसुचि मध्य सात नम्बर बुँदामा टेकेर गृहमन्त्री सुदन गुरुङले मतदाता नामावली (पहिलो शंशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो शंशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो शंशोधन) अध्यादेश २०८२ पेश गरे ।

संसद बैठकमा सहभागि अधिकांस रास्वपा सांसदले सरकारको कार्बाहीको खुलेर समर्थन गरेका छन् । सरकारले सार्वजनिक गरेको एक सय शासकीय सुधार र गृहमन्त्रीको एक्सन मन परेको रास्वपा सांसदहरुको प्रतिक्रिया छ । 

संसद बैठकमा सहभागि हुन सांसदहरुले विभिन्न जुक्ती समेत लागाइएको देखिएको थियो । अघिकांश सांसद निजी सवारीमा संसद बैठकमा प्रवेश गर्दा अर्थमन्त्री स्वर्णीम वाग्ले मन्त्रालयबाट पैदल हिँडेर बैठकमा सहभागि भए भने रास्वपा सांसद आषिष गजुरेल साइकल चढेर पुगे संसद भवन पुगे । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update