काठमाडौं । निर्वाचन परिणामपछि एमालेमा एकखाले वेचैनी देखिन्छ । अध्यक्ष केपी ओली जेनजी आन्दोलन दबाउन सक्रिय बनेको आरोपमा पक्राउ नै परेपछि एमालेले संस्थागत ढंगले विरोध त ग¥यो तर, यहि मौकामा नेतृत्व फेर्ने प्रयास पनि चलिरह्यो ।
जेनजी आन्दोलनपछिको पहिलो संसद बैठकमा एमाले उपाध्यक्ष समेत रहेका संसदीय दलका नेता रामबहादुर थापा ’बादल’ले दिएको सम्बोधनको पाठले त एमालेमा ठूलो रडाको नै सिर्जना गरिदिएको छ । नेताहरुले बादलको यहि कदमलाई पूर्वमाओवादीमा एमालेलाई जान नदिने र नेतृत्व नै फेर्ने तहको प्रयास थालेका छन् ।
प्रतिष्ठाको लडाँई
नेकपा एमालेभित्र यतिबेला प्रतिष्ठाको लडाँई चलिरहेको छ । पाका नेताहरु नेतृत्व छाड्ने मनसाय नदेखिदा युवा र विद्यार्थी नेताहरुले परिवर्तनको आवाजलाई बढवा दिएका छन् ।
बुढ्यौली नेतृत्व प्रतिष्ठाको खोजिमा लोभिदा युवा आक्रोसले सिमा नाघ्ने खतरा बढेको देखिन्छ । रोचक कुरा के छ भने अहिले एमालेको पार्टी नेतृत्व माओवादी पृष्ठभुमिका रामबहादुर थापा बादलको हातमा पुगेको धेरै नेताहरुलाई चित्त बुझेको छैन् । सार्वजनिक रुपमा बोल्न नचाहेको भएपनि एमाले नेताहरुले पार्टी पूर्वमाओवादीको हातमा गएको आभास गरिरहेका छन् ।
यसले एमालेभित्र शक्ति पृथकिकरणको लडाई सुरु भएको मान्न सकिन्छ । कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बादल बनेपछि धेरैले स्वीकार गर्न नसक्नु अर्काे महत्वपूर्ण विषय बनेको छ ।
यो विषयले एमालेको नेतृत्व नै फेर्ने तहको प्रयास बढ्न थालेको देखिन्छ भने ओलीले पनि आफ्ना विश्वासपात्र विष्णु पौडेल जस्ता नेताहरुलाई विश्वास नगरेको भन्ने सन्देश दिएपछि अवस्था बिग्रिन पुगेको नेताहरुको जिकिर देखिन्छ ।
