न्यूयोर्क । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) की सह-संस्थापक डा. हाक जा हान मुनलाई सन् २०२६ मा प्रदान गरिने 'नोबेल शान्ति पुरस्कार'का लागि औपचारिक रूपमा सिफारिस गरिएको छ । हानलाई युरोपियन युनियनका पूर्व विशेष दूत तथा 'फोरेफ' (FOREF) युरोपका अध्यक्ष डा. जान फिगेलले उक्त पुरस्कारका लागि सिफारिस गरेका हुन् । सिफारिसमा डा. हानको दशकौं लामो शान्ति निर्माण, अन्तरधार्मिक संवाद, मानवतावादी सहयोग र विशेषगरी कोरियाली प्रायद्वीपमा मेलमिलापका लागि गरेका प्रयासलाई उच्च मूल्याङ्कन गरिएको छ ।
डा. फिगेलले आफ्नो सिफारिसमा डा. हानका प्रमुख पहलहरू उल्लेख गरेका छन् । जसमा विश्वभर हजारौं शान्तिदूत नियुक्ति गरी धार्मिक तथा सांस्कृतिक विभाजनलाई जोड्ने प्रयास, कोरियाको शान्तिपूर्ण पुनर्मिलनलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय Rally of Hope सम्मेलनहरू, विश्व शान्ति अभियन्ताहरूलाई सम्मान गर्ने सुनहाक शान्ति पुरस्कार (Sunhak Peace Prize) स्थापना, संयुक्त राष्ट्रसंघसँग युपिएफ र विश्व शान्तिका लागि महिला संङ (Women’s Federation for World Peace) मार्फत सहकार्य लगायत पर्दछन् । यसमा रियाली असैन्यीकृत क्षेत्र (DMZ) मा अन्तर्राष्ट्रिय शान्ति पार्क स्थापना गर्ने 38th Parallel Peace Initiative प्रस्ताव र Little Angels Children’s Folk Ballet of Korea मार्फत सांस्कृतिक कूटनीति पनि पर्दछन् ।
डा. फिगेलले डा. हानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्दै भनेका छन्, “डा. हाक जा हानले संवाद, सहयोग, र मानव गरिमाप्रति सम्मानमा आधारित जीवनभरको शान्ति निर्माणको प्रतिबद्धता देखाउनुभएको छ ।” युपिएफ अन्तर्राष्ट्रिय अध्यक्ष डा. टागेल्दिन हमादले भनेका छन्, “उहाँको जीवन नै शान्तिका लागि उल्लेखनीय र निरन्तर लगानी हो, जसले सहयोगका प्लेटफर्महरू सिर्जना गरेको छ र विश्व शान्तिका आदर्शलाई व्यवहारिक कार्यमा रूपान्तरण गरेको छ ।”
उत्तर कोरियामा जन्मिएकी डा. हानले मेलमिलाप र परिवार तथा समुदायलाई स्थायी शान्तिको आधारका रूपमा सुदृढ बनाउन आफ्नो जीवन समर्पण गरेकी छन् । उनले १९९२ मा Women’s Federation for World Peace र २००५ मा Universal Peace Federation स्थापना गरिन्, जुन दुवै संस्थाहरू विश्वव्यापी सञ्जालमा विकसित भई शान्ति प्रवर्द्धनमा योगदान पुर्याइरहेका छन् ।
नोबेल शान्ति पुरस्कारका सिफारिस गरिएका नामहरू गोप्य हुन्छन् र हरेक वर्ष सयौं नामहरू प्रस्तुत गरिन्छन् । तथापि, यो मान्यताले डा. हानको विश्व शान्ति तथा अन्तर्राष्ट्रिय सहयोगमा महत्वपूर्ण योगदानलाई उजागर गर्दछ ।
युपिएफ एक अन्तर्राष्ट्रिय गैरनाफामुखी संस्था हो, जसले संवाद, शिक्षा र सहकार्य पहलमार्फत शान्ति प्रवर्द्धन गर्दछ । यसले संयुक्त राष्ट्रसंघको ECOSOC मा General Consultative Status पाएको छ । साथै अन्तरधार्मिक सहयोग, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रमहरूलाई समर्थन गर्दछ ।
