काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ईन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने सरकारी निर्णयलाई स्वागत गरे । उनले यसलाई दीर्घकालिन रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव समेत दिएका हुन्र ।
सांसद थापाले ईन्धनको मूल्य सुपथ बनाउँदा समगै अर्थतन्त्र नै चलायमान हुने बताए । उनले हाल मध्यपूर्वमा भईरहेको युद्धका कारण ईन्धन आपुर्तिमा समस्या देखिएको बताउँदै भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपूर्तिको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरे ।
उनले भने, ‘आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भुपेरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो उर्जा आपूर्ती भारतमार्फत निर्भर रहेको सन्र्दभमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसंग समन्वय गरि ईन्धन आपूर्तीमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु । साथै ईन्धनको मुल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भिर प्रभाव पार्नेछ, यस सन्र्दभमा अर्थमन्त्रीज्यूले ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिनुभएकोमा म स्वागत गर्दछु । तर म सरकारलाई दीर्घकालिन रुपमा यस्ता अप्रत्यक्ष करहरु स्थायी रुपमा घटाउने वा पुनर्वलोकन गर्न आग्रह गर्दछु । ईन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशिलता दिनुपनि हो ।’
उनले नेपाली राजनितिमा एकता, सहमति र सहकार्यको आवश्यक्ता देखिएको बताउँदै सरकारलाई राजनिनीतिक दलहरुसंग सम्बाद गर्न पनि सुझाव दिए ।
