News 24 Television
जलेश्वर अस्पतालमा प्रदर्शन, अध्यक्षको विरोधमा तालाबन्दी

महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष पदको नियुक्तिका लागि प्रदेश सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाउदै युवाहरुले विरोध जनाएका छन् ।

प्रदेश सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यस्थापन अध्यक्षका लागि गरेको मनोयनको विरोध जनाउदै कार्यकक्षमा तालाबन्दी समेत गरिएको छ । 
 
प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति जलेश्वरको अध्यक्ष पदको नियुक्तिका लागि प्रदेश सरकारले गरेको निर्णयप्रति स्थानीयले विरोध गरेका छन् । 

मनोयन सम्बन्धमा मन्त्रि परिषदीय निर्णय अनुसार रोहित प्रसाद ठाकुरलाई  अस्पताल व्यवस्थापन समिति अध्यक्षका लागि मनोयन गरि पठाईएको थियो ।

प्रादेशिक अस्पताल जलेश्वरको व्यवस्थापन समिति अध्यक्षमा स्थानीय, युवा, विज्ञ हुनुपर्ने माग सहित व्यवस्थापन समिति अध्यक्षको चयन पारदर्शी र सार्वजनिक रूपले गरिनुपर्ने मागबारे युवाहरुले अस्पताल प्रशासन र स्वास्थ्य मन्त्री समेतलाई जानकारी गराएको बताए । 

प्रदेश सरकारले स्थानीयलाई बेवास्ता गरेको प्रति आफुहरु आक्रोशित र आन्दोलित हुने अवस्थामा पुगेको उनीहरुको भनाई छ । प्रदेश सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यस्थापन अध्यक्षका लागि गरेको मनोयनको विरोध जनाउदै कार्यकक्षमा तालाबन्दी गरेका छन । प्रदेश सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गर्दै अस्पताल परिसरभित्र  युवाहरु धर्नामा बसेका छन ।  

प्रादेशिक अस्पताल जलेश्वरमा थुप्रै गुनासोहरु समाधान गर्नुको साटो राजनीतिक नियुक्ति, राजनीतिक प्रभाव र राजनीतिक भागवन्डागर्ने गरिएको  आरोप लगाएको छ । 

यता नियुक्ति प्रक्रिया अघि बढाउँदा स्थानीय युवाहरुको विरोध खेप्नु परेको र यस बारे सम्बन्धित निकायलाई जानकारी गराईसकेकोले निर्देशन अनुसार प्रक्रिया अगाडि बढाउने अस्पतालका मेडिकल सुपरिडेन्टले जानकारी दिए ।

प्रादेशिक अस्पताल जलेश्वरको सुधारका लागि पटक–पटक प्रयास र आन्दोलन गर्दै आएका स्थानीयहरुको कुरालाई स्थानीयकै जनप्रतिनिधिले बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update