काठमाडौं । नेपाली कांग्रेसको विवाद लम्बिएको छ । नेताहरु साझा धारणा मार्फत् अघि बढ्न आनकानी गरिरहेका छन् । पार्टी भित्रको कचिलोले संसदमा समेत कांग्रेसको सक्रियता कमजोर देखिन्छ । अन्य दलले संसदीय दलको नेता र प्रमुख सचेतक चयनका साथ प्रभावकारी भुमिका खेलिरहेका छन् ।
यसले कांग्रेस नेताहरु माथि नैतिक चुनौती बढ्दै गएको छ । नेपाली कांग्रेस भित्रको किचलो साम्य हुन सकेको छैन् । वर्तमान र निवर्तमान पक्षले समानान्तर गतिविधिलाई तिब्रता दिनु प्रमुख कारण हो । दुवै पक्षको हठले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीका समर्थकमा निरासा चुलिदै गएको छ ।
पार्टीको आन्तरिक विवादलाई अदालत पु¥याएको कांग्रेसले नियमित महाधिवेशनलाई नै रोक्ने माग गर्ने ठाउँमा आइपुगेको छ । अदालत गएको पक्षले फैसलाले दिने बाटो नै अन्तिम हुने भनिरहेको बेला सर्वोच्चले गरिरहेको विलम्बमा समेत प्रश्न उठिरहेको छ । यस्तोमा सर्वोच्चले विवादको सुनुवाई गर्दै पेशीको सूचना दिने आदेश गरेको छ ।
यसले कांग्रेस विवाद थप लम्बिनेमा शंका छैन् । संसदमा ३८ सिट सहित प्रमुख प्रतिपक्ष दलमा खुम्चिएको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन् । जवकी अन्य सबै दलले संसदीय दलको नेता देखि प्रमुख सचेतकसम्म चयन गरेर संसदमा शशक्त भुमिका उभिन थालेका छन् ।
संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा कांग्रेसभित्रको विवाद छताछुल्ल बनेको छ । जबकी कांग्रेस सभापतिमा गगन थापा छन् ।
उनकै नेतृत्वमा पुष अन्तिम साता विद्रोह सहित भृकुटिमण्डपमा विशेष महाधिवेसन भएको थियो भने पार्टी आफ्नो पोल्टामा पार्न सफल भए गगन । तर गगन सभापति भएपनि कांग्रेस भित्रको विवादले समाधान पाउन सकेको छैन् । अखिर बदलीएको कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाई गरिरहेको छ त ?
नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन ढिलाई हुनुमा संस्थापन र इतर दुबै पक्षको कमजोरी देखिन्छ । छुट्टाछुट्टै गतिविधि सञ्चालन मार्फत् कार्य गरिनु एक मुख्य कारण हो ।
निवर्तमान कार्यवाहक सभापति पुर्णबहादुर खड्का र शेखर कोइरालाले सांसदहरुलाई धुम्बाराहीको एक होटलमा बोलाएर बधाई पनि दिएका उदाहरण छन् । विशेषगरी सभापति थापाका ससुरा अर्जनुनरसिंह केसी दलको नेता बन्ने दौडमा छन् । तर उनलाई नेता बनाउँदा पार्टी भित्र नातावाद र कृपावादको विरोधी गगनमाथि नैतिक दबाब सिर्जना हुने देखिन्छ ।
त्यसकारण पनि सभापति थापाले अग्रसरता दिएका छैनन् । उसो त संसदको पहिलो बैठक चैत १९ मा कांग्रेसका तर्फबाट भिष्मराज आङदाम्वेले सम्बोधन गरेका थिए । जतिबेला केसी जेष्ठ सदस्यको रुपमा संसद बैठक सञ्चालक थिए । अहिले उनी प्रमुख प्रतिपक्ष दलको सिटको अग्रस्थानमा बसिरहेका छन् । तर कांग्रेस महामन्त्री धिमिरे भने समिति नै बनाएर लागि परेको बताउँछन् ।
बदल्यौँ कांग्रेस, बदल्छौँ देश भन्ने नारा सहित फागुन २१ मा सम्पन्न चुनावमा होमिएको थियो, कांग्रेस । तर चुनावी हारले आत्माआलोचनामा पुगेका उनले एकदिनमै गर्न सकिने निर्णयलाई समेत लतारिरहेको देखिन्छ ।
भैलै संसदीय दलको नेता चयन निर्वाचित सांसद भित्रबाटै हुने भएकोले गगनलाई उम्किने छुट होला । तर पार्टी गतिविधिमा देखिएको सुस्तताले भने बदलीएको कांग्रेसको नाँडी छामेको देखिन्छ । यतिबेला कांग्रेसले एकताको विन्दु खोजिरहेका छ । एकताको सुत्रमा बाँधिनु नै कांग्रेसका लागि भलाई हुने नेता गुरु बराल बनाउँछन् ।
संसदीय दलका नेताका अलवा कांग्रेसमा पार्टीको नियमित महाधिवेसन कहिले भन्ने विवाद पनि कायमै छ । विशेष महाधिवेसनको म्यानडेड प्राप्त अहिलेको नेतृत्वले आगामी बर्ष असोज १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।
त्यहि अनुसार बैशाखमा सदस्यता नविकरण गर्न तयारी गरिरहेको छ । तर १४ औँ महाधिवेसनको हवला दिइरहेको पक्ष भने बैशाखमै महाधिवेसन गर्ने दाबी छाडेको छैन् । महाधिवेशनको विवाद समेत सर्वोच्चमा पुगेकाले के हुन्छ भन्ने कुरा टुंगो लाग्न सकेको छैन् । यसले कांग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ भने निराकरण कहिले होला भन्ने चासो बढिरहेको छ ।
