काठमाडौं । नेपालको कर्पोरेट क्षेत्रमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ—दिपक भट्ट र अग्रवाल समूहको साझेदारी। इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र ९१ वर्ष पुरानो विरासत बोकेको शंकर समूहका शंकरलाल अग्रवालबीचको व्यावसायिक सम्बन्ध अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा तानिएको छ। आखिर कहाँ–कहाँ छ त यो समूहको लगानी ?
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि उनीमाथिको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कहाँसम्म पुग्छ भन्ने यकिन छैन । विभागका अधिकारीहरूका अनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्सलगायतका पब्लिक कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ ।
अहिले भट्टले हिमालय रि र उसको सहायक कम्पनीबाट लिएको करिब २ अर्ब ९५ करोड रुपैयाँ, जगदम्बा स्टिल्सको ४५ करोड, हिमालय लाइफ इन्स्योरेन्स र उसको सहायक कम्पनी हिमालय लार्ज क्याप र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको ठुलो रकम व्यक्तिगत खाता हुँदै नेपाल रि इन्स्योरेन्सको शेयर खरिदमा प्रयोग गरेको पाइएपछि भट्टमाथि अहिले अनुसन्धान भइरहेको छ।
राजनीतिक शक्तिकै आडमा राज्य प्रणाली नै कब्जा गरेर बसेका भट्टकै साझेदार बन्दा पुराना घरानियाँ व्यावसायिक शंकर ग्रुप पनि अनुसन्धानमा तानिएको छ ।शंकर ग्रपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरिए पनि उनलाई रिहा गरेर छोरा सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
सुलभ अध्यक्ष रहेकै बेला हिमालयन लाइफइन्स्योरेन्स र हिमालयन रि बिच शंकास्पद कारोबार देखिएपछि सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणमा तानिएका हुन् । त्यसो त सुलभ यस अघि नै कोरोना माहामारिमा समेत ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परिसकेका थिए। अहिले भट्ट र सुलभ पक्राउ परेपछि उनीहरूको अवैध कारोबार सम्बन्धी सम्पूर्ण तथ्य खोल्ने प्रयास विभागले गरिरहेको छ ।
भट्ट र अग्रवाल समुहको शंकास्पद कारोबारको अनुसन्धानको क्रममा को–को छन तानिन सक्ने सम्भावना भएका साझेदार, कम्पनी र अन्य सरोकारवालाहरु ? पहिले हेरौं, दिपक भट्टकोे लगानी भएका कम्पनीहरु ।
डेल्टा डेभलपर्स प्रालि
लेखनाथ डेभलपर्स प्रालि
गोदावरी भिला डेभलपर्स प्राल्
रोज हाउजिङ्ग
इन्फिनिटी इन्फ्रास्टक्चर प्रालि
हिमाल रिसोर्ट प्रालि
फेवा डेभलपर्स प्रालि
डायमण्ड हेल्थ क्लब प्रालि
स्नोडप रिसोर्ट प्रालि
आइरिस हाउजिङ्ग प्रालि
इन्फिनिटी होल्डिङ्गसको नामबाट उनले गोर्खा ट्राभल्स, किंग्स कलेज, लेखनाथ डेभलपर्स, डेल्टा डेभलपर्स र कान्तिपुरी रिसोर्ट दर्ता गरेर सञ्चालनमा ल्याएको समेत खुलेको छ। व्यापारी राजकुमार महेश्वर सिंहको जिएसए कम्पनी पनि खरिद गरेको देखिएको छ। इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालि र इन्फिनिटी होल्डिङ्गसलाई सेयरधनी कायम गरेर होल्डिङ्गस कम्पनीमार्फत सबै कम्पनीमा नियन्त्रण कायम गरिरहेको पाइएको छ ।
सेयर बजारमा एकछत्र राज
भट्ट मुलुकको सबैभन्दा ठूला सेयर लगानीकर्तामध्ये एक हुन्। सेयरमा उनको अर्बौंको लगानी छ। इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालिमा ३० हजार थान सेयर छ । यसबापत ३० लाख भुक्तानी गरिसकेका छनभने दुई करोड ७० लाख रूपैयाँ तिर्न बाँकी छ ।
गोर्खा ट्राभल्स प्रालिमा इन्फिनिटी होल्डिङ्गसको नामबाट एक लाख ९० हजार कित्ता सेयर किनेर राखेका छन् । सो सेयरको मूल्य एक करोड ९० लाख रूपैयाँ रहेको छ। इन्फिनिटी होल्डिङ्गस प्रालिमा उनका नाममा ५७ लाख ५० हजार कित्ता सेयर छ । जसको बजार मूल्य ५७ करोड ५० लाख हुन आउँछ ।
बीमा क्षेत्रको लगानी
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
नर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
स्टार माइक्रो इन्स्योरेन्स
ट्रस्ट माइक्रो इन्स्योरेन्स
भट्टको लगानी यी क्षेत्रमा रहेपनि उनीसंगै सम्पत्ति शुद्धिकरण आरोपमा तानिएको अग्रवाल समूहको लगानी कहाँ छ ? के गरिरहेको यो समूहले ?
जगदम्बा स्टिल
सौर्य सिमेन्ट
ऋद्धिसिद्धि सिमेन्ट
शुभश्री जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको)
जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको)
जगदम्बा मोटर्स प्रा.लि.
जगदम्बा हस्पिटालिटी ग्रुप लि.(हिल्टन होटल)
बलेफी हाइड्रोपावर
मोदी इनर्जी
अपर बलेफी हाइड्रोपावर
जगदम्बा अटो ग्रुप प्रा.लि.
जगदम्बा हायर पर्चेज
जगदम्बा मोबाइल्स प्रा.लि.
जगदम्बा स्पिनिङ मिल्स
जगदम्बा इन्टरप्राइजेज
जगदम्बा सिन्थेटिक्स
जगदम्बा फ्लोर एण्ड एग्रो
जगदम्बा ओभरसिज
जगदम्बा एल्को वेभ
जगदम्बा सिमेन्ट,
जगदम्बा इन्टरप्राइजेज
जगदम्बा मोटस
जगदम्बा अटो ग्रुप
जगदम्बा मोबाइल्स,
जगदम्बा स्पिनिङ मिल्स
जगदम्बा सिन्थेटिक्स
जगदम्बा फ्लोर एण्ड एग्रो
जगदम्बा ओभरसिज
जगदम्बा एल्को वेभ
जगदम्बा कन्स्ट्रक्सन
९० वर्षअगाडि नेपालमा व्यापार सुरु गरेको शंकर ग्रुप देशकै ठूलामध्येको एक व्यावसायिक समूह हो। बिमा, स्टिल, सिमेन्ट, अटोमोबाइल, खाद्यान्न, एफएमसीजी, धागो, होटल, हाइड्रोपावर लगायतका क्षेत्रमा अग्रवाल ग्रुपको लगानी रहेको देखिन्छ ।
वित्तीय र बिमा क्षेत्र
यही क्षेत्रमा भट्ट र अग्रवालको साझेदारी सबैभन्दा बढी एक्सपोज भएको छ।हिमालयन रि–इन्स्योरेन्सः यो कम्पनीको स्थापना र लाइसेन्स प्रक्रियादेखि नै भट्ट र अग्रवाल समूह मुख्य खेलाडीका रूपमा देखिए। हालैको अनुसन्धानमा जगदम्बा स्टिलबाट दीपक भट्टको खातामा आएको ४५ करोड रुपैयाँ यही कम्पनीमा लगानी भएको खुलेको छ।
युनियन लाइफ इन्स्योरेन्सः जीवन बिमा क्षेत्रमा पनि यो समूहको बलियो पकड छ। लघुवित्त र क्यापिटल मार्केटः विभिन्न माइक्रोफाइनान्स र मर्चेन्ट बैंकिङमा समेत यिनको अप्रत्यक्ष लगानी छ।
जलविद्युत र पूर्वाधार
ऊर्जा क्षेत्रमा पनि यो समूहले निकै आक्रामक लगानी गरेको छ।मोदी खोला र बलेफी हाइड्रोपावर यी आयोजनाहरूमा शंकर समूहको प्रत्यक्ष लगानी छ भने दीपक भट्टले धेरै जलविद्युत आयोजनाहरूमा लाइसेन्स होल्डर वा साझेदारका रूपमा काम गर्दै आएका छन्।
यो समूहले पछिल्लो एक दशकमा आफ्नो लगानीलाई विविधीकरण गर्दै नेपालका प्रायः सबै मुख्य क्षेत्रमा उपस्थिति जनाएको छ। भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र हिमालयन लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ पनि अपचलन गरेको उल्लेख छ । व्यापारिक घराना र राजनीतिक बिचौलियाबीचको अपारदर्शी सम्बन्धले नेपालको अर्थतन्त्रलाई कसरी जोखिममा पार्छ भन्ने भट्ट–अग्रवाल प्रकरण एउटा ऐना बनेको छ। अहिलेको अनुसन्धानले यो साम्राज्यको पर्दा उघार्ला कि यो पनि विगत झैँ सामसुम होला? यो भने हेर्न बाँकी नै छ ।
