News 24 Television
इरान युद्धकै कारण विश्व शक्तिबाट अमेरिकाको पलायन, इरान बन्न सक्छ चौथो शक्तिमान राष्ट्र !

काठमाडौं । इरान अमेरिकावीचको वार्ता निष्कर्षमा पुग्न सकेन् । पाकिस्तानको इसलामावाददमा भएको वार्ताले कुनै समाधान निकाल्न नसकेपनि वार्तामार्फत समाधान खोज्नुपर्नेमा विश्वले नै अपिल गरिरहेको छ । तर, अमेरिका र इरानले लगाइरहेका आरोप–प्रत्यारोपकाबीच चीनलाई समेत समेट्दै अमेरिका क्रुद्ध बनेको देखिन्छ । के इरान युद्धले विश्वको शक्ति एसियातर्फ सर्न थालेको हो ? बहस शुरु भएको छ । 

कुनै समय प्रविधि, विज्ञान र नागरिक सर्वोच्चताका हिसाबले विश्वमा युरोपको प्रभुत्व थियो । अमेरिकाले सोभियत संघको विघटनपश्वातको शक्ति आफुतर्फ केन्द्रित गर्दै सर्वशक्तिमान बनायो । युरोप पनि यसैको हिस्सा जस्तो मानिन्थ्यो । 

युरोपले लिने निर्णयहरुले धेरै ठूला प्रभाव पार्थे । यसकारण नै अमेरिकाले युरोपसंग मिलेर नेटो जस्तो सैन्य संगठनको विस्तार गर्दै आफूलाई दीर्घकालीन रुपमा शक्तिमान बनाउने प्रयास गरिरह्यो । यसरी चलिरहेको शक्ति दौडमा इरान युद्धसम्म आइपुग्दा अमेरिकाले धेरै कुरा गुमाउने खतरा बढ्न थालेको छ । 

युरोमा देखिएको जनसं?कया क्राइसिस होस वा रोजगारी संकुचनदेखि युद्ध होडले देखाइरहेका असुरक्षा नै किन नहुन, असुरक्षित ठान्ने जमात बढ्न थालेको छ । इरान युद्धमा क्षणभरमै आफु विजेता बन्ने ठानेको अमेरिका लत्रिन पुगेको छ । 

यसको पछिल्लो उदाहरण हो, पाकिस्तानको इस्लामावाददमा चलेको वार्ता । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी वार्ता प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान त पुगे, तर इरानी सर्तका कारण सहमति जुटेन् । यसमा अमेरिकी शीर्षस्थको प्रतिक्रिया हेर्न लायक देखिन्छ ।

राष्ट्रपति उपराष्ट्रपतिको प्रतिक्रियाले नै अमेरिकाले युद्ध जितेको ढोङ फुकिरहेको देखिन्छ भने आफूलाई बिजेता घोषणा गर्न हतारो भएको देखिन्छ । यता, इरान आफ्ना कडा सर्तका साथ उभिएको छ । जसमा अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाउन थालेको छ। चीनले इरानलाई हतियार उपलब्ध गराएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश पोख्दै धम्की दिएका छन् । 

यसले राम्रो नहुने भनिरहेका छन् । यता, रुसको विदेश मन्त्रालयले पनि पाकिस्तानमा जारी वार्तामा चासो राख्दै इरानमाथि नै दोष थोपर्ने विषय सहि हुन नसक्ने भन्दै चेतावनीपूर्ण भाषाको प्रयोग गरिरहेको छ । युरोप पहिलेको जस्तो बोल्ड अनि शक्तिमान देखिन्न । उनीहरु आफ्नो रक्षा आफै गर्न सक्ने भन्दै अमेरिकासंगको सम्बन्धमा नयाँपना आएपनि स्वीकार गर्ने भन्न थालेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने र अमेरिकी सुरक्षाका न्मिति आवश्यक पर्ने भन्न थालेपछि चिढिएको युरोप पहिलेजस्तो परम मित्र बन्ला ? प्रश्नहरु छन् । यता, इरानले युद्धमा जित निकालेको पनि छैन भने हार स्वीकार पनि गरेको छैन् । यसको पछाडी चीनको नेभिगेशन र रुसी ड्रोन प्रविधिदेखि नेभिगेसनले निशाना दाग्न इरान सफल बन्न थालेको छ । यस्तोमा अबको विश्व शक्तिका खेलाडी राष्ट्रहरुमा पनि नयाँ उदयको संकेत देखा पर्न थालेको छ ।

स्ट्रेट अफ हर्मुज इरानको मुख्य शक्ति

आणविक कार्यक्रमलाई हतियार विकासको चरणमा पु¥याउनै लाग्दा झड्का ब्यहोरेको इरानले अन्तिम अस्त्रको रुपमा उपयो ग गरिरहेको छ, स्ट्रेट अफ हर्मुज । विश्वको २० प्रतिशतभन्दा धेरै ऊर्जा आयात निर्यात हुने यो जलमार्ग बन्द हुँदा विश्वको अर्थतन्त्र नै खतरामा पुगिसकेको छ । युरोपमे चर्को महंगीको सामना गरिरहेको छ भने अमेरिकामा पनि सडकमा करोड हाराहारीमा मानिसहरु विरोधमा उत्रिएका छन् । इरान युद्ध रोक्नुपर्ने माग चर्किदै गएको छ । 

मध्यपूर्वको जनजीवन थिलोथिलो बन्न पुगेको छ । तर, अमेरिकाले भनिरहेको छ, हाम्रो तेल तयार छ, जहाज लिएर लिन आउ । के अमेरिकाको यो कदम र भेनेजुएला जस्तो प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको विशाल भण्डार रहेको मुलुकलाई पराधिन बनाएको बेला मध्यपूर्वका खाडी राष्ट्रहरुले पहिले जसरी नै तल बेच्न सक्छन्? प्रश्न छ । तेलबाट अन्यत्रै सर्दै आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउने उपायमा अघि बढेका खाडी राष्ट्रहरु इरान युद्धले थला पर्न थालेका छन् । 

सुरक्षित भनिने क्षेत्रहरु असुरक्षाको प्रमुख गन्तव्य बन्न पुगेका छन् । जुन मुलुकमा अमेरिकी प्रभुत्व कायम छ । तर, अब इरान युद्धकै कारण अमेरिका यी सबैखाले अस्त्र गुमाउने अवस्थामा पुग्ने र विश्वको शक्ति चीन, रुस जस्ता मुलुकहरुले लिने खतरा बढ्दो देखिन्छ भने इरान आफै पनि चौथो शक्ति राष्ट्रका रुपमा अघि सर्ने अवस्था बन्दैछ । रेड सि र स्ट्रेट अफ हर्मुजमा इरानले आफू र आफ्ना प्रोक्सीमार्फत देखाइरहेको शक्तिका कारण पनि अबको शक्ति राष्ट्रमा इरान अघि बढ्ने सम्भावना बढेको छ । 

यसमा पाकिस्तान, भारत जस्ता मुलुकहरु पनि छन् । यस्तो स्थितिका कारण पनि अबको विश्व शक्ति एसियामा सर्ने सम्भावना देखिन्छ । अमेरिकाले युद्धको अन्त्य बुद्धिमतापूर्वक गर्न सकेन भने सानो राष्ट्र इजरायलसंगै आफ्नो विश्व प्रभुत्व गुमाउने र विश्व राजनीतिक शक्ति केन्द्र चीन, रुस जस्ता राष्ट्रहरुले सञ्चालन गर्ने अवस्था बन्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update