News 24 Television
गगनलाई सभापति मान्नै सकस, खिचडी पकाउँदै देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको बैधानिकताबारे सर्वोच्च अदालतको फैसलापछि पार्टी एक भएर अघि बढ्ने अपेक्षा भइरहँदा कांग्रेसको इतर पक्षले आ–आफ्नै डम्फू बजाइरहेका छन् । 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार आफू पक्षका १४ औं महाधिवेशनका केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्ला सभापतिहरुको भेला नै डाकेर अब कसरी अघि बढ्ने सुझाव मात्रै लिनुका साथै नयाँ रणनीतिको खोजीमा छन् । पार्टीको १५ औं महाधिवेशनबारे औपचारिक धारणा बनाउन डाकिएको भेलाको के निश्कर्ष निकाल्दै छ त ? 

कांगेस इतर समुहले अहिले पनि गगन थापा नेतृत्वलाई स्वीकार गरेको छैन । विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत स्वीकार गरेपछि घाइते बाघजस्तो बनेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह कसरी अघि बढ्ने आन्तरिक छलफलमा छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार डोकेको भेलामा आफ्नो पक्षका १४ औँ महाधिवेसनबाट जित निकालेका केन्द्रीय सदस्य, जिल्ला सभापति, उपत्यका सभापतिसँगै क्षेत्रीय सभापति सहभागि छन् । मंगलबार बोल्ने अधिकांश नेताहरुले पार्टी एकता कायम गर्न सभापति गगन थापाको सक्रियता कमजोर देखिएको व्रिफिङ गरेका छन् । 

तीन दिनसम्म चल्ने इतर समुहको बैठकमा कसरी अगाडी बड्ने, अदालतको आदेशलाई कुन ढंगले स्वीकार गर्ने र पार्टीको १५ औँ महाधिवेसनबारै औपचारिक धारण बनाउने विषयमा छलफल गरिरहेका छन् । छलफलको निष्कर्ष निकालेर अघि अढ्ने नेताहरु बनाउँछन् । 

को को सहभागि भए ? 

खड्काले डाकेको पछिल्लो बैठकमा विजय गच्छदारदेखि सुजाता कोइरालासमेत सहभागी भइन् । बैठकमा विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, एनपी सावद, प्रकाशशरण महत, मोहन बस्नेत, रामहरि खतिवडा, डिला संग्रौला, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल र जीवनबहादुर शाही सहभागि छन् । 

शेखर किन गएनन् ? 

कांग्रेस भित्रको विवाद समाधानका निम्ति दुई मध्यस्त टोली नै तयार गरेर लागि परेका कांग्रेस नेता शेखर कोइराला भने काठमाडौंको धुम्बाराहीमा चलेको इतर पक्षको भेलामा सहभागी भएनन् । सर्वाैच्चको फैलसला आउनु पूर्व खड्कासंगै समानान्तर गतिविधिमा देखिएका शेखरले पछिल्लो समय मध्यस्ताको भुमिका अपनाएका छन् । कांग्रेस एकट्ठा गर्न शेखरले आफु निकटका नेता खटाएका छन् । 

देउवा पक्षसँग संवादका लागि डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई जिम्मेवारी दिएका छन् भने संस्थापन समूहसँग वार्ता गर्ने जीवन परियार र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको छ । यस कारण शेखरले तटस्थताको बाटो रोजेको देखिन्छ । यद्यपी शेखरले आफ्नो छुट्टै गुटको परामर्श भने कायमै राखेका छन् । उनले बैशाख १७ गते आफू निकट बाग्मती प्रदेश स्तरीय भेला राखेका छन् ।  

गगन–पूर्णबहादुर भेटको औचित्य पुष्टि भएन ? 

सर्वाैच्च अदालतले बैशाख ४ गते विशेष महाधिवेसन पक्षलाई आधिकारिक मान्यता दिए पश्चात् सभापति गगन थापा उच्च मनोबलका साथ पार्टी एकता गर्न कस्सिएका छन् ।  बैशाख ६ गते सभापति थापा पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटारस्थित उनको निजि निवासमै पुगेका थिए । तर भेटले सार्थकता पाउन सकेन ।

भेटमा मिलेर जान कुरामा दुई नेता विच छलफल भएको भएपनि त्यसयता कुनै उपलब्धी हासिल भएको छैन । यसका कारण पनि थापा र खड्का भेटको ओचित्य पुष्टि हुन सकेन । यद्यपी देउवा पक्षकै मानिएका भिष्मराज आङदेम्बेलाई प्रतिनिधिसभाको संसदीय दलको नेता नै बनाएर पार्टीलाई एक बनाउने प्रयास भने गरेका छन् । तर पूर्णबहादुर चाँही आफ्नो समूहलाई बलियो बनाउन जोडबल गरि नै रहेका छन् । 
गगनको एकलौटी शैली !

कांग्रेस सभापति गगन थापाले पनि एकलौटी शैली अपनाएको भन्दै आलोचना भइरहेको छ । इतर पक्षसँग संवाद नगरी आफ्नै ढंगले अघि बढ्ने उनको शैली बाधक बनेको नेताहरुले बताउने गरेका छन् । कांग्रेस दाई र भाइरको पार्टी भएका कारण गगनले दाईलाई समान हैसियतको नजरले हेर्नुपर्ने माग इतर पक्षका नेताको छ । 

नैतिक दबाबमा पूर्णबहादुर !

संस्थापन इतरका नेता पुर्णबहादुर खड्कामाथि नैतिक दबाब सिर्जना हुँदै गएको छ । सर्वाैच्च र निर्वाचन आयोगले गगन थापाको पक्षमा फैसला गरिसक्दा पनि छुट्टै भेला, गोष्ठी र गतिविधिमा होमिनुले नैतिक दबाबको कसीमा खड्का परेको देखिन्छ । 

अब खड्काको हातमा दुई विकल्प छन् । पहिलो, गगनलाई सभापति मानेर १५ औँ महाधिवेसनमा होमिने । दोस्रो हो, पार्टी फुटाएर अलग्गै पार्टी बनाउने र नेतृत्व गर्ने । अन्यथा कानुनी र राजनीतिक लडाँई हारिसकेका खड्काको गतिविधिको सामथ्र्यले काम नगर्ने विश्लेषण भइरहेको छ । यद्यपी इतर पक्षको भेलामा उपस्थित जिल्ला सभापतिहरुले १५ औं महाधविशनमा नेतृत्वका लागि मिल्न खड्कालाई सुझाएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update