काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले एकता महाधिवेशनदेखि निर्वाचन परिणामबारेको समिक्षाबारे औपचारिक रुपमै जानकारी सार्वजनिक गरेको छ। एकता महाधिवेशनपश्वात युवाको सहभागीतालाई ५० प्रतिशत पु¥याउने भनेको नेकपाले आगामी मंसिरमा गर्ने गरि महाधिवेशनको तालिका नै सार्वजनिक गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीको कार्यसंयोजन समितिको बैठक रोचक बन्यो। पार्टी बैठक लमबेतान मात्रै बनेन्, नेताहरुले बैठकमा लामा–लामा भाषण गर्न थालेपछि निष्कर्ष निकाल्न नै झण्डै एक महिना लाग्यो। चैत्र १९ गतेबाट बैशाख १४ गतेसम्म १० दिनको बैठकपछि नेकपाले निर्वाचन समिक्षा, पार्टीको विचार र समसामयीक विषयमा निष्कर्ष निकाल्न भने सकेन्।
संयोजक प्रचण्डले पेश गरेको निर्वाचनको समिक्षाको प्रतिवेदन नै संशोधनसहित पुनर्लेखनपश्वात मात्रै पारित गरिएको भनिएको छ। जसमा नेकपाले सार्वजनिक गरेको अन्य विषय भने महाधिवेशन केन्द्रित देखिन्छ। जसमा युवाको सहभागीतादेखि अन्य विषयहरु समावेश गरिएका छन्। जसमध्ये केहि यस्ता छन्।
१. प्रतिनिधिसभामा नेकपाले व्यहोरेको परिणाको विषयमा वैठकमा प्राप्त भएका सुझावहरु समेटेर परिमार्जन र पुनर्लेखनसहित निर्वाचन समिक्षा प्रतिवेदन पारित
२. पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृति स्पष्टता मंसिरमा हुने एकताको महाधिवेशनबाट टुंगो लगाउने।
३. वडादेखि केन्द्रसम्मका सबै कमिटीमा निर्वाचनबाट प्रतिनिधि ल्याउने र समानुपातिक समावेशी मान्यतालाई स्थापित गर्ने।
४. जेनजी पुस्ताको सहभागीता ५० प्रतिशतसम्म पु¥याइने।
५. एकीकृत कम्युनिस्ट पार्टी निर्माणमा विशेष पहल गर्ने।
६. नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा देशभक्त शक्तिहरूका बीचमा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा एवं सुदृढीकरणको उद्देश्यसहित साझा समझदारी कायम गर्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त भूमिका निर्वाह गर्ने।
७. पार्टीलाई उत्पादन र श्रममा जोड्ने।
८. पार्टी तथा जनवर्गिय संगठन÷मोर्चाहरुको एकीकरण, समायोजन जेठ मसान्तसम्म गर्ने।
यसरी नेकपाले आगामी कामहरुको सूची सार्वजनिक गरेको छ। जसमा महाधिवेशन भने मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमै गर्ने भनिएको छ।
वैचारिक विषय पेन्डिङमै
नेकपाले विचार, सिद्धान्त र मार्गनिर्देशनको विषयलाई भने थाँति राखेको छ। जसअनुसार नेकपाले अब जनताको बहुदलीय जनवाद र माक्र्सवादलाई कसरी ब्याख्या गर्छ भन्ने चासो देखिन्छ।
माओवादलाई छाड्ने निश्चित प्रायः बनिसकेको बेला नेकपाले जबज पक्षधर माधव नेपालसहितका नेताहरुलाई समाजवादमा जानका लागि कुन विचारधारालाई अघि ल्याउछ भन्ने चासो देखिन्छ। यद्यपी एकताको महाधिवेशनसम्म पुग्दा नेतृत्व चयन निर्वाचनबाट हुने निर्णय गर्नुले नै माधव नेपाल पक्षका नेताहरु पेलानमा त पर्दैनन भन्ने चासो पनि देखिन्छ।
