News 24 Television
संविधान संशोधन बहसमा दलहरुः नेकपा, एमाले र कांग्रेसले के भने ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको विषयमा अन्तरक्रियाको आयोजना ग¥यो। कार्यक्रममा संविधान संशोधन कसरी गर्ने, गर्दा के गर्ने वा किन नगर्ने जस्ता विषयमा बहस गरियो। नेताहरुले संविधान संशोधन गर्न भन्दै सरकारले निर्माण गरेको कार्यदलको नेतृत्वमाथिको प्रश्न समेत उठाएको छ । 

अध्यक्ष केसीले संविधान संशोधन गर्न भन्दै सरकारले अघि सारेका असिम शाहको योग्यतामाथि प्रश्न उठाए । विगत कोट्याएका केसीले यस्तो प्रश्न गर्दै गर्दा जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले शासक वर्गको स्वार्थअनुसारको संशोधन हुने खतरा रहेको औल्याए।

उसोतः संविधान संशोधन कसरी गर्ने, किन गर्ने वा कस्तो आवश्यकता नेपालसामू खड्किएको छ भन्ने बहस पहिलेदेखि नै चल्दै आएको देखिन्छ।  यता, नेपाली कम्युनिस्ट पार्टीका नेता लिलामणी पोखरेलले अहिलेको परिस्थिति र वस्तुस्थितिका कारण पनि संविधान संशोधनको बहसले अर्थ नराख्ने धारणा राखे ।

यता नेपाली कांग्रेस र नेकपा एमाले पनि संविधानका आधारभुत विषयमा सरकार प्रवेश गर्न खोजेको भन्दै असन्तोष व्यक्त गरिरहेका छन्। अध्यादेशमार्फत हस्तक्षेप बढाइएको भन्दै कांग्रेसले आक्रोश पोखिरहेको छ भने एमालेले पनि आधारभूत स्तम्भमाथि प्रहार गर्ने प्रयास चलिरहेको दाबी गरेको छ ।

जनमोर्चा भने संघीयता खारेजीको पक्षमा उभिएको दल हो। संविधान निर्माणमा निर्णायक भूमिका खेलेका दल र नेताहरुको उपस्थितिमा बहस कार्यक्रम सञ्चालन गरिएपनि यो कार्यक्रममा जनमोर्चाले नयाँ दललाई भने आमन्त्रण गरेको देखिन्न।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update