News 24 Television
ओलीसंगको टसलपछि पहिलो पटक एमालेको ब्यानरमा विद्या प्रमुख, ओली–प्रचण्ड छलफल अर्कै !

काठमाडौं । नेकपा एमाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अंगिकार गर्दै देशभर संगठन विस्तार, र आफ्नो प्रभुत्व कायम गर्न सफल बन्यो। एमालेले अनेक उतारचढाव व्यहोर्दै गर्दा मदन भण्डारीको लिगेसी र एमालेको नेतृत्वबीचको शक्ति संघर्षले विराम लिने बेला आएको हो? यो प्रश्न अहम बन्न पुगेको छ । 

मदन भण्डारीले दासढुंगा दुर्घटनामा रहस्यमयी मृत्युवरण गरे। मदन भण्डारी, जिवराज आश्रितको रहस्यमयी मृत्युको कारण उजागर हुन नसकेपनि मदन भण्डारीबारेका कुराहरु अनेक किसिमले अघि बढिरहेका छन्। जसमा मदन भण्डारीको ३३ औं समृति दिवस भने केहि फेरिएको छ ।

एमालेले मदन भण्डारी र जिवराज आश्रितलाई स्मरण गर्न आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम हो। बल्खुमा ३५ औं स्मृति दिवस मनाउदा दृश्य भने फेरिएको देखिन्छ। पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसंवको शक्ति संघर्षपछि मदन पत्नी समेत रहेकी एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अथिति बनिन्।

एमालेले भण्डारीको सदस्यता होल्ड गरेपछिको पहिलो कार्यक्रममा उपस्थित भण्डारीले एमालेबारे चिन्ता व्यक्त गरिन्। एमाले नै देशका निम्ति आवश्यक पार्टी भएको जिकिर गरिन् ।

विद्यादेवी भण्डारी पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीविरुद्ध चलिरहेको घेराबन्दीकाबीच एकपटक शक्तिमा आएको चर्चा चल्न थालेको छ। ओलीविरुद्धको घेराबन्दी चलिरहेकै बेला ओली अनुपस्थित भएको कार्यक्रममा भण्डारी प्रमुख अथिति मात्रै बनिनन्, एमाले पंक्तिलाई पार्टी निर्माणको अपिल समेत गरिन्। 

उसोतः ओलीसंगको शक्ति संघर्षपछि ओलीको प्रतिनिधि बनेर उपस्थित भएका एमाले उपाध्यक्ष रामबहादुर थापा ’बादल’ले अहिलेको परिस्थिति र ओलीविरुद्ध भइरहेका गतिविधिको एमाले पंक्तिबाटै रक्षा हुनुपर्नेमा जोड दिए ।

एमालेको आन्तरिक जीवनबारे सार्वजनिक बहस चलिरहेको बेला एमाले नेताहरुले सरकारका काममा समेत प्रश्न र विरोध भने गरिरहेका छन् । तर, नेतृत्वको सवालमा उठिरहेका प्रश्न पुस्ताको विषयमात्रै नभएको भन्दै एमाले महासचिव शंकर पोखरेल पनि मध्यभागबाट अघि बढ्न खोजिरहेका छन्।

एमाले पछिल्लो समय एकखाले संक्रमणमा पसेको छ। चुनावी पराजयपछि एमालेमा ओलीको बहिर्गमन खोज्न थालिएको छ। जसमा केहिले विद्यादेवी भण्डारीलाई अन्तरिम अध्यक्ष बनाएर जाने गरि समेत बहस थालेका छन्। तर, यो विषय ओलीकै तजबिजीमा अघि बढ्नेमा शंका छैन् ।

नेकपा निर्माणको प्रयास

जनमतको संकटपछि नेकपा निर्माणको प्रयास चलिरहेको छ । नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र अन्य केहि वामपन्थी पार्टीहरुलाई मिलाएर नेकपा निर्माण गर्ने बहस आन्तरिक रुपमा चलिरहेको छ । 

जसको नेतृत्व भण्डारीलाई दिने एक पक्षको तयारी देखिन्छ भने ओली–प्रचण्डले अर्कै तयारी अघि बढाइरहेका छन्। तर, यस्ता वार्ताहरुले अन्तिम सार्थकता प्राप्त गर्न भने केहि समय लाग्ने देखिन्छ। एमाले सचिवालय बैठकको दृश्य र त्यसपछि हुनसक्ने सम्भावित राजनीतिक घटनाक्रमपछि थप कुरा खुल्दै जाने देखिन्छ। एमालेले सोमबारदेखि सचिवालय बैठक गर्दैछ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update