News 24 Television
विपक्षीलाई अर्थमन्त्रीको धम्कीमा अमरेशको आक्रोश, मधेस छुट्यो कि जवाफदेहीता ?

काठमाडौं । संसदमा प्रतिपक्षीका कडा प्रश्नले आलोचनामा परेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमाथि पार्टीभित्रैबाट प्रश्न आउन थालेका छन्। प्रतिनिधिसभामा विनियोजन विधयेकमा छलफल चल्दै गर्दा अर्थमन्त्रीको खोजी र अर्थमन्त्रीको उपस्थितिपछिको जवाफले संसद अझैं रस्साकस्सीमा अघि बढ्ने संकेत गरिरहेको छ । 

प्रतिनिधिसभामा विनियोजन विधयेकमा छलफल चलिरहेको छ। विनियोजन विधयेकको छलफलको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि विपक्षीले प्रश्न उठाए। अर्थमन्त्रीको खोजी पनि भयो। तर, सत्तापक्षले यस्ता विषयलाई परिवर्तन भन्दै टाल्ने गथ्र्यो। परम्परा, संसदीय अभ्यास पालना नगर्नुलाई क्रमभंगता पनि भन्ने गरिन्छ । 

यस्तो स्थितिमा रास्वपाबाटै निर्वाचित अमरेशकुमार सिंहले संसदको २० वर्षे अनुभव सुनाउदै सरकारी रवैयामाथि कडा रोष पोखे। अमरेशले संसदको हुर्मत लिन खोजिएको भन्दै सबै तोड्दै जाने हो भने सिंहदरबार तोडौं, प्रधानमन्त्री पद तोडौं भन्दै आक्रोश पोखे ।

यसरी प्रश्न गरेपछि अमरेशले बोल्न नचाहेपनि अतिभएपछि बोलेको भने। यहि दृश्यले रास्वपामा उकुसमुकुस देखिन्छ। प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति पुरा अनुत्तरदायी बनिरहेका छन् भने यसलाई ढाकछेप गर्न रास्वपालाई कठिन स्थिति बनेको देखिन्छ। विपक्षीका कडा प्रश्न र अवरोधमा आक्रोशित बनेका अर्थमन्त्रीले यो चुनावमा रास्वपा अनुमोदित भएको भन्दै विपक्षीलाई अर्को चुनाव कुर्न चेतावनी नै दिए ।

अर्थमन्त्रीले दिएको अभिव्यक्ति रास्वपाको वाँचापत्र अनुसार नै हो? यदी त्यहिअनुसार हो भने अमरेशले सरकारको नीति तथा कार्यक्रममा मधेस किन परेन? अमरेश मधेसमाथिको उपक्षा सैह्य नहुने किन भन्दैछन् ?

अमरेशको प्रश्न र वाग्लेको विपक्षीलाई भन्दै दिएको जवाफ आपसमा बाझिन्छ। यसरी रास्वपाभित्रको आन्तरिक असन्तुष्टीहरु विस्तारै पोखिन थालेका छन्। संसदप्रति उत्तरदायी बन्न नचाहने प्रवृत्तिलाई परिवर्तन, क्रमभंगता जस्ता शब्दले मात्रै थेग्ने स्थिति सकिन थालेको देखिन्छ । के यसले रास्वपाभित्रको आन्तरिक राजनीतिमा पनि विरोधका आवाज मुकारित हुने अवस्थामा पुगेका हुन्? चासो देखिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update