काठमाडौं । राष्ट्रिय राजनीतिको किनारामा पुगको नेकपा एमाले तङ्ग्रीन सकेको छैन् । अध्यक्ष केपी ओलीको आत्माआलोचना त परेको कुरा आफ्नै दुनो सोझ्याउन व्यस्त छन् ।
पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी पुर्नगठनको बहस मौलाउँदै गएको छ । अझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने कुराले एमालेभित्रको राजनीति थप रोचक बनेको छ । भण्डारीको इन्ट्रीसंगै एमालेमा तीन धारको राजनीतिक खिचातानी हुने देखिएको छ ।
नेकपा एमालेभित्र पार्टी पुर्नगठन र नेतृत्व हस्तान्तरण बहस चर्किएको छ । अध्यक्ष केपी ओलीकै कारण पार्टी कमजोर अवस्थामा पुगको विश्लेषण पनि भइरहेका छन् । पार्टीभित्र पुर्नगठन र रुपान्तरणका स्वर पनि बाक्लो ढंगले उठे । तर सार्थकता पाउन सकेको देखिन्न । ओलीको विकल्प खोज्ने शक्तिले सक्रियता बढाउन नसक्दा गुण्डुबाट उनी पुनः सक्रिय बनेका छन् ।
पार्टीभित्र र बाहिरबाट चौतर्फी घेरबन्दीमा परेका ओली सर्वशक्तिमान बन्ने दाउमै छन् । तर समय भने केही फेरीएको छ । अहिले पार्टीभित्र ओलीको वरिपरी बस्ने नेताहरुले नै साथ छाडेका छन् ।
विश्वासपात्रले आलोचना गरिरहेका छन् । उनीमाथि दबाब यतिधेरै बढ्यो की पूर्पराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नु प¥यो । जबकी एक समय नविकरण भइसकेको भण्डारीको सदस्यता रोक्दै ओलीले आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।
समय फेरियो र ओलीले जेष्ठ ४ को सचिवालय बैठक मार्फत नै सदस्यता नविकरण गर्ने निर्णय गर्नु पर्याे । एमालेमा विद्या भण्डारीको सदस्यता नविकरणले राजनीतिलाई थप रोचक बनाएको छ । अहिले एमालेमा देखिने गरी तिन धार सक्रिय बनेका छन् ।
पहिलो–अध्यक्ष ओली धार
पार्टी जीवनकै कमजोर अवस्थामा पुगेको एमालेमा अझै पनि अध्यक्ष ओली पक्ष हाबी देखिएको छ । केहि विश्वास पात्रले साथ छाडेपनि ओलीको पक्षमा कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष रामबहादुर थापा बादल चट्टान झै उभिएका छन् । बादलका अलवा सचिव महेश बस्नेत, पद्मा अर्याल सहितका नेताहरुले साथ दिएका छन् ।
यस्तै, सचिवहरु छविलाल विश्वकर्मा खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की पनि ओलीका हतियार हुन् । गत बर्ष मंसिरमा भक्तपुरको सल्लाघारीमा भएको ११ औँ महाधिवेसनको म्यान्डेटलाई कार्यान्वयन गर्ने यो पक्षको जोडबल छ । तर नेताहरुलाई नेतृत्वको परिवर्तन नगरे राजनीति नै धरापमा जाने खतरा छ ।
दोस्रो–विद्या भण्डारी धार
जेठ ४ को सचिवालय बैठकले विद्या भण्डारीलाई एमालेको सदस्यता दिने निर्णग ग¥यो । यसले भण्डारीलाई सक्रिय राजनीतिको ढोका खोलिदिएको छ । ओलीलाई विश्राममा बाटोमा धकेल्दै आफै पार्टी नेतृत्व लिने भण्डारीको दाउ हो । ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र कर्ण थापा सहितका नेताहरुको सहयोगमा उनलाई छ ।
साथमा उपाध्यक्ष गोकर्ण विस्ट र उपमहासचिव योगेश भट्टराईको पनि साथ रहेको बताइन्छ । पार्टी नेतृत्व कब्जा गर्ने रणनीतिमा रहेकी भण्डारीले विशेष महाधिवेसनको माहोल सिर्जना गरेरै लक्ष्य भेट्टाउने तयारी गरेकी छिन् । यो धारले विशेषबाट पार्टी नेतृत्व लिने रणनीतिक चाल चालेको छ ।
सदस्यता नविकरणपश्वार भण्डारीले आफू निकटसंग भन्न थालेकी छन्, कि प्रथम व्यक्ति भएर नेतृत्व गर्छु। कि सदस्यमात्रै बस्छु। दोश्रो हुन्न। यसले पनि भण्डारीले अब ओलीलाई रिप्लेस गर्ने तयारी गरेको कुरा लुकेको देखिन्न ।
तेस्रो–परिवर्तनको धार
एमालेमा तेस्रो धारका नेताहरुले बदलिँदो राजनीतिक परिर्वतनलाई मध्यनजर गर्दै युवाको नेतृत्वमा पार्टी पुर्नगठन र रुपान्तरणको वकालत गरिरहेका छन् । यो धारमा प्रदिप ज्ञवाली र गोकुल बास्कोटासहितका नेताहरु छन् ।
ओलीको स–सम्मान विश्राम र युवा नेतृत्वलाई अघि सार्न सकियो भने पार्टीले पुनः राष्ट्रिय राजनीतिमा पिक गर्न सक्ने विश्लेषण यो धारको छ । शंकर र विष्णु कता ?
अध्यक्ष ओलीको विश्वास पात्रका रुपमा रहँदै आएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेले मौनता साँधेका छन् । पौडेल र पोखरेलले ओलीको साथ छाडेको भएपनि आफ्नो कित्ता किलियर गरिसकेका छैनन् । यी दुई नेता कता ढल्किने भन्ने कुराले पनि ठुलो अर्थ राख्ने देखिन्छ ।
अर्काेतर्फ राजनीतिक रुपमा किनारकृत भएको एमालेलाई पुनः उठाउन सक्ने सम्भावना भएका युवा अनुहारका रुपमा सुहाङ नेम्वाङलाई पनि हेर्न थालिएको छ ।
युवा माझ बढ्दो लोकप्रियता र शालिनताले उनको सम्भावना र विश्वास युवापंक्तिमा देखिन्छ । तर पहिलो, दोस्रो र तेस्रो पंक्तिका नेताहरु उनलाई स्वीकार गर्न अवस्थामा छैनन् । यस्तो अवस्थामा एमाले कसको नेतृत्वको अघि बढ्दा आफ्नो गर्भिलो विगत फर्काउला त्यो हेर्न बाँकी छ ।
