काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जेठ १८ गते भारत भ्रमणमा जाने तयारी अन्तिम चरणमा पु¥याउने दाउमा देखिन्छन्। तर, रविले सरकारसंग समन्य नै नगरी भारत जान लागेको भन्दै रास्वपाभित्रको एउटा पक्ष तनावमा देछिन्छ। यस्तोमा रविको भारत भ्रमण कसरी सार्थक होला ? बहस शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गरेपछि कुटनीतिक क्षेत्रको सक्रियता नयाँ ढंगले अघि बढेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न देशका राजदूतलाई सामूहिक रुपमा भेटेका छन्।
यसरी युरोपेली क्षेत्रका राजदूत, कुटनीतिक नियोगका प्रमुख र कुटनीतिज्ञसंग पनि सामूहिक भेट गर्दै सरकार जनताप्रति उत्तरदायी बन्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर, कुटनीतिक सम्बन्धका आयामहरु कसरी आर्थिक सामाजिक क्षेत्रलाई चलायमान बनाउने गरि अघि बढ्छन? यो अन्योलतामै देखिन्छ। यहिबेला रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किनका लागि तीब्र तयारीमा देखिन्छन् ।
मंगलबारमात्रै रवि लामिछानेले परराष्ट्र मामलाका जानकारहरुसंग छलफल गरिसकेका छन्। रविले उनीहरुसंगको छलफलको क्रममा सुझाव लिएको, भारत भ्रमणको एजेण्डा कसरी तय गर्ने भन्ने कुरामा समेत धारणा मागेको बताइन्छ। तर, रविको भ्रमणलाई लिएर रास्वपाभित्र वेचैनी भने बढ्न थालेको देखिन्छ। यसको संकेत सरकारका प्रवक्ता सस्मित पोखरेलले गरिसकेका छन्। रविको भ्रमण प्रधानमन्त्रीसंग नजोडिने भन्नुले नै दरारको प्रष्ट संकेत गर्छ।
सरकारको नेतृत्त गरिरहेका वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेता हुन्। तर, वालेन्द्र पार्टी कार्यालय वा रास्वपाभित्र कुनैखाले हस्तक्षेपकारी भूमिकामा देखिन्नन्। यता, रवि भने पार्टी सभापतिको हैसियतमा सक्रियतापूर्वक हहस्तक्षेपकारी भूमिका निर्वाह गर्न अघि बढेका छन्।
विदेशी कुटनीतिज्ञसंग रविको साउती
विदेशी कुटनीतिज्ञलाई रास्वपा सभापति रवि लामिछानेले सहजै भेटेर रास्वपाको विचार, सरकार र सम्बन्ध विस्तारबारे सहज छलफल गर्दै आएका छन्। अमेरिकी कुटनीतिज्ञसंग पनि रविले भेटेर दुई देशको सम्बन्धको ऐतिहासिकता, सहकार्य र विभिन्न विषयमा कुराकानी गरिसकेका छन्। यस्तोमा रविले विदेशी कुटनीतिज्ञ, जो सरकारको प्रतिनिधित्व गर्दै नेपाल पुग्छन्, उनीहरुसंग भेट्ने गरेका छन्। यसले पनि रविको अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि अग्रणी भूमिका देखिन थालेको छ भने उनले प्रभाव विस्तार पनि सहज बनाइरहेका छन्।
वालेन्द्रको प्रोटोकल
प्रधानमन्त्री वालेन्द्र शाह भने प्रोटोकल निर्माण गर्दै अघि बढेका छन्। वालेन्द्रले विदेशीसंगको भेटलाई परराष्ट्रमन्त्रीभन्दा तल्लो वरियताकासंग नभेट्ने रणनीति अख्तियार गरिरहेका छन्। कुटनीतिक रुपमा आफूलाई सक्रिय र प्रभावशाली बनाउन खोजिरहेका वालेन्द्रले निर्माण गरेको प्रोटोकल शक्तिशाली राष्ट्रका निम्ति उपर्युक्त देखिएपनि नेपालको हैसियत, अन्तराष्ट्रिय उपस्थिति र भूराजनीतिक परिस्थितिकाबीच ठिक छ? प्रश्नहरु देखिन्छन्।
दुई दिने भ्रमणमा रवि
रास्वपा सभापति रवि लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा जान लागेका हुन्। जेठ १८ र १९ गरि दुई दिन भारत भ्रमण गर्न लागेका रविसंग सह–महामन्त्री विपिन आचार्य र सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख दीपकराज बोहरा सहभागी हुने बताइन्छ।
यसरी हेर्दा पनि रविको भेट अर्थपूर्ण देखिन्छ। भने भारतमा रविले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिश्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका शीर्षस्थसंग भेट्ने सूची बनेको बताइन्छ। यसले पनि रविको भारत भ्रमणको चासो देखिन्छ।
परराष्ट्रलाई छैन जानकारी
रवि लामिछानेको भारत भ्रमणबारे रास्वपालाई समेत औपचारिक जानकारी गराइएको छैन भने निर्णय समेत गरेको देखिन्न। अझं, यस्ता भ्रमणमा परराष्ट्रमन्त्रालयलाई जानकारी गराउनुपर्ने हुन्छ। यो विषय समेत रविले जानकारी दिएको देखिन्न।
रास्वपाभित्र रवि पक्षकै शिशिर खनाल परराष्ट्रमन्त्री बनेको बेला रविले गर्न थालेको भ्रमणको आन्तरिक सल्लाह चलिरहेपनि औपचारिक जानकारी नदिनुले रास्वपाभित्र वालेन्द्र पक्षले शंकाको दृष्टीले हेर्न खोजेको बताइन्छ।
प्रधानमन्त्रीले प्रोटोकल नै निर्माण गरेर कडाई गरेको बेला सभापतिले पार्टीलाई जानकारी नै नदिई भारत जान खोज्नुलाई अर्थपूर्ण मान्नुपर्ने मत देखिन्छ। उसोतः रास्वपामा वालेन्द्रको प्रतिनिधित्व महामन्त्री मनोनयन भएका भुपदेव शाहले गरिरहेका छन्। तर, रविको शैलीले रास्वपाभित्र चर्चा र तनाव भने चुलिन पुगेको छ।
के भन्छन विज्ञ ?
रवि लामिछानेको भारत भ्रमण पार्टीगत हो वा व्यक्तिगत? दुई देशबीचको सीमा विवाद चर्किएको बेला प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण रोकिएको अवस्थामा छ। भ्रमणको निमन्त्रणा प्राप्त गरेपनि भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित भएपछि देखिएको अन्योलताकाबीच रविको भ्रमणलाई पनि नजिकबाट हेर्ने अवस्था बन्न पुगेको छ।
भारत–नेपाल सम्बन्धका अनेक उतारचढावकाबीच देखिएको संकट समाधान हुने गरि भ्रमण हुनुपर्नेमा कुटनीतिलाई हल्का ढंगले लिदा त्यसले गहिरो प्रभाव पार्न सक्ने भन्दै विज्ञहरुले भने औचित्यमाथि प्रश्न गरिरहेका छन्। रुलिङ पार्टीको सभापतिले गर्ने भ्रमण राष्ट्रलाई सार्वजनिक जानकारी गराएर प्रष्ट एजेण्डासहित जानुपर्नेमा समेत मत व्यक्त हुन थालेको छ।
भारत–नेपाल सम्बन्ध र भूमिका
भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप, सहयोग र समन्वयकारी भूमिका निर्वाह पहिलेदेखि नै गर्दै आएको देखिन्छ। २००७ सालमा पनि तत्कालीन राजा त्रिभुवन शाह भारत पुगेका थिए। जहाँ राणा शासन अन्त्यका लागि राजा, नेपाली कांग्रेस र राणाबीचको वार्ताको समन्वय भारतले गरेको थियो।
यस्तै, भारतले नेपालका महत्वपूर्ण परिवर्तनका घटनामा समेत प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने गरेको देखिन्छ। २०४७ को आन्दोलन होस वा माओवादी युद्धपछिको विस्तृत शान्ति सम्झौता नै किन नहोस, भारतले आफ्नो प्रभुत्व देखाउने गरेको छ।
तत्कालीन प्रधानमन्त्री पन्दिरा गान्धिले नेपाललाई नाकाबन्दी नै लगाउने घटना होस वा मोदीले अघोषित रुपमा लगाएको नाकाबन्दी नै किन नहोस, नेपालले भारतसंगको टकरावका कारण संकट व्यहोरेका तथ्य लुकेका छैनन्। यस्तो अवस्थामा पछिल्लो समय पनि भारत सीमा विवादका कारण नेपालसंग सन्तुष्ट देखिन्न।
रास्वपा सरकारले पनि लिपुलेक, लिम्पियाधुराबारे आफ्नो अडान राखेपछि दुई देशबीच वक्तव्य वार नै चलेको थियो। यहि परिदृश्यमा रविको भारत भ्रमण पनि चासोमा देखिन्छ। जसकारण रविको भारत भ्रमणबारेको विवाद रास्वपाभित्र सल्किएको छ भने यसले दुई देशबीचको सम्बन्धका बारेमा समेत नयाँ आयाम दिनुपर्ने मत बलियो बन्दै गएको छ।
