News 24 Television
सरकारी अनुदानले किसानलाई राहत, प्रविधिमैत्री खेतीमा छलाङ

मुगु । हिमाली जिल्ला मुगुका कृषकहरूले आधुनिक कृषि प्रविधि अपनाउँदै परम्परागत गोरु जोत्न छोडेर हाते ट्याक्टर तथा उपकरण प्रयोग गर्न थालेका छन् । सरकारी अनुदानले कृषि औजार प्रयोग गर्ने कृषक संख्या बढ्दै गएको हो । 

हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुँदै गोरु छाडेर हाते ट्याक्टर प्रयोग गर्न थालेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपकरण उपलब्ध भएपछि खत्याड क्षेत्रमा यसको प्रयोग बढेको छ ।

खर्च र जनशक्ति कम लाग्ने भएकाले आधुनिक उपकरणप्रति आकर्षण बढेको कृषकहरूको भनाइ छ । 

कार्यालयको आर्थिक वर्ष २०८२\८३ को वार्षिक कार्यक्रममा १० लाख बजेट अन्तरगत कृषि यान्त्रीकरण कार्यक्रम अनुसार कार्यालयबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणहरु वितरण गरिएको हो । 

मुगुमा मिनी टेलर, कम्बाइन मिल, चाप कटर, झार काट्ने मेसिन, डिजिटल तराजु र बोरा सिलाउने मेसिनसहित ३० वटा उपकरण तथा ४५ आरसीकेचर मेसिन वितरण गरिएको छ । माग बढेपनि सीमित बजेटका कारण सबैको माग पूरा गर्न नसकिएको कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख तेज विक्रम मल्लले बताए । 

कृषकलाई उपकरण मर्मत तथा सम्भार सम्बन्धि तालिम, गोष्टी र अनुदानमा उपकरण भईदिएमा अझ अन्न उत्पादनमा बृद्घि हुने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update