News 24 Television
नियमावली मिच्दै सभामुख र सरकार, विपक्षीका प्रश्नदेखि जवाफमा नोकझोकसम्म

काठमाडौं । प्रतिनिधिसभाको नियमावलीले प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अभ्यासको शुरुवात गएको संसदले शुरु ग¥यो। संसदमा प्रधानमन्त्रीले जवाफ दिने र ती प्रश्न गर्न १५ सांसदलाई दिने भनियो।

यहि नियमावलीको व्यवस्थामा टेकेर गर्नुपर्ने प्रश्नोत्तर कार्यक्रम रास्वपा सरकारको पालामा मिचियो। संसदले निर्माण गरेको नियमावलीको पालना गर्न सत्तापक्ष र सभामुख नै तयार नहुँदा संसदमा रोचक पौठेजोरी चलिरहेको देखिन्छ । 

प्रधानमन्त्री वालेन्द्र शाहले परिपक्कता देखान नसक्दा संसदमा तनाव देखिन थालेको छ। संसद नियमावलीका प्रावधान देखाउदै सभामुखले संसद सञ्चालन गरिरहेको बेला प्रधानमन्त्रीले भने नियमावलीको पालना गरेनन्। 

प्रश्नोत्तर कार्यक्रमलाई जनतातर्फ लैजानुपर्ने भन्दै राखिएको व्यवस्था स्मरण गराएर नेकपाका सांसद वर्षमान पुनले यसको औचित्य, आवश्यकताबारे संसदमा कुरा राखे भने राष्ट्रिय प्रजातन्त्र पार्टीले नियमावलीका व्यवस्था पढाउनका लागि सरकारी कर्मचारीलाई निर्देशन दिनुपर्ने भन्दै व्यङ्ग्य कस्यो। 

उसोतः वालेन्द्र शाहले हात उठाएर संसदमा समय माग गरेका थिए। जुन कुरा संसदीय परम्परामा प्रधानमन्त्रीको हैसियतमा स्वभाविक थियो? प्रश्न र चासो देखिन्छ।

प्रधानमन्त्रीले समय मागेपछि सभामुखले पनि समय दिए। यसरी हात उठाएर प्रधानमन्त्रीले समय माग्ने प्रचलन भने नयाँ अभ्यास नै देखिन्छ। उसोत. त्यसपछि सभामुखले संसदमा प्रश्नोत्तरसम्बन्धि कार्यसूची अघि बढाउने काम गरे।

नियमावलीविपरित समय दिइएपछि प्रतिपक्षी दलले संसदको नियमावलीका व्यवस्था सम्झाउन थाले। प्रश्न उठाइएपछि सभामुखले नियमावलीमा व्यवस्था नै नभएको भन्दै झुठो बोलिदिए। सभामुखले नियमावलीमा गरेको छेडखानीमा राप्रपाले प्रश्न उठायो। संसदमा नियमावली पढाउनुपर्ने भन्यो।

यसरी तनावकाबीच चलेको प्रश्नोत्तर भने रोचक देखिन्छ। दलीय आधारमा प्रश्न गर्ने अवसर दिदा प्रधानमन्त्रीले दिएका जवाफले विवाद भने शुरु भइसकेको छ। जसमा सोधिएका प्रश्नको जवाफमा वालेन्द्रले जवाफ दिदा समय लाग्ने, सुशासन वर्षको रुपमा पहिलो वर्षलाई लिएको जस्ता जवाफ दिएका थिए।

संसदमा जवाफ दिएपछि भने उनी संसदबाट बाहिरिए। संसदमा सांसदका प्रश्नको जवाफ दिएपछि उनी आफ्नो सिटमा जानुको सट्टा सिधै बाहिरिन पुगे। उसोतः उनी संसदमा यस्तै शैलीमा पुग्ने र बाहिरिने गर्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update