News 24 Television
सीमा विवाद ढोल बजाएर समाधान हुन्नः रवि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । विमानस्थलमा उनले भ्रमण उपलब्धिमूलक भएको बताउँदै सीमा विवाद कूटनीतिक विषय भएको र ढोल बजाएर समाधान नहुने प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसमक्ष संक्षित प्रतिmक्रिया दिदए उनेल भेटघाट र राजनीतिक उद्देश्यबारे पनि प्रष्ट पारे । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणलाई उपलब्धिमूलक’ भएको बताएका छन् । पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले भ्रमणको उद्देश्य, भेटघाट र आगामी राजनीतिक योजनाबारे प्रष्ट पारे । उनले भ्रमणको मुख्य उद्देश्य सम्बन्ध विस्तार र विभिन्न पक्षसँग छलफल रहेको बताए ।

सञ्चारकर्मीको प्रश्नमा उनले भारतीय पक्षहरुसँग पारदर्शी ढंगले भेट गरेको बताए । उनले राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग शिष्टाचार भेट भएको उल्लेख गरे । भ्रमणबाट आपसी समझदारी र सहकार्यको वातावरण बनेको उनले दाबी गरे । सीमा विवादको बारेमा सोधिएको प्रश्नमा कुटनीतिक विषय भएको र ढोल बजाएर समाधान नहुने तर्क राखे । 

भारत भ्रमण लगत्तै उनले प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्ने हल्ला छ नी भन्ने प्रश्नको समेत सामना गरे । यसले उनले चुनाव अघि जे प्रतिबद्धता थियो त्यसमा आफु अडिग रहेको जवाफ दिए । विभिन्न आरोप तथा राजनीतिक टीकाटिप्पणीबारे प्रश्नमा उनले कानुनी प्रक्रिया र पारदर्शितामा विश्वास राख्ने प्रतिक्रिया दिएका छन् । 

उनले भारत भ्रमणलाई व्यक्तिगत र राजनीतिक दुवै दृष्टिले उपयोगी अनुभव भएको पनि दोहो¥याए । लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । सञ्चारकर्मीहरूसँग उनले छोटो प्रश्नोत्तर गर्दै समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update