News 24 Television
रोनाल्डोको फुटबल जीवनकै महत्वपूर्ण मोड बन्दै विश्वकप, ट्रफी दबाब किन ?

काठमाडौं । फिफा विश्वकप सन् २०२६ आउन आउन ५ दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट प्रतियोगिता सुरु हुँदैछ । विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् । 

विश्वकपमा पोर्चुगलको टोलीको विशेषता र उपाधी जित्ने सम्भावना कस्ता छन?  खेलाडीहरुको अवस्था र उनीहरुको मनोविज्ञान कस्तो रहला ? 

सन् २०२६ को फिफा विश्वकको उपाधी दाबेदार टोली मध्यको एक हो, पोर्चुगल । विश्वकपको ९६ बर्षीय इतिहासमा पोर्चुगल उपाधीविहिन छ । २३ औँ संस्करणको विश्वकप उपाधी आफ्नो नाममा गर्ने यो टोलीको रणनीति छ । सुपरस्टार कप्तान तथा भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ४० बर्षको उमेरमा नयाँ इतिहास रच्न चाहान्छन् । 

मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले पनि आधुनिक विश्व फुटबलका सुपरस्टार रोनाल्डोको सपना साकार पार्ने टोलीको घोषणा गरेका छन् । तर त्यति सजिलो भने छैन् । विश्वस्तरीय मिडफिल्ड र सन्तुलित फरवार्ड लाइनले ट्रफी चुम्ने आशा यो टोलीले राख्छ । 

समर्थकमा पनि पोर्चुगल च्याम्पियन बनिदिए हुन्थ्यो भन्नेमा छन् । समुह ‘के’मा परेको यो राष्ट्र नयाँ इतिहास रच्न सक्ला आउनुहोस् चर्चा गरौँ ।

सुरुमा पोर्चुगलको टोली कस्तो छ ?

गोलकिपर 

डियोगो कोस्टा, जोसे सा, रुई सिल्वा र रिकार्डी भेल्हो

डिफेन्डर 

डियागो डालोट, म्याथ्युस नुनेज, नेल्सन सेमेडो, जोआओ कान्सेलो, नुनो मेन्डिस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डियाज र थोमस अराउजो

मिडफिल्ड

रुबेन नेभेस, स्यामुएल कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बर्नानर्डाे शिल्भा

फरवार्ड

क्रिस्टियानो रोनाल्डो(कप्तान), जोआओ फेलिक्स, गोन्सालो रामोस, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइकाओ, पेड्रो नेटो, राफेल लियो र गोन्सालो गुडेस

विश्वकपमा पोर्चुगलले खेल्ने समुह चरणका खेलहरु 

पोर्चुगल पहिलो खेलः डीआर कङ्गोविरुद्ध  

मितिः २०८३ असार ३ गते (१७ जुन २०२६)

समयः राती १०ः४५ बजे

स्थानः एनआरजी स्टेडियम, ह्युस्टन (टेक्सस)

पोर्चुगलको दोस्रो खेलः उज्वेकिस्तानविरुद्ध 

मितिः २०८३ असार ९ गते (२३ जुन २०२६)

समयः राती १०ः४५ बजे

स्थानः एनआरजी स्टेडियम, ह्युस्टन (टेक्सस)

पोर्चुगलको तेस्रो खेलः कोलम्बियाविरुद्ध
 
मितिः २०८३ असार १४ गते (२८ जुन २०२६)

समयः बिहान ५ः१५ बजे

स्थानः मियामी स्टेडियम, फ्लोरिडा

पोर्चुगलको बलियो पक्ष के ? 

बलियो मिडफिल्ड लाइन

पोर्चुगलको सबैभन्दा बलियो पक्ष भनेको मिडफिल्ड लाइन हो । भिटिन्हा, ब्रुनो फर्नान्डेज, जोआओ नेभेस, र बर्नार्डाे सिल्भा जस्ता अनुभवी र उत्कृष्ट खेलाडी यो टोलीका मुख्य हतियार हुन् । यहि उत्कृष्ट पक्षमा टेकेर पोर्चुगलले विश्वकपमा पासा पल्टाउन सक्छ । रक्षापंक्ति र अग्रपंक्तिसंग समन्वय र आवश्यक परेका बेला गोल निकाल्न सक्ने खुबी यी खेलाडीसंग छ । 

सुपरस्टार रोनाल्डोको अनुभव

पोर्चुगलका कप्तान समेत रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो मुख्य हतियार हुन् । छैँटौँ पटक फिफा विश्वकप खेल्ने खेलाडीको रेकर्ड नजिक पुगेका रोनाल्डोसंग भरपुर अनुभव छ । 

उनी फुटबल इतिहासमै अन्र्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । अझ युरोप हुँदै साउदीसम्मको व्यावसायीक फुटबलको अनुभव उनीसंग छ । उनकै सानदार प्रर्दशनमा पोर्चुगलले च्याम्पियन हुने सम्भावना राख्छ । 
 
कमजोर पक्ष के ? 

रोनाल्डोमा निर्भर 

युरोपेली फुटलको बलियो टोली पोर्चुगल पुर्ण रुपमा रोनाल्डोमा निर्भर छ । उमेरले ४० पुगेका रोनाल्डो शारीरिक अथस्थाले पनि कति साथ दिन्छ भन्ने प्रश्नहरु छन्। 

उसोतः रोनाल्डो बढ्दो उमेर र विश्वकप ट्रफी उचाल्नुपर्ने नैतिक दबाबमा छन् । साथमा, जोआओ फेलिक्स, राफेल लियो र गोन्सालो गुडेस जस्ता सहकर्मी भएपनि भरपर्दाै देखिदैन् । यसकारण पोर्चुगल रोनाल्डामै निर्भर देखिएको छ । 

कमजोर रक्षा र अग्रपंक्ती, खराब इतिहास

विश्वकपमा पोर्चुगलको खराब इतिहास रहेको छ । सन् १९६६ यता सेमिफाइनल पुग्न सकेको छैन् । नकआउट चरणमा यो टोली सधैँ हारको सामना गरिरहेको देखिन्छ । अझ यसपटकको टोलीको रक्षापंक्ती र फरवार्ड लाइन निकै कमजोर देखिएको छ । डिफेन्डर पेपेको सन्यासले अभाव खट्किने देखिन्छ । साथै, रोनाल्डोसंग फरवार्ड लाइनमा राम्रो साझेदारी गर्ने डिओगो जोटाको अभाव हुनेछ । फर्वाडर जोटाको सडक दुर्घटनामा परी निधन भएको थियो । जुन अभावले टोलीलाई प्रभाव पार्नसक्छ ।

विश्वकप जित्ने रोनाल्डोलाई अन्तिम अवसर, धेरै रेकर्ड नजिक

आधुनिक विश्व फुटबलको लेजेण्ड बन्न एक कदम टाढा छन्, रोनाल्डो । त्यो, हो फिफा विश्वकप ट्रफी । पोर्चुगलका लागि २२७ खेल खेल्दै १४३ गोल गरिसकेका उनी पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने र धेरै गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । विश्वकपमा २२ खेलमा ८ गोल उनको नाममा छ ।  यो विश्वकपमा रोनाल्डोले राख्ने केहि रकेर्डहरु यस्ता छन् ।

–६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी–उसो त अर्जेन्टिनाका लियोनेल मेस्सीले पनि यो रकेर्ड राख्ने छन् । 

–६ विश्वकप गोल गर्ने रकेर्ड– यसअघि उनले खेलेका पाँचै विश्वकपमा गोल गरेका छन् ।

–सबै भन्दाबढि उमेरको गोलकर्ता– विश्वकप इतिहासमा क्यामरुनका रोजर मिला (४२ वर्ष ३९ दिन) पछि विश्वकप इतिहासकै दोस्रो सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बन्नेछन् । 

–पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा बढि गोल– रोनाल्डोले विश्वकपमा ८ गोल गरेका छन् । पोर्चुगलबाट सर्वाधिक गोल गर्ने खेलाडीमा युसेबियाले ९ गोल गरेका छन् । उनले दुई गोल गरे भने आफ्नो नाममा नयाँ रेकर्ड राख्नेछन् । 

पोर्चुगलको ठूला अन्तर्राष्ट्रिय उपाधीहरू

रोनाल्डाको कप्तानीमा पोर्चुगलले तीन वटा ठुला अन्र्राष्ट्रिय उपाधी जितेको छ । सन् २०१६ मा युरोकप, फ्रान्सको आयोजनामा भएको प्रतियोगितामा फ्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो ।  

पोर्चुगलले ऐतिहासिक रुपमा पहिलो पटक युरोकप जितेको इतिहास छ । यस्तै, दुई पटक युइएफए नेसन्स लिग, सन् २०१९ पहिलो संस्करणको प्रतियोगितामा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै पोर्चुगलले उपाधी चुमेको थियो । सन् २०२५ मा पुनः च्याम्पियन बनेको पोर्चुगलले फाइनलमा स्पेनलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै दोस्रोपटक नेसन्स लिगको ट्रफी जितेको थियो । पोर्चुगल यो प्रतियोगिता दुई पटक जित्ने पहिलो राष्ट्र समेत हो । 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update