काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा एउटा अनौठो पोस्ट गरे। जहाँ उनले केहिदिन पहिले नेपाल सरकारका सचिव कृष्णहरी पुस्करले पठाएको सन्देशलाई व्यङ्ग्य गर्न गरिएको अनुमान गरिएको छ। तर, प्रधानमन्त्रीको ओहोदा, मर्यादा र शैली यसरी नै अघि बढ्नुपर्ने हो? गम्भिर बहस सिर्जना भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले शनिवार एउटा सामाजिक सञ्जालमा पोस्ट सेयर गरे। जसमा उनले रोमनबाट लेखेका छन्, ’मलाई पनि एम्ब्सेडर बन्न मन छ। पीएमको नम्बर छ भने यसो दिनुस न।’ त्यसपछि उनको पोस्टमा सरकारमा मन्त्री, सल्लाहकार र धेरैको टिप्पणी शुरु भयो।
जसमा शिक्षामन्त्री सस्मित पोखरेलले टिप्पणी गरेका छन्म ’म्यासेज गर्दिम’? यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहले भनेका छन्, म भन्दिउला पीएमलाई।’ यसरी चलिरहेका प्रतिक्रियाकाबीच प्रधानमन्त्री वालेन्द्रको राजनीतिक उचाई निर्माण गर्न सहयोग गरेका भिक्टर पौडेलले उनै सचिव पुस्करलाई इंगित गर्दै लेखे, ’ नाई फेरि उठाउन आउला पुलिस।’ यसरी चलेको ठट्टालाई धेरैले आश्चार्यको रुपमा लिएका छन्।
वालेन्द्र शाहका समर्थकले यसलाई खुब रोचक ढंगले पेश गरेपनि धेरेले यसलाई पदीय मर्यादा र गरिमाबाहिरको विषय भनिरहेका छन्। प्रधानमन्त्रीको तहबाट यसरी टिप्पणी गर्नु कति जायज? प्रश्नहरु उठाइएका छन्।
सचिवले सीमा मिच्दा नियन्त्रण
उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरी पुस्कर वालेन्द्र शाहकै गृहजिल्ला महोत्तरीका हुन्। उनले वालेन्द्रलाई सचिवको कार्यकाल सकिन लागेको भन्दै सकेसम्म मुख्यसचिव नभए राजदूत भएपनि बन्ने इच्छा जाहेर गरेका छन्।
जुन कुरा सचिवले पदीय मर्यादाबाहिर पुगेर म्यासेज गरेको देखिन्छ। जुन विषयमा वालेन्द्र शाहले प्रहरीलाई निर्देशन नै दिएर नियन्त्रणमा लिई केरकार नै गरे। यद्यपी प्रहरीले मुद्दा चलाउने आधार खोज्दा नभेट्टाएपछि कानूनी परामर्श समेत गरिरहेको बताइन्छ। यस्तो बेला प्रधानमन्त्रीले कर्मचारीतन्त्रकै हुर्मत लिने गरि गरेको मजाकले धेरैलाई आश्चार्यमा पारेको देखिन्छ भने कर्मचारीको मनोबल समेत गिर्ने टिप्पणी शुरु भएका छन्।
मर्यादा खोई ?
प्रधानमन्त्री पनि साधारण जीवन जिउन पाउनुपर्छ भन्ने तर्कबाहेक प्रधानमन्त्रीका निश्चित मर्यादा, मापदण्ड र आचरण हुन्छन्। जुन कुरा वालेन्द्रले प्रवाह गर्ने गरेको देखिन्न। प्रधानमन्त्रीबाट बाहिर जाने सन्देश वा विचारले देशमै भाष्य निर्माण हुने अवस्था रहन्छ भने विदेशीले पनि यहि नजरबाट हेर्ने गर्छन्।
शासकले सामान्य जीवन जिउन पाउने कुरा र मर्यादाको विषय फरक भएकाले प्रधानमन्त्रीको पदीय मर्यादा, ओहोदाको ख्याल र समग्रतामा राष्ट्रको प्रतिनिधित्व पनि हुने भएकाले संयमताको खोजी भने देखिन्छ। केहिले भने वालेन्द्रको यो टिप्पणीलाई ठट्टाको रुपमा लिदै रमाइलो गरिरहेका छन्। तर, विज्ञदेखि धेरैले आलोचना गरिरहेको देखिन्छ।
