काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चार दिने चीन भ्रमणमा मन्त्री खनाल जाने भएका छन् । केहिदिन पहिलेमात्रै भारत भ्रमण गरेका मन्त्री खनाल चीन जाने भएपछि यसबारेका चर्चा शुरु भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन्। विनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन भ्रमणमा जान लागेका मन्त्री खनालले यीसंग औपचारिक भेट गर्नेछन्। भने चिनियाँ उच्चअधिकारीहरुसंग समेत भेट्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ।
मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणबारे औपचारिक जानकारी दिदै चार दिने भ्रमण हुने जनाएको छ । उनी जेठ ३ गते नेपाल फर्किनेछन्। चीन भ्रमणको क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत सहभागीता जनाउनेछन्। वैदेशिक लगानी भित्र्याउने गरि सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ।
जसमा चिनियाँ उद्यमीहरुको सहभागीता हुने दूतावासले जनाएको छ। यतिमात्रै नभई दूतावासमा नेपाली समूदायसंग समेत मन्त्री खनालले अन्तरक्रिया गर्ने र जेठ ३ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ।
संसदमा प्रश्न
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको पुर्वसन्ध्यामा संसदमा समेत चासो देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्री खनालको चीन भ्रमणको क्रममा सीमा विवादबारे प्रश्न गर्ने र नेपालकोतर्फबाट कुरा राख्नुपर्ने भनिएको छ। भारत भ्रमणको क्रममा मन्त्री खनालले सीमा विवादबारे औपचारिक रुपमा विषय प्रवेश भने गराएका थिएनन्। यहि विषयमा राप्रपाले मन्त्री खनालको ध्याणाकर्षण गराएको छ।
राप्रपाले यसरी संसदमा प्रश्न उठाएपनि मन्त्री खनालले भारतीय सञ्चार माध्यम र दिल्लीस्थित नेपाली दूतावासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रष्ट पारेका थिए। चीन भ्रमणको क्रममा समेत मन्त्री खनाललाई यी क्षेत्रमा दुई देशले सम्झौता गर्दै गर्ने गरेका व्यवहारमा ध्याणाकर्षण गराउनुपर्ने बाध्यता आइलाग्ने देखिन्छ।
छिमेकी चासो र कुटनीतिक चातुर्यता
नेपालका दुई छिमेकी भारत र चीनले चासो देखाइरहेका छन्। जसमा भारतले देखाएको सक्रियतामा चीनले पनि परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण गराएर सन्देश दिन खोजेको देखिन्छ। यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी दुतहरुसंग गरिरहेको सम्वाद र परराष्ट्र मामलामा विरलै गरिने भेट समेत गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत समेत रहेका भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरलाई भारतमा पनि भेटे। भारतको निमन्त्रणामा औपचारिक भ्रमणमा निस्किदा यसरी अर्को देशको राजदूतलाई भेट्ने सामान्यतया परराष्ट्र क्षेत्रमा हुने गरेको देखिन्न।
यहि दृश्यलाई समेत नजिकबाट हेरिरहेको चीनले मन्त्री खनालको भ्रमणलाई प्राथमिकतामा राख्ने निश्चित देखिन्छ। यस्तोमा मन्त्री खनालको भ्रमण कुटनीतिक दृष्टीले समेत चासो र चातुर्यताका निम्ति अग्रसर बन्नैपर्ने दबाबमा हुनेछ।
