काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवादमा सभापति रवि लामिछानेले स्वीकारोक्तिसहित सडकमा तमासा नदेखाउन निर्देशन नै जारी गरे । रास्वपामा नेतृत्वको रस्साकस्सी चर्किएपछि स्थिति फरक बन्न पुग्यो। जसकारण पनि रास्वपा नेता कार्यकर्तालाई सभापति लामिछानेले निर्देशनात्मक अपिल गर्नुपर्ने स्थिति बन्न पुग्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वका लागि ठूलो रस्साकस्सी चर्किएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछिमात्रै पदाधिकारी वा अन्य क्षेत्रमा प्रतिष्पर्धा गर्न पाइने भएपछि नेताहरुले गुट निर्माणको खतरा बढ्यो। जसकारण रविले यस्तो विषयले पार्टीलाई क्षति पुग्ने भन्दै एकताबद्ध हुन आह्वान नै गर्ने स्थिति बन्यो ।
महाधिवेशनको बन्दसत्रमा देखिएको समस्या सुल्झाउन लामो समय कुर्ने स्थिति बनेपछि सभापति रवि लामिछानेले पार्टीमा विवाद रहेको विषय समेत स्वीकार गरे। यसपछि रविले निर्देशन दिदै बन्द कोठाभित्र विवाद सुल्झाउन भने।
नेतृत्वका लागि रास्वपाले जटिल स्थिति निर्माण गरेको छ। जसअनुसार प्रस्ताव र समर्थक बनेका उम्मेदवार बन्न नपाउने, प्रस्ताव समर्थकको संख्यामा ठूलो संख्या चाहिने जस्ता विषय राखेर जटिल स्थिति निर्माण गरेपनि अवस्था विवादमै देखिन्छ। जसकारण पनि रास्वपाले निर्वाचन नै रोज्ने स्थिति बन्यो।
ज–जसलाई भोट हालेपनि हुने भन्दै रविले दिएको यहि सन्देशले प्रष्ट संकेत गरिरहेको छ, विवाद बढेको छ। चुनौती थपिएका छन्। तर, उनीहरुले यसलाई समाधानमा लैजाना प्रयास भने रोचक ढंगले गरेको देखिन्छ। यता, रविले प्रतिनिधि शुल्कमा समेत नयाँ ब्रेक दिएका छन्। रविले शुल्क फिर्ता लिन सकिने समेत जिकिर गरेका छन्। जबकी प्रतिनिधि विवाद सुल्झिएपछि रास्वपाको महाधिवेशन अघि बढेको देखिन्छ।
रास्वपाभित्रको आन्तरिक राजनीतिक संघर्ष चर्किन पुगेको देखिन्छ। यद्यपी सभापति रविलाई शक्तिशाली बनाइएको छ। उनले मनोनित गर्ने संख्या समेत उल्लेख्य रहेका कारण पनि रास्वपाको राजनीतिक तराजु रविले चाहेको पोल्टामा पर्नेमा शंका देखिन्न। यसकारण रास्वपाको प्रथम महाधिवेशनबाट आउने नेताहरुको विषयले धेरै कुरा खुलाउने विश्वास देखिन्छ।
