News 24 Television
रास्वपा निर्वाचनको वैधतामा प्रश्न, त्रुटी भन्दै दुई केन्द्रीय सदस्य गायब, बुधबार विशेष बन्दै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन वैधानिकताको प्रश्नमा अल्झिएको छ । यतिमात्रै नभई निर्वाचन आयोगले गरेको त्रुटीका कारण पनि विवाद बढेको छ। उसोतः रास्वपाले नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई बुधबार सपथ गराउने तयारी गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा सम्पन्न ग¥यो। चितवनमा सम्पन्न भएको महाधिवेशनको हकमा वैधानिकताको प्रश्न समेत उठेको छ। महाधिवेशन प्रतिनिधिले पदाधिकारी चुन्न मतदानमा देखाएको अरुचीलाई लिएर प्रश्न उठिरहेका छन भने पार्टी सभापति रवि लामिछानेले नै पदाधिकारी चयनमा मतदान गरेनन्। 

उसोतः वरिष्ठ नेता भनिएका वालेन्द्र शाहले त झन केन्द्रीय सदस्य र पदाधिकारी कसैलाई पनि मतदान गरेनन्। यसरी हेर्दा पदाधिकारीमा प्रतिनिधिको ३० प्रतिशतभन्दा पनि कमले मतदान गरेकाले धेरैले यसलाई वैधानिकताको प्रश्नले हेरिरहेका छन्।

यसलाई वैध मान्न नसकिने तर्क गरिरहेका छन्। जुन कुरा निर्वाचन आयोगले उजुरी आएमा आवश्यक निर्णय लिनुपर्ने हुन्छ। त्यसअघि रास्वपाले निर्वाचन आयोगमा अद्यावधिक विवरण आयोगमा बुझाएपछि मात्रै प्रक्रिया अघि बढ्नेछ।

रास्वपा निर्वाचन आयोगको त्रुटी

रास्वपाले केन्द्रीय सदस्यको निर्वाचन गरायो। निर्वाचन आयोगले निर्वाचित घोषणा गरेका कृष्णमान श्रेष्ठ र सोम शर्माको हकमा निर्णय सच्याएको जिकिर गरेको छ। श्रेष्ठ र शर्माले निर्वाचित भएको भन्दै बधाईदेखि राजनीतिक रुपमा धेरै अघि बढिसकेपछि आयोगले श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगर र शर्माको ठाउँमा पुजा बास्तोलालाई निर्वाचित भएको भन्दै निर्णय सच्याएको छ। यो निर्णयले श्रेष्ठ र शर्माले उजुरी दिएका छन्। उनीहरुले आफुलाई अन्याय भएको भन्दै ध्याणाकर्षण समेत गराएका छन्। उसोतः बास्तोलाले आफ्नो बढी मत हुँदा पनि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा नगरिएकामा आपत्ति जनाउँदै आयोगमा उजुरी दिएकी थिइन् । आयोगले त्रुटी भएको भन्दै निर्णय सच्याएको जिकिर गरेको छ।

सपथ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रिय सदस्यहरुको सपथ बुधबार हुने भएको छ। रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बिहान ११ बजेदेखि सपथ हुने जनाइएको छ। सपथसंगै रास्वपा सभापति रवि लामिछानेले केहि केन्द्रीय सदस्यको मनोनयन र केहि पदाधिकारी समेत मनोनयन गर्न सक्ने बताइएको छ। पदाधिकारी मनोनयन गर्ने विषयमा समाधान र सहमतिका निम्ति रविले प्रयास गरिरहेको बताइन्छ। यद्यपी पदाधिकारी मनोनयन गर्न कठिन हुने देखिएपनि उनले पार्टी प्रवक्ता र कोषाध्यक्ष मनोनयन गर्ने गरि तयारी गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update