News 24 Television
गगन दृढ, पूर्णबहादुर बाटो बनाउदैः विभाजन कि एकता? विपक्षीले पनि दिएको सुझाव के ?

काठमाडौं । नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ। संस्थापन पक्षले इतरपक्षलाई वास्ता नगरेको भन्दै चर्किएको विवाद अल्टिमेटम, चेतावनी, भेला जस्ता विषयमा पुगेको छ। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विभाजनको तयारी देखिएपनि यसमा शेखर कोइराला लगातयका नेताहरु पनि सहभागी हुने ठानिएको छ। 

नेपाली कांग्रेसको एकता विशेष महाधिवेशनको मान्यतापछि चर्किएको छ। नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले विशेष महाधिवेशनलाई षडयन्त्र भन्दै आएका छन। उनीहरुले सर्वोच्च अदालतको आदेशपछि पनि पूर्णसुनुवाईका लागि अदालत जाने तयारी गरेका थिए। तर, यो विषयमा पछि हट्दै एकताको प्रयास गर्ने भनेपनि पार्टी सभापति गगन थापाले एकताका निम्ति ठोस काम नगरेको आरोप उनीहरुको देखिन्छ। 

यस्तोमा असार २२ गते राष्ट्रिय भेलाको तयारी तीब्र पारिएको छ। भेलाको मिति तोक्न भन्दै कांग्रेको इतरपक्षले असार २२ गते बैठकले तय गर्ने भनिरहेको देखिन्छ। 

पार्टीमा क्रियाशिल सदस्यता विवादका कारण पनि एकताको सम्भावना क्षीण बनेको उनीहरुको निष्कर्ष देखिन्छ। कांग्रेस नेता पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकालेको देखिन्छ।

क्रियाशील सदस्यता विवादमा गगन थापाले पहिले आफू संयोजक हुँदा गरेको सदस्यता नविकरणलाई मान्यता नदिने र नयाँ तरिकाले अघि बढ्न खोज्दा समस्या भएको उनीहरुको बुझाई देखिन्छ। पुराना नविकरण भएकालाई मान्यता दिने र नयाँ थप्ने कुरामा कुनै असहमति रहेको नेताहरुको जिकिर छ। यस्तोमा क्रमागत रुपमा प्रदेश भेलापछि राष्ट्रिय भेला हुने नेताहरुको जिकिर देखिन्छ।

उसोतः बस्नेतले पार्टी सभापति गगन थापादेखि अन्य नेताहरुलाई चटकेको संज्ञा समेत दिए। यता, अर्का नेता विजयकुमार गच्छदार भने वृहत्तर एकताका निम्ति पहल गर्नुपर्ने जिकिर देखिन्छ। 

कांग्रेसभित्रको आन्तरिक विवाद फुटतर्फ देखिन्छ। इतरपक्षले विभाजनका निम्ति अन्तिम तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी ओलीले पनि कांग्रेस फुटेको भन्दै यसलाई बाह्य षडयन्त्रको संज्ञा दिएका छन्।

लोकतान्त्रिक शक्तिहरु मिल्नुपर्ने भन्दै केहि नेताहरुले भनिरहेका छन्। कांग्रेस वामपन्थीको सहकार्य हुनुपर्ने भनिरहेको सन्दर्भमा कांग्रेस विभाजनको तयारी तीब्र हुनुलाई अर्थपूर्ण ठानिएको छ। उसोतः कांग्रेस–एमालेभित्र चलिरहेको विवाद सुल्झाउनुपर्ने भन्दै रास्वपा सभापति रवि लामिछानेले पनि फुटको संकेत भने प्रष्ट ढंगले गरेको देखिन्छ। 

विभाजनको तयारीमा भने तलदेखि माथिसम्म नै गम्भीर आरोप–प्रत्यारोप र तयारी भएको देखिन्छ। कांग्रेसका केहि नेताहरुले त विशेष महाधिवेशनबाट गगन थापाले कांग्रेसको नेतृत्व नपाएको भए रास्वपाको नेतृत्व गर्न पुग्थे समेत भनिरहेका छन्।

कांग्रेसको आन्तरिक विवाद झांगिएकोमा शंका छैन्। तर, विवादको समाधान सहजै होला? प्रश्न र शंकाहरु भने उब्जिएका छन्। तर, पार्टी सभापति गगन थापाले भने सदस्यता नविकरण विधानसम्मत भन्दै चेतावनीपूर्वक सहभागीता जनाउन भनिरहेका छन्।

पार्टी नेतृत्वमा आएपछि गगन थापाले सदस्यता नविकरणमा जोड दिदै आएका छन्। अहिले कांग्रेसभित्र देखिएको समस्या र विवाद नै यहिदेखि भएकाले विभाजनमा जाने संकेत धेरै नै बढेको देखिन्छ। 

शेखर पनि अन्टिमेटमतर्फ

कांग्रेस नेता शेखर कोइरालाले पनि उपसभापति विश्वप्रकाश शर्मालाई भेट्दै असार २५ सम्म निर्णय दिन अल्टिमेटम नै दिएका छन्। क्रियाशील सदस्यता विवाददेखि एकताका निम्ति खाका मागिरहेका कोइरालाले पनि सभापति गगन थापाले एकताका निम्ति पर्याप्त पहल नगरेको आरोप लगाउने गरेका छन्। यस्तोमा कांग्रेसको विभाजनमा शेखर पक्ष पनि सहभागी हुने सम्भावना बढ्न थालेको छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update