काठमाडौं । प्रतिनिधिसभाको बैठकमा केहि सवाल–जवाफ र केहि आक्रोश व्यक्त भइरहेका छन्। सरकारले गर्ने काममा प्रश्न उठाइरहेका प्रतिपक्षीले प्रधानमन्त्रीलाई संसदमा खोजिरहेका छन भने सभामुखले रुलिङ गर्नुपर्ने माग गरिरहेका छन्। तर, सभामुखले यसतर्फ चासो दिएका छैनन्। तर, प्रतिपक्षीमाथि भने निर्मम पेश हुन थालेका सभामुख र सरकारप्रति आक्रामक बनेका प्रतिपक्षीबीचको संसदीय लडाई भने रोचक बनिरहेको छ ।
यो बुधबारको संसद बैठकमा देखिएको दृश्य हो। सभामुखले सुन्ने धैर्यता नराखेको आरोप एमालेको छ भने सभामुखले अपमान गरिएको भन्दै अभिव्यक्ति संसदको रेकर्डबाट मेटाउन निर्देशन दिए। यसरी संसदमा विपक्षीले झण्डै दुई तिहाईको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हायलकायल बनाइरहेका छन्। कारण बन्न पुगेका छन्, प्रधानमन्त्री वालेन्द्र शाह र उनले देश बनाउने भन्दै सार्वजनिक गरेका मन्त्री सुनिल लम्साल।
गृहमन्त्री सुधन गुरुङले आफ्नो शैली फेरिसकेका छन्। जनताका गुनासाप्रति नै चनाखो बनिरहेका उनी समस्या सुन्न र कम बोल्न अघि बढेका छन्। तर, भौतिक पुर्वाधारमन्त्री लम्साल भने विवादास्पद र मन्त्रीको ओहोदाबाट नसुहाउने धम्कीका कारण संसदमा प्रश्नको सामना गरिरहेका छन्। यसरी नै प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा गएर जवाफ नदिएको भन्दै प्रतिपक्षीले प्रश्न गरिरहेका छन्। संसदमा विरोध जनाउने काम चलिरहेको छ।
संसदमा यसरी घोचपेच र आरोप–प्रत्यारोप चलिरहेको देखिन्छ। सरकारले संशदप्रतिको जवाफदेहीतामा संकुचन ल्याउने गरि गरिरहेको अभ्यासकै कारण पनि संसदमा प्रतिपक्षीको आवाज बलियो बनेको जस्तो देखिन्छ।
सुकुम्बासीदेखि अनेक प्रश्न
सुकुम्बासीबारे प्रतिनिधिसभामा प्रश्न उठिरहेका छन्। सुकुम्बासी समस्यालाई सरकारके गम्भीरतापुर्वक समाधान गर्नुपर्ने भन्दै आवाज उठिरहेका छन्।
सुकु्म्बासीदेखि अनेक विषयमा सांसदहरुले सरकारमाथि प्रश्न गरिरहेका छन्। सरकारलाई जिम्मेवार बन्न भनिरहेका छन्।
संसदमा सत्तापक्षले यस्ता प्रश्नको सामना गरिरहेको छ। प्रतिपक्षीले सरकारमाथि दबाब बढाइरहेका छन्। तर, संसदमा घोचपेच र आरोप–प्रत्यारोपको श्रृङ्खला भने बढिरहेको छ।
