News 24 Television
गणेश नेपाली मृत्युले सडकदेखि सदन तात्यो, बालेन र सुधनमाथि संकट

काठमाडौं । गणेश नेपालीले आत्मदाह प्रकरण थप पेचिलो बन्दै गएको छ । विहिबार त्रिपुरेस्वरस्थित राहदानी विभाग गेटमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । शुक्रबार विहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएपछि यो विषयमा चर्काचर्की शुरु भएको हो । 

नेपालीको मृत्युको खबर सार्वजनिक भएसँगै वीर अस्पताल प्राङ्गड र माइतघीर मण्डलमा प्रदर्शन भयो भने संसदमा सत्ता पक्ष र विपक्ष दुबै सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले पुनः एक पटक नेपाली समाजलाई झस्काएको छ । 

देशमा अहिले बेरोजगारी र मंहगीले आम नागरिक प्रताडीत बनेका छन् । तर सरकार उल्लेख्य भुमिका खेल्न सकेको छैन । बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनताले अभुतपुर्व जनमत पनि दिए । तर सरकारले हनीमुन पिरियड सकिँदासम्म काम गर्न खोजेजस्तो तर केमा केन्द्रीत हुनेमा अलमल भएको देखिन्छ ।

 एकतीर सरकारको कामकारबाही बारे सत्ता पक्ष र विपक्षीले आलोचना गरिहेका बेला मुगको सोरु गाउँपालिकाका गणेश नेपाली आत्मदाहाको शिकार बनेका छन् । यसले सडकदेखि सदनसम्म चर्का आलोचना सुरु भएको छ । 

गणेश नेपाली आत्मदाह प्रकरण के हो ? 

बिहीबार बिहान गणेश आफ्नो मोटरसाइकल लिएर राहदानी विभाग पुगेका थिए । सोही क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिन्छ । 

त्यसपछि जरिवानाबापत १,००० रुपैयाँ तिर्नुपर्ने र मोटरसाइकल तत्काल नछोडिने भनेपछि महानगर प्रहरी र गणेशबिच भनाभन भयो । आर्थिक अभाव, कोठाभाडा तिर्न नसकेको छटपटी र त्यसमाथि महानगरको ‘रुखो र क्रूर’ व्यवहारले उनी आजित बने । 

मानसिक तनाव भेल्न नसक्दा उनी आक्रोशमा आउँछन् र आफ्नै मोटरसाइकलको पाइपबाट पेट्रोल निकालेर शरीरमा खन्याएर आगो लगाउँछन् । आगोले जलिरहेको अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको बर्न सेन्टर उपचारका लागि राखिन्छ । झन्डै ६० प्रतिशत भाग जलिसकेका कारण शुक्रबार बिहान उनको मृत्यु भएको हो । 

वीर अस्पताल र माइतीघरमा प्रदर्शन

एकजना मजदुरले राज्य व्यवस्थाको कमजोर व्यवस्थापनले ज्यान गुँमाउदा सडकदेखि सदनसम्म चर्काे अलोचना भइरहेको छ । शुक्रबार विर अस्पतालको गेटमै पुगेर केहि आफन्त, जेनजी नेता र राजनीतिक दलका विद्यार्थी नेताहरु आन्दोलनमा उत्रिन पुगे । 

सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो । नेपाल प्रहरी र शशस्त्रको बाक्लो घेरामा गणेशको न्यायको लागि आवाज उठाइरहेको देखिन्थ्यो । 

उता, माइतीघर मण्डलामा पनि सरकार विरुद्ध प्रदर्शन भएका छन् । यो घटनाले सरकार माथि आलोचना स्वर बाक्लिएका छन् । 

सदनमा चर्काे बहस र गृहमन्त्रीको आक्रोश 

गणेश नेपाली आत्मदाह र मृत्युको घटनाले शुक्रवार सदनमा चर्काचर्की भयो । विपक्षी र सत्तारुढ दलकै सांसदहरुले सरकार माथि प्रश्नचिन्ह उठाएका छन् । महंगो ट्राफिक कारवाही र कमजोर संयमताले घटना घटेको सांसदहरुले विश्लेषण गरेका छन् । सरकारलाई नागरिक प्रति जिम्मेवार बन्न सुझव र आलोचना दुबै दिएका छन् । 

सरकार के भन्छ ? 

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गृहमन्त्री सुधन गुरुङले शुक्रबार संसदको रोस्टमबाट गणेश नेपाली बचाउन अनेक प्रयास गरेपनि सफल हुनु नसकेको दुखेसो पोखे । हल्का दुखि र आक्रोशित स्वरमा गृहमन्त्री गुरुङले विपक्षी दलका नेताहरुलाई ढाडस मात्रै दिएनन् घटनाको उचित छानविन गर्ने सम्मको आश्वासन दिएका छन् । 

५ सदस्यीय छानविन समिति

गणेश नेपाली आत्मदाह प्रकरणमा छानबिन समित गठन गरिएको छ । छानबिन गर्न समिती गठन गरेको गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको रोस्टममा उद्घोष गरेका छन् । डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनले जानकारी दिए । 

उसो त घटना बारे शोधपुछका लागि ३ जना महानगर प्रहरी नियन्त्रणमा लिइएको पनि छ । गहृमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन हुने बचन दिएका छन् । 

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update