काठमाडौं । मुगुका सोरु गाउँपालिकाका गणेश नेपालीले आत्मदाह गरेको घटनाले संसदमा सरकार र प्रतिपक्षीबीच गर्मागर्मी नै चल्यो। सत्ता पक्षका अधिकांश सांसदहरुले अर्थपूर्ण मौनता साँधेको बेला दुई सांसदले असन्तुष्टी पोख्दा विपक्षी आक्रामक पेश भयो। तर, सरकारकोतर्फबाट जवाफ दिन पुगेका गृहमन्त्री सुधन गुरुङले सम्हालिन नसक्दा उनको अभिव्यक्तिमाथि नियमापत्तिको स्थिति नै सिर्जना हुन पुग्यो।
प्रतिनिधिसभा बैठकमा मुगुको सोरु गाउँपालिकाका गणेश नेपालीले आत्मदाह गरेपछि यो विषय चर्किएको छ। सडकदेखि सदनसम्म चलिरहेको विरोधमा प्रतिपक्षीले सरकारमाथि कडा आक्रोश पोखिरहेका छन्।
उनीहरुले सरकारमाथि प्रश्न मात्रै गरेका छैनन्, उनीहरु सत्तामा नहुँदा देखाएको सक्रियता आज खोई भन्दै प्रतिप्रश्न समेत गरिरहेका छन्।
संसदमा गणेशको निधनमा प्रश्न गरिए। सांसदहरुले गणेशको मृ्त्युको कारण खोज्नुपर्नेदेखि सरकारले घटनाको जिम्मेवारी लिनुपर्ने भने। यो कुराले चित्त बुूझेनछ, गृहमन्त्री सुधन गुरुङले विपक्षीलाई घाँटी सुक्ने गरि चिच्याएर काम नहुने भनिदिए।
सुधनको यस्तो अभिव्यक्तिले सार्वभौम संसद र सांसदको अपमान भएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले नियमापत्ती नै जनायो। गृहमन्त्रीको अपमानजनक शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माग ग¥यो।
गृहमन्त्री गुरुङले आक्रोशपूर्ण ढंगले दिएको अभिव्यक्तिमा नियमापत्ति भएपनि उनले गनेशको ज्यान जोगाउन प्रयास गरिएको दाबी गरे।
अस्पताल, प्रहरी र राज्यका सबै निकायले अत्यन्तै मिहिन काम गरेको दाबी गुरूङको छ। तर, उनले महानगर प्रहरी बलले ह्विल लक लगाएको विषयलाई तीन तहको सरकारसंग जोडे। प्रदेश सरकार र स्थानीय सरकार रास्वपाको नभएको जस्ता अभिव्यक्ति पनि दिए।
गृहमन्त्रीले दिएका यस्ता केहि संवेदनशील जवाफबाहेक गणेशको ज्यान जोगाउनका निम्ति गरिएको प्रयासलाई संसदमा जानकारी दिदा उनी भावूक समेत बने ।
गृहमन्त्रीले संसदमा तत्काल जवाफ दिएको विषयले संसदीय अभ्यास र संसदीय परम्परामाथिको विश्वास आर्जन हुने र सरकार जवाफदेही बन्ने बाटो भने सिर्जना हुने विश्वास गरिएको छ।
