News 24 Television
गगनको उपेक्षा भन्दै इतर पक्ष विभाजनको अन्तिम तयारीमा, के भन्छन गगन ?

काठमाडौं । लम्बेतान विवादकाबीच कांग्रेस फुटेको छ । संस्थापन इतरपक्षले नेपाली कांग्रेसमा चलेको एकताको प्रयास विफल भएको भन्दै राष्ट्रिय भेलाको तयारी गर्ने भनेको छ भने कांग्रेस सभापति गगन थापाले पनि पुराना र पाका नेताहरुलाई समेट्ने भन्दा नयाँ र सबैको कांग्रेस बनाउने भन्दै आएका छन् । 

विशेष महाधिवेशनपछि विथोलिन पुगेको नेपाली कांग्रेस अन्ततः विभाजनको बाटोतर्फ हिडेको छ। कांग्रेस सभापति गगन थापाले एकताको पहल नगरेको आरोप लगाउदै इतर पक्षले नयाँ अभियान थाल्ने दाबी गरेको छ । 

काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेको इतर पक्षले समस्थापन पक्षसंगको बहस छलफल सार्थक र उपलब्धिमुलक हुन नसकेको दाबी गरेको छ। पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भएपनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न नसकेको आरोप इतर पक्षले लगाएको छ ।

सम्वादहिनता लम्बिएको दाबी गरेको इतर पक्षले नयाँ राष्ट्रिय भेलाको मिति तय गर्ने र साउन महिनाभित्रै काम अघि बढाउने भनेको छ। तर, यता, पार्टी सभापति गगन थापाले नयाँ पुस्तालाई अधिकतम समेट्ने दाबी गरिरहेका छन्। उसोतः गगनले ६०–६५ माथिको नेताको पंक्तिलाई अस्वीकार गर्ने भन्दै बढेको जमातलाई सहि नहुने भन्दै कांग्रेस साझा बन्नुपर्नेमा जोड भने दिदै आएको देखिन्छ । 

विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत मान्यता प्राप्त भएपछि विरक्तिएको इतर पक्षले नेतृत्व स्वीकार गर्ने भन्दै आएको छ। पार्टी सदस्यता विवादमा भने गगन थापाको नेतृत्वमा यसअघि भएको कामले निरन्तरता पाउनुपर्ने भनिरहेको छ । तर, कांग्रेसले सदस्यता नविकरणको समयसीमा तोकेर अघि बढ्दा उनीहरु विच्किएको देखिन्छ। तर, कांग्रेसमा ठूलो पक्ष फेरि विभाजनतर्फ अघि बढ्दा गगनले कस्तो कदम चाल्छन् भन्ने चासो भने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update