काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीलाई भेटिरहेका छन् । समस्या समाधानका निम्ति सरकारले के गर्न सक्छ र व्यवसायीको चाहना के हो भन्ने विषयमा बुझ्न प्रधानमन्त्री शाहले सक्रियता देखाइरहेका छन्। यस्तोमा प्रधानमन्त्रीको यस्तो अभ्यासपछि व्यवसायीहरुले भने उत्साह जनाइरहेका छन् ।
निजी क्षेत्र प्रधानमन्त्रीमा वालेन्द्र शाह आएपछि केहि समय त्रासमा रह्यो। निजी क्षेत्रका उद्योगी व्यवसायीविरुद्धको धरपकडपछि त्रासमा रहेका व्यवसायीलाई पछिल्लो समय प्रधानमन्त्री शाहले भेटिरहेका छन् । विभिन्न क्षेत्रका व्यवसायीहरुलाई क्रमश भेटिरहेका शाहले व्यवसायीका समस्या समाधानमा ऐन संशोधन गरेर भएपनि अघि बढ्ने आश्वासन दिइरहेका छन् ।
शुक्रबार पस्मिना, प्लाइउड र कार्पेटसंव सम्बन्धित व्यवसायी भेटे। पस्मिना क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री शाहले ऐन नै संशोधन गरेर भएपनि सहयोग गर्ने आश्वासन दिएको बताइएको छ ।
प्रधानमन्त्री शाहले पस्मिनासंगै प्लाइउड र कार्पेट व्यवसायीलाई समेत आवश्यक सहयो गर्ने भन्दै केहि निर्देशन पनि दिएको व्यवसायीले जनाएका छन्।
उसोतः प्रधानमन्त्री शाहले पछिल्लो समय यसरी विभिन्न क्षेत्रका व्यवसायी तथा उद्योगीलाई भेटेर सरकार सहयोगी बन्ने भन्दै आएका छन् । यता, उनले निजी क्षेत्रपछि राजनीतिक दलका नेताहरुसंग समेत यसरी नै भेट्ने गरि तयारी गरिरहेको बताइएको छ।
