महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरमा सेवा लिन आउने नागरिक अनाहकमा पिडित बन्न पुगेका छन । मेडिकल सुपिरिटेंडेन्ट, अस्पताल संचालन तथा व्यस्थापन् समिति अध्यक्ष बिचको तालमेल समस्या र भिडियो एक्सरे गर्ने स्वास्थ्यकर्मीको बाकी इन्सेन्टिभ जस्ता आन्तरिक विवादका कारण सेवाग्राहीलाई मर्का परिरहेको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएपछि बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन् । अस्पताल प्रशासनले प्राविधिक कारणले सेवा वन्द रहेको सूचना टॉस गरि सेवा अवरुद्ध रहेको बताएको छ । तर भित्री कुरा भने भिडियो एक्सरे गर्ने चिकित्सकलाई इन्सेन्टिभ उपलब्ध नगराइएका कारण सो सेवा विगत दुई हप्ताभन्दा बढी समयदेखि वन्द रहेको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवले इन्सेन्टिभकै समस्याको कारणले दुईहप्ताभन्दा बढी समयदेखि भिडियो एक्सरे सेवा सुचारू हुन नसकेको स्विकारे । आर्थिक वर्ष २०८२\०८३ मा चिकित्सकहरुलाई इन्सेन्टिभ नदिएका कारण सेवा वन्द गरेको बताउदै समस्या समाधानको पहल गरिरहेको निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवको भनाइ छ ।
प्रादेशिक अस्पताल जलेश्वरका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहित प्रसाद ठाकुरले पनि काम गर्ने चिकित्सकहरुलाई इन्सेन्टिभ नदिएकै कारणले सेवा अवरुद्ध भएको बताए । उनले सेवा सुचारुको पहल गरिरहेको बताउदै अस्पताल व्यवस्थापन समितिको जेठ २८ गते बसेको बैठकले इन्सेन्टिभ दिने निर्णय गरेपनि सो किन वितरण गरिएन ? आशंका छन् ।
स्वास्थ सेवा जस्तो संवेदनशील संस्थाले अस्पतालको आन्तरिक तथा प्रशासनिक समस्याकै कारण सेवा ठप्प पार्नु, आम नागरिकलाई अनाहकमा समस्या दिनु स्वभाविक रुपमा लिन सकिदैन्। तर, यसको समाधान कसरी होला? सर्वसाधारणले नै सोध्न थालेका छन् ।
