News 24 Television
सन्दीपको कमजोर नतिजाः तर कप्तानी भूमिका किन ? रोहितमा कप्तानमा ब्रेक

काठमाडौं । चार बर्षपछि राष्ट्रिय टोलीको कप्तानीबाट रोहित कुमार पौडेललको जिम्मेवारी खोसिएको छ । यो संगै नेपाली क्रिकेटको नयाँ युग सुरु भएको विश्लेषण हुन थालेका छन् । एकदिवसीयको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाउँदा टि–२० कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एसीसी प्रिमियर कप प्रतियोतिको टोली घोषणा गर्दा धैरै ठुलो परिवर्तन ग¥यो । नियमित कप्तान रोहित कुमार पौडेललाई ब्रेक दिँदै सन्दीप लामिछानेको हातमा एकदिवसीय कप्तानीको तालाचाबी सुम्पियो । 

टि–२० को कप्तानी भने यअसअघि नै अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई दिइसकिएको थियो । एकदिवसीयको कप्तानी सन्दीपको काँधमा आउँदा रोहित अब राष्ट्रिय टोलीको केवल ब्याट्सम्यानको भुमिकामा देखिनेछन् । सदीपको कप्तानीमा एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, नन्दन यादव, आरिफ शेख र भीम शार्कीलाई विश्राम दिइएको छ । उनीहरुको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान पाएका छन् । क्यानको यो बोल्ड निर्णयले नेपाली क्रिकेटको नयाँ अध्याय सुरु भएको जनाउँछ । 

आउनुहोस् अब रोहितको बहिर्गमन र सन्दीपको कमब्याक

रोहितको बहिगर्मन !
सन् २०२२ नोभेम्बर १ देखि सन् २०२६ अगष्ट १० सम्म करिब चार बर्ष रोहितले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाए । २० बर्षको कलिलै उमेरमा राष्ट्रिय टोलीको जिम्मेवारी काँधमा बोक्नु त्यति सजिलो विषय थिएन र होइन् पनि । तर त्यो भारी उनले सहज ढंगले उठाए र पुरा गरे । यसविचमा उनी नेतृत्वको नेपाली टोलीले सफलताका गाथा गाएको छ । दुई÷दुई पटक टि–२० विश्वकप, इतिहासमा पहिलो पटक एसिया कप देखि १२ खेलमा ११ खेल जितेर एकदिवसीय मान्यता जोगाउँदा उनी सफल र सिद्ध बने । त्यसकारण रोहितले नेपाली क्रिकेट इतिहासको पानामा सफल कप्तानको नाम दर्ज गरिसकेका छन् । अर्काेकुरा उनको उमेर छ उनी बल्ल २४ बर्षका भए । यसकारण पुनः कप्तान बन्ने बाटो पनि खुल्ला छ । पछिल्लो पटक नेदरल्याण्डस् एकदिवसीय सिरिजमा चार खेलमा चार हार ब्यहोर्दा उनको कप्तानीको खुबै आलोचना भयो । लिग–२ मान्यता नै गुम्ने पक्का जस्तै बनेको छ । उनको कप्तानी खोसिनुको मुख्य टर्निङ पोइन्ट यसैलाई मान्न सकिन्छ । 

रोहितले कप्तानी गरेका खेल र नतिजा कस्तो ? 

रोहित पौडेल समग्रमा नेपालको राष्ट्रिय टोलीबाट १२२ खेलमा कप्तानी गर्दै ६४ खेलमा जितका साथ इतिहासकै सफल कप्तान हुन् । एकदिवसीयमा उनले गरको कप्तानीको नतिजा हेरौँ । 

रोहितको एकदीवसीय कप्तानी 
कुल खेल संख्या : ६३
जित : ३१ 
हार : ३० 
नतिजाविहीन अर्थात् टाई : २ 
खेल रहेको छ । 
रोहितको टि–२० कप्तानी 
कुल खेल संख्या : ५९
जित : ३३ 
हार  : २१
नतिजाविहीन अर्थात् टाई : ३ 

अब यहि नतिजालाई प्रतिशतमा 

६३ खेलमा ३१ जित ४९.२१ प्रतिशत हुन आउँछ। भने ३० हार ४७.६२ प्रतिशत हुन आउँछ। यता नतिजाविहीन खेल नै २ भएकाले यो ३.१७ प्रतिशत हुन्छ। यो एकदिवसीय खेलको नतिजा हो भने टि–२० को नतिजा पनि जम्मा ५९ खेलको कप्तानी गरेका छन्। यी खेलमा ३३ खेलमा जित हुँदा यो ५५.९३ प्रतिशत हुन्छ भने २१ हार जम्मा ३५.५९ प्रतिशत हुन्छ। ३ खेल नतिजाविहीन भएकाले यो ५.०८ प्रतिशत हुन्छ। यसरी हेर्दा रोहितको कप्तानीसफल नै देखिन्छ। (चार्टमा राख्न सके राम्रो देखिन्छ)

रोहितको कप्तानीमा सफलता के के ? 

–सन् २०२४ र २०२६ मा लगातार दुई पटक टि–२० विश्वकप खेल्नु 

–सन् २०२३ को एसीसी प्रिमियर कपको उपाधी

–पहिलो पटक एसिया कप–भारत र पाकिस्तानसंग ऐतिहासिक भिडन्त

–टेस्ट राष्ट्र वेस्ट इन्डिज विरुद्ध एतिहासिक टि–२० सिरिज र जित 

–सन् २०२३ मा १२ खेलमा ११ खेलको सनसनीपूर्ण जित र लिग–२ मान्यता कायम 

निवर्तमान कप्तान रोहित कुमार पौडेल कप्तानी जिम्मेवारीबाट खुल्ला भएका छन् । अब उनले कसरी रन जोड्ने र विकेट लिने भन्नेमै ध्यान केन्द्र्रीत गर्नेछन् । अर्थात् विशुद्ध ब्याटरको भुमिकामा निर्वाह गरेको देख्न पाइनेछ ।

२० बर्षको उमेरमा लाखौँ युवा भविष्य खोज्दै भौँतारिदा रोहितले राष्ट्रको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु चानचुन विषय थिएन् । कप्तानी भूमिकाविहिन बनेपछि रोहितलाई नवकप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी सहितका खेलाडीले सामाजिक संजाल मार्फत् सदासयता देखाएका छन् । खेल विश्लेषक, पत्रकार, क्रिकेट खेलाडी र प्रशिक्षक उनको कप्तानीलाई कसरी लिन्छन् त ? 
सन्दीपको कमब्याक !
ठिक चारबर्ष पछि नै सन्दीपले राष्ट्रिय टोलीको कप्तानीमा कमब्याक गरेका छन् । अब सुरु हुनेछ सन्दीपको कप्तानीमा अग्नि परिक्षा । सन् २०२२ मा कप्तानी भुमिकामा रहेका सन्दीप निजि जिवनको उतारचढापका कारण जिम्मेवारी गुमाउनु परेको थियो । सन् २०२६ अगष्ट १० बाट पुनः राष्ट्रिय टोलीको एकदिवसीय कप्तानीमा फर्किएका हुन् । उतीबेला उनले एकदिवसिय र टि–२० गरी ३२ खेलमा कप्तानी गरिसकेका छन् । 

सन्दीपको खेल कप्तानीको रेकर्डलाई प्रतिशतमा 

सन्दीपले यसअघि पनि कप्तानी गरिसकेका छन्। गम्भीर फौजदारी अभियोगका कारण कप्तान पद गुमाएका सन्दीपले कप्तानी गर्दा कस्तो छ उनको नतिजा त्यो तथ्याङ्कमा ।

एकदिवसीय १४ खेलको कप्तानी गरेका सन्दीपले ४ खेलमा जित, ९ खेलमा हार र १ खेल नतिजाविहीनता व्यहोरेका हुन्। जसलाई प्रतिशतमा हेर्दा जित २८.५७, हार ६४.२९ र नतिजाविहीन ७.१४ प्रतिशत रहेको छ। यस्तै टी २० मा जम्मा १८ खेलमा कप्तानी गरेका सन्दीपले १३ खेलमा जित, ३ मा हार र २ मा नतिजाविहीनतामा नेतृत्व गरे। जसलाई प्रतिशतमा हेर्दा जित ७२.२२, हार १६.६७ र नतिजाविहीनता ११.११ प्रतिशत हुन आउँछ। यसरी हेर्दा सन्दीपले एकदिवसीयभन्दा टी २० को नेतृत्व गर्न सक्ने क्षमता देखाउछ। तर, क्यानले उनलाई एकदिवसीयको नेतृत्व सुम्पिएको छ। यसले नै केहि आशंकाहरु भने उब्जाएको देखिन्छ । विश्व क्रिकेटका अधिकांश फ्रेन्जाइज लिगको अनुभव बटुलेका सन्दीपसामु संकट मोचनको जादु देखाउनुपर्ने चुनौती छ । लिग–२ का ४ खेल मात्रै खेल्न बाँकी छ । 

सन्दीपको अग्निपरिक्षा भने एसीसी प्रिमियर कपबाटै हुनेछ । नाम, दाम र खेलकौशलताले चर्चाको शिखरमा पुगेका सन्दीपले नेपाली क्रिकेटलाई कसरी डो¥याउँछन् त्यो भने प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update