News 24 Television
देउवा समुह तात्यो, गगन ढाल्ने योजना, होला पुरा ?

काठमाडौं । नेपाली कांग्रेस भित्रको विवाद निर्णायक मोडमा पुगेकोे छ । अब कांग्रेसका संस्थापन र इतर समुह मिल्ने वा फुट्ने भन्ने एकिन हुनेछ । विशेष महाधिवेस मार्फत आएको संस्थापनलाई इतर पक्ष काउन्टर दिन राष्ट्रिय भेलामा होमि मुख्य विषय हो ।

शुक्रबार देखि सुरु भएको भेला तीन दिन सम्म चल्ने नेताहरुले दाबी गरेका छन् । भेलाले गगन थापालाई सभापति मान्ने या नमान्ने एकिन गर्ने विश्लेषण भएका छन् । भेला उद्घाटनमा के के भयो त ? 

लामो समयदेखि चल्दै आएको कांग्रेसभित्रको कचिंगल साम्य होला या पार्टी दुई टुक्रा होला कांग्रेसीको मनमा अहिले यहि प्रश्नले घोचिरहेको छ । विशेष महाधिवेसनबाट नेतृत्वमा आएको संस्थापन पक्ष की शुक्रबारदेखि राष्ट्रिय भेलामा उत्रिएको पूर्वसभापति शेरबहादुर देउवा इतर पक्ष ? कुन चाहिा कांग्रेस संग्लो हो भन्ने बहसका वीच देउवा पक्ष राष्ट्रिय भेलामा होमिएको छ । 

३१ गते सकिने भेलाले के निर्णय दिन्छ त्यसले कांग्रेसको विवाद समाधानका आधार तय होलान् । तर भेलाको तामझाम हेर्ने हो भने गगन नेतृत्वको कांग्रेस स्वीकार गर्ने मोडमा देउवा पक्ष छँदै छैन । सुकेधारामा सुरु भएको राष्ट्रिय भेलामा १४ औँ महाधिवेसनबाट निर्वाचित जिम्मेवार नेता तथा कार्यकर्ताको बाक्लो भिड थियो । 
 
भेलाका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवा नै सभापति नेता भएको जिकिर गरेका छन् । जबकी विशेष महाधिवेसनमा मार्फत् गगन थापा नेपाली कांग्रेस सभापति बनिसकेका छन् । 

निर्वाचन आयोग र सर्वाेच्चको पहिलो आदेश उदाहरण हुन् । तर नेताहरु गगनलाई सभापति मान्न तयार छैनन् । निवर्तमान सभापति देउवा नै नेता मानेर अघि बढ्ने निर्णयमा पुगेका छन् । देउवालाई सभापतिकै हैसियत दिएका नेमप्लेटहरु समेत सार्वजनिक भइसकेका छन् । 

भेलामा सहभागि नेता तथा कार्यकर्ताहरु सर्वोच्चकोे पछिल्लो कदमले देउवाको पक्षमा फैसला आउनेमा विश्वस्त छन् । झापाका कांग्रेस नेता पूर्ण भट्टराई विशेष महाधिवेसनका कारण पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको दाबी गर्छन् । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update