News 24 Television
गगन–विश्वको कारवाही फिर्ता गरौं, देउवाको नेतृत्वमा १५ ओै महाधिवेशन गरौं :  दुजाङ शेर्पा

काठमाडौं । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिको कारवाही फिर्ता गरेर शेरबहादुर देउवाको नेतृत्वमा १५ओै महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमितिले थापा र शर्मालाई कारवाही गरेको थियो । 

‘आदरणीय नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि कारवाही फिर्ता गरौं । १४ ओै महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५ओै महाधिवेशन सुनिश्चित गरौं,’ शेर्पाले भने । 

उनले सभापति देउवा नेपाल फर्कँदा विमानस्थलमा गगन थापाले गएर संस्कार देखाउन चुकेको पनि बताए । शेर्पनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता नै कमजोर हुने भन्दै उनले पार्टीभित्र वृहत्तर एकताको पक्षमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update