News 24 Television
कांग्रेस इतर राष्ट्रिय भेलाः देउवालाई नै नेतृत्वको जिम्मा, प्रकाशशरण र महतबीच धकेलाधकेल

काठमाडौं । गत भदौको नव युवा पुस्ताको आन्दोलनका क्रममा कुटाई खाएर गम्भीर घाइते भई सिंगापुर गएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूह राष्ट्रिय सम्मेलनको प्रमुख अतिथि बने । 

राष्ट्रिय भेलाकैबीचमा सम्पन्न गरिएको सम्मेलनले देउवाकै नेतृत्वमा पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय गरिएको छ । यद्यपी देउवालाई नै नेता मान्ने र पार्टी एकतामा जोड दिएको सम्मेलनको समापनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अनुपस्थितिले इतर पक्षमै बेमेल देखिएको छ । 

पार्टी भित्रको रस्साकस्सीका विच नेपाली कांग्रेस इतर पक्षले राष्ट्रिय सम्मेलन सम्पन्न गर्यो । भेलाको उद्घाटन गरि सम्मेलनमा रुपमा भएको बहस छलफलले पाँच निर्णय गर्यो । 

१. शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेसन सम्पन्न गर्ने, संयोजनको जिम्ममा डा.सशांकलाई ।  

२. राष्ट्रिय एकता र मेलमिलापको नीति अपनाउने । 

३. सनातन धर्मको रक्षा र बहस गर्ने ।

४. संविधान संशोधनमा सबै पक्षसँग संवाद गर्ने ।

५. एन.पी साउद नेतृत्वको समितिलाई प्रस्ताव लिखित गर्ने जिम्मेवारी । 

नेपाली कांग्रेसको विधानतः भेलाको सार्थकता देखिँदैन । विधानमा अधिवेशन, महाधिवेशन वा सम्मेलनले मात्रै मान्यता पाउने देखिएपछि बन्दसत्रका क्रममा राष्ट्रिय सम्मेलनको ब्यानर टाँगिएको थियो । इतर समूह कांग्रेस सभापति गगन थापालाई लगाउने अनि, मुलतः सर्वोच्चको फैसलाकै प्रतिक्षामा देखिन्छ । सम्मेलनले विशेष महाधिवेसन मार्फत आएको नेतृत्वसँग संवाद गर्दै पार्टी एकताका साथ अघि बढ्ने स्पष्ट निर्देश गरेको छ । 

इतर समूहको यो भेलामा १४ औँ महाधिवेसनका करिब ४० प्रतिशत बढि पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागि भएको दाबी गरिएको छ । 

समूहको संयोजक बनाएका बीपी पुत्र डा.सशांक कोइराला पनि पार्टी एकतामै जोड दिन्छन् । पार्टी एकताका लागि गगन तयार हुनुपर्ने इतर पक्षका नेताहरुको तर्क छ । 

पूर्णबहादुरको अनुपस्थिति र भेलामा लफडा !

कांग्रेस इतर पक्षको भेला भने सौहार्दपूर्ण रुपमा सम्पन्न हुन सकेन । भेलामा देउवा स्वदेश फर्किनु अघि नेतृत्वद्घायी भुमिका निर्वाह गरेका निवर्तमान कार्यावाहक सभापति पूर्णबहादुर खड्का समापन कार्यक्रममा अनुपस्थित रहे । अझ मञ्चमै विमलेन्द्र निधि र डा.प्रकाशशरण महत विच देखिएको तनावले पनि राम्रो संकेत दिएन । महत र निधि विच निर्णय नम्बर ३ का लागि भएको थियो । उक्त निर्णयमा सनातन धर्मको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने निधिको माग थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update