News 24 Television
रविको बोल्ड निर्णय, बालेन पक्षलाई हेला, क–कसले पाए जिम्मेवारी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेसनको दुई महिना पछि पार्टीलाई पुर्णता दिने प्रयास गरेको छ । शुक्रबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी, विभागिय र केन्द्रीय सदस्य मनोनित गरिएको छ । तर जिम्मेवारीमा रहेका नेताहरु मध्ये अधिकांश संस्थापन पक्षका देखिएका छन् । प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन पक्षको मनोनित कमजोर देखिएको हो ।

मनोनित भएका पदाधिकारी, सचिवालय सदस्य र विभागिय प्रमुखको अनुहार हेर्न हो भने संस्थापन पक्ष अर्थात् सभापति रवि लामिछाने हाबी भएको देखिन्छ । प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह‘बालेन’ पक्षको मनोनयन भने कमजोर देखिएको छ । उसो त रास्वपा नेताहरु पार्टी भित्र कुनै गुट उपगुट रहेको दाबी गर्ने गरेका छन् । 

सचिवालयमा संस्थापन पक्षको दबदबा हुँदा अब एक उपसभापति र महामन्त्री चयन हुन बाँकी छ ।  बालेनले पार्टीको जिम्मेवारी सभापति रविलाई दिएको हुँनाले पनि रविले आफ्नै ढंगले अघि बढ्नु स्वभाविक हो । 

सचिवालय विस्तार हुँदा को को परे ? 

सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् । 

नवनियुक्त पदाधिकारीहरू 

सहमहामन्त्रीमा–पुरुषोत्तम यादव

कोषाध्यक्ष–डा.मनोहर प्रधान

सहकोषाध्यक्ष–बसुमाया तामाङ

प्रवक्ता–जगदीश खरेल

सहप्रवक्ता–डा.नमिता यादव तथा सुरेन्द्र चौधरी

मनोनीत हुने केन्द्रीय सदस्यहरू 

भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई तथा डा. मनोहर प्रधान । 

विभागीय प्रमुखहरू 

अन्तर्राष्ट्रिय तथा कूटनीति–शिशिर खनाल

संगठन–प्रमोद न्यौपाने

अर्थ–लिमा अधिकारी

जनस्वास्थ्य–डा. तोसिमा कार्की

पूर्वाधार–निशा डाँगी

 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update